नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
कोरियाली मजदुर पार्टी (कोमपा) ले अक्टोबर १० मा आफ्नो ७९ औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
कोमपाको स्थापना ७९ वर्ष पहिले भएको थियो, तर यसको ऐतिहासिक जरा लगभग १०० वर्ष पछाडि जान सकिन्छ ।
यसको ऐतिहासिक जरा डाउन–विथ–इम्पेरियलिज्म युनियन (साम्राज्यवाद मुर्दावाद सङ्घ) हो, जुन अक्टोबर १७, १९२६ मा गठन भएको थियो ।
जापानी साम्राज्यवादीहरूले कोरियालाई सैन्य कब्जा गरेपछि, कोरियाली जनताले उग्र राष्ट्रिय मुक्ति आन्दोलन चलाए तर तिनीहरूको हरेक प्रयास विफल भयो ।
यसको कारण सुरुका वर्षका पुँजीवादी राष्ट्रवादी र कम्युनिस्टहरूको वैचारिक र नेतृत्व सीमिततामा निहित थियो जसले आफूलाई आन्दोलनको नेताको रूपमा प्रस्तुत गरेको थियो । गुटबन्दी र राष्ट्रिय शून्यतावादमा ग्रसित उनीहरू जनउत्साह र क्रान्तिको अत्यावश्यक मागलाई बेवास्ता गर्दै विभिन्न धर्म र सिद्धान्तको वकालत गर्दै गुटबन्दी र आधिपत्यको लडाइँमा उत्रिएका थिए । उनीहरूले जनतालाई कुनै पनि सही सिद्धान्त, मार्गदर्शक विचारधारा र वैज्ञानिक रणनीति र कार्यनीतिबिना लापरवाह सङ्घर्षमा उत्प्रेरित गरेका थिए ।
मार्च पहिलो लोकप्रिय विद्रोह र जून १० को स्वतन्त्रता आन्दोलनले कोरियालाई रगतले रङ्गाएको थियो ।
जनआन्दोलनको असफलताको मुख्य कारण पुँजीवादी राष्ट्रवादीहरूको ठुलो शक्तिको पूजा गर्ने विचार थियो, जबकि स्वतन्त्रता आन्दोलनमा असफलताको मूल कारण प्रारम्भिक कम्युनिस्टहरूको गुटबन्दी थियो ।
साम्राज्यवाद मुर्दावाद सङ्घ कोरियाको पहिलो वास्तविक कम्युनिस्ट क्रान्तिकारी सङ्गठनको रूपमा गठन भयो ।
साम्राज्यवादविरोधी, स्वाधीनता र सार्वभौमसत्ताको आदर्शमा राष्ट्रिय मुक्ति र वर्ग मुक्तिको अनुभूति गर्न समाजवाद र साम्यवादको आकाङ्क्षा लिने नयाँ पुस्ताका युवाहरूले इतिहासको महत्वपूर्ण क्षणमा सृजना गरेको यो एउटा शुद्ध र वास्तविक राजनीतिक संयन्त्र थियो ।
साम्राज्यवाद मुर्दावाद सङ्घको तत्काल कार्य जापानी साम्राज्यवादलाई पराजित गरी कोरियाको मुक्ति र स्वतन्त्रता प्राप्त गर्नु थियो र यसको अन्तिम लक्ष्य कोरियामा समाजवाद र साम्यवाद निर्माण गर्नु थियो ! साथै, सम्पूर्ण साम्राज्यवादलाई नष्ट गरी विश्वभर साम्यवाद निर्माण गर्नु थियो ।
साम्राज्यवाद मुर्दावाद सङ्घका सदस्यहरू नयाँ पुस्ताका स्वच्छ र शुद्ध युवाहरू थिए, जो कुनै गुटबन्दीमा सामेल भएका वा निर्वासनमा सङ्गठनमा आएका थिएनन् ।
राष्ट्रपति किम इल सङले साम्राज्यवाद मुर्दावाद सङ्घको स्थापना गरेका थिए ।
साम्राज्यवाद मुर्दावाद सङ्घको तत्काल कार्य जापानी साम्राज्यवादलाई पराजित गरी कोरियाको मुक्ति र स्वतन्त्रता प्राप्त गर्नु थियो । यसको अन्तिम लक्ष्य कोरियामा समाजवाद र साम्यवाद निर्माण र सम्पूर्ण साम्राज्यवादलाई नष्ट गरी विश्वभर साम्यवाद निर्माण गर्नु थियो ।
साम्राज्यवाद मुर्दावाद सङ्घका सदस्यहरू नयाँ पुस्ताका स्वच्छ र शुद्ध युवाहरू थिए, जो कुनै गुटबन्दीमा सामेल भएका वा निर्वासनमा सङ्गठनमा आएका थिएनन् ।
साम्राज्यवाद मुर्दावाद सङ्घले मुक्तिपछि कोमपाको कार्यक्रमको आधारको रूपमा काम ग¥यो । साम्राज्यवाद मुर्दावाद सङ्घद्वारा निर्धारित स्वतन्त्रताको सिद्धान्त पार्टी निर्माण र गतिविधिको सिद्धान्त बन्यो । साम्राज्यवाद मुर्दावाद सङ्घद्वारा प्रशिक्षित नयाँ पुस्ताका क्रान्तिकारीहरू पार्टी स्थापनाको लागि मेरुदण्ड बने ।
Leave a Reply