भर्खरै :

नेमकिपाका सांसदले गरे जनताको नाममा सपथ

हेटौडा, ७ माघ । देशैभरि आज प्रदेशसभाका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम भइरहेको छ । प्रदेश नं ३ को सपथ ग्रहण अस्थायी राजधानी हेटौंडामा सम्पन्न भएको खबर प्राप्त भएको छ । प्रदेश सभा सदस्यहरुमध्ये सबभन्दा ज्येष्ठ सदस्य डोरमणि पौडेलले अरु सबै सदस्यहरुलाई सपथ गराउनुभएको थियो ।

नेपाल मजदुर किसान पार्टीका प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाई र सृजना साँय्जूले सपथको बेहोरामा रहेको ‘ईश्वरको नाममा’ भन्ने शब्दावलीको सट्टामा ‘देश र जनताको नाममा’ भनी सपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश नं ३ को पहिलो बैठक आगामी माघ २३ गते बस्ने तय भएको छ ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइरालाको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *