भर्खरै :

युवा–विद्यार्थीबीच मैत्रीपूर्ण फुटबल

भक्तपुर, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ४४ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर जिल्ला समितिबीच शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
भक्तपुर बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न उक्त मैत्रीपूर्ण फुटबलको उद्घाटन गर्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले स्वस्थ र फुर्तिलो जीवनको निम्ति खेलकुद र व्यायामको आवश्यकता औंल्याउदै युवा विद्यार्थीलाई कुनैपनि संघर्षको निम्ति सधैं सिपाहीजस्तै तयारी अवस्थामा रहन निर्देश गर्नुभयो । उहाँले मैत्रीपूर्ण खेलले आपसी सौहार्दता र सद्भावलाई बलियो बनाउने पनि विचार व्यक्त गर्नुभयो ।
अतिथि कवांले रेफ्री चन्दन कोजूलाई बल हस्तान्तरण गर्दै फुटबलको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका पाण्डव सुवाल, नेक्रायुसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटा, राजकुमार लघु र नेक्राविसंघ भक्तपुर जिल्ला समितिका रमेश प्रजापतिको पनि सहभागीता रहेको थियो । करिब ६० मिनेट खेलिएको मैत्रीपूर्ण खेल ३–३ गोलको बराबरीमा टुंगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *