भर्खरै :

कलाकारहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कलाकारहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भक्तपुर, ३ कार्तिक । सांस्कृतिक समूह वडा नं. ६ को आयोजनामा यस वर्षको गाईजात्रा पर्वमा भक्तपुर नगरपालिकाले आयोजना गरेको विभिन्न धिँधिँबला कासामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूमा पुरस्कृत कलाकारहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि लक्ष्मीभक्त लासिवाले समाजवादको आधार तयार गर्नको लागि राजनीतिक चेतना फैलाउन आवश्यक भएको र संस्कृतिकर्मीहरू पनि राजनीतिकरूपले सचेत हुँदै लाग्नुपर्ने बताउनुभयो । मानिसहरू राजनीतिकरूपले सचेत भएको खण्डमा देशमा क्रान्तिको परिस्थिति तयार हुन सजिलो हुने भएकोले सांस्कृतिक प्रस्तुतिमा लाग्ने कलाकारहरू पनि विस्तारै राजनीतिक ज्ञान लिँदै जानुपर्ने चर्चा गर्दैै उहाँले सङ्गठित कलाकारहरूले देशको लागि महत्वपूर्ण योगदान गर्न सक्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भजिसका अध्यक्ष तथा वडा नं. ६ का जनप्रतिनिधि गोविन्द दुवालले विगतमा कलाकारहरूको आर्थिक अवस्था निकै नाजुक भएको र त्यस्तो अवस्थामा जनताका कलाकारहरूले भोकै रहेर पनि आफ्नो कला प्रस्तुति गरेको बताउँदै कलाकारलगायत जनताको आर्थिक अवस्था मजबुत र राम्रो हुनु नेपाल मजदुर किसान पार्टीको आन्दोलनले गर्दा भएको बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले समितिका सबै सदस्यहरू एकजुट भएको खण्डमा जुनसुकै समस्या पनि समाधान गर्न सकिने भएकोले सबै एकजुट भएर कार्य गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा वडा नं. ६ का इन्चार्ज गोपीकृष्ण चाँगुभारीले विद्यार्थी भाइबहिनीहरूले आफ्नो पढाइलाई पनि अलि बढी ध्यान दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृष्णप्रसाद थुसा र तुल्सीप्रसाद खाताखोले पनि आ–आफ्नो विचार राख्नुभएको थियो । धिँधिँबलाकासामा पुरस्कृत कलाकारहरूलाई अतिथि लक्ष्मीभक्त लासिवाले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *