भर्खरै :

चीन र रूसबिचको सम्बन्ध पारस्परिक सम्मानको आधारमा छ : पुटिन

चीन र रूसबिचको सम्बन्ध पारस्परिक सम्मानको आधारमा छ : पुटिन

मस्को, ३ कार्तिक (सीआरआई) । १६ औँ ब्रिक्स नेताहरूको बैठक अक्टोबर २२ देखि २४ सम्म रुसको मस्कोमा आयोजना हुँदै छ । रुसी राष्ट्रपति पुटिनले मस्कोमा ब्रिक्स राष्ट्रहरूका मुख्य मिडिया प्रतिनिधिहरूसँग भेट गर्दै चाइना मिडिया ग्रुपका पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ । जवाफअनुसार चीन–रूस सम्बन्ध आपसी सहयोग र आपसी सम्मानमा आधारित छ, यो एक सहमति मात्र होइन, व्यावहारिक कार्य पनि हो ।
उहाँका अनुसार हालैका वर्षहरूमा चीन र रुसको समानता र पारस्परिक लाभको आधारमा संयुक्त प्रयासबाट लाभान्वित हुँदै चीन र रुसबिचको व्यापार द्रुत गतिमा बढेको छ । चीन र रुसले ऊर्जा, कृषि, पूर्वाधार, विज्ञान र प्रविधि लगायत विभिन्न क्षेत्रमा सहयोगलाई सुदृढ गर्दै जाने छ ।
रूसमा सीएमजीका विविध कार्यक्रमहरूको प्रसारण
यसैबिच चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रूसमा आयोजना हुने ब्रिक्सको सोह्रौँ वार्तामा उपस्थित हुनुहुने सन्दर्भमा सीएमजीद्वारा निर्मित कार्यक्रम १८ तारिख रूसको मस्कोमा प्रसारण गरिएको छ । साथै, सीएमजीका ११ वटा कार्यक्रमहरू रूसका प्रमुख टेलिभिजन मिडियाहरूमा प्रसारण गरिने छन् ।
आयोजित कार्यक्रममा सीएमजीका महानिर्देशक शन हाइस्युङ, रूसी राजपत्रका प्रमुख पावेल निगोइका, रूसका लागि चिनियाँ राजदूत चाङ हानह्वीले भिडियोमार्फत् सम्बोधन गर्नुभएको छ ।
शन हाइस्युङले यस वर्ष नयाँ चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव हुनुका साथै चीन–रूस दौत्य सम्बन्ध स्थापना तथा चीन–रूस सांस्कृतिक वर्ष सुरू भएको पनि ७५औँ वार्षिकोत्सव भएको भन्दै दुई देशका राष्ट्रनायकबाट रणनीतिक निर्देशनमा चीन र रूसबिच नयाँ ढाँचाका ठूलो मुलुक सम्बन्धको नमूना स्थापना गरिएको र दुई देशका मिडियाबिचको आदान–प्रदान तथा सहयोग पनि बढ्दै गएको उल्लेख गर्नुभयो । यस प्रसारण कार्यक्रम नै चीन–रूस राष्ट्रनायक वार्ताको उपलब्धि र दुई देशबिच भावनालाई गहन पार्ने अर्को जीवित अभ्यास भएको पनि शन हाइस्युङले दोहो¥याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *