अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
मध्यपुर, ३ कार्तिक । “आफ्नो देशको मिचिएको भूमि फिर्ता मागेका जनतालाई नरसंहार गर्नु न्यायोचित हैन । आफ्नै जमिनमा बसी जीवनयापन गर्नु सबैको नैसर्गिक अधिकार हो ।”
उक्त विचार नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोासाईले २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक समारोहको तयारीको सिलसिलामा बोडेमा सम्पन्न भेलामा व्यक्त गर्नुभएको हो ।
उहाँले कामदार जनताको प्रतिनिधित्व गर्ने विविध भाषाको मञ्चले प्यालेस्टिनीहरूले आफ्नो जमिनको फिर्ता र आत्मरक्षाको लागि गरेको प्रत्याक्रमणलाई घनिभूतरूपमा उठाउनुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले कुनै पनि मञ्चबाट युद्धको अन्त्यको कुरा उठाउनु सामान्य राजनीतिक कुरा हैन, युद्धले सम्पूर्ण पूर्वाधार ध्वस्त हुने, निर्दोष जनताको जीवन असुरक्षित हुने र जीवन असामान्य बन्ने हुँदा गीत, कविता, कथा, नाटकको माध्यमबाट जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।
उहाँले अमेरिका र इजरायलको कुनै गौरवशाली इतिहास र सभ्यता नभएकोले ती फासीवादी र जातिवादी राष्ट्रहरूले सभ्यता सम्पन्न राष्ट्रहरूलाई युद्धको निसाना बनाउने दुष्कार्य गरिरहेको आँैल्याउँदै त्यसको ठिक विपरीत चीनले विश्व सभ्यताको संरक्षणको अभियान चलाइरहेको तथ्य प्रकाश पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले साहित्य राजनीतिको हतियार हो† साहित्यले जनताको राजनीतिक चेतनास्तर उकासेर गलत राजनीतिक व्यवस्थाको भन्डाफोर गर्दै कामदार वर्गलाई उठाउने काम गर्छ भन्नुभयो ।
यसैगरी, मथिनपा वडा ८ का वडाध्यक्ष रमेश थापाश्रेष्ठले सामाजिक विकृतिलाई न्यूनीकरण गर्दै प्रगतिशील समाज निर्माणको लागि विविध भाषा साहित्य सम्मेलनको सुरुवात गरेको चर्चा गर्दै कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभयो ।
नेमकिपा, मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले विगतका भएका कमीकमजोरीबाट पाठ सिकी अगाडि बढ्न सके कार्यक्रम अझ व्यवस्थित हुने विचार व्यक्त गर्नुभयो ।
विविध भाषा साहित्यिक समाजका अध्यक्ष प्रेम के. निडरले समाजले गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभएको थियो । ग्वसाखलःका अध्यक्ष दिलकृष्ण बाटाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ग्वसाखलःका सचिव जुजुभाइ बासँश्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply