भर्खरै :

गाजा युद्ध लम्बिनुमा इजरायल र अमेरिका जिम्मेवार

गाजा युद्ध लम्बिनुमा इजरायल र अमेरिका जिम्मेवार

(सम्पादकको टिप्पणीः हमासको अक्टोबर ७, २०२३ को अल अक्सा तुफानबाट सुरु भएको विनाशकारी हमास–इजरायल द्वन्द्वको विपत्ति गएको सोमबार एक वर्ष भयो । तथ्याङ्कहरूभन्दा बाहेक यो अवधिमा निरन्तर हिंसा, वाशिंगटनको विवादास्पद भूमिका र न्यायको बढ्दो मागको विश्वव्यापी निहितार्थलाई बुझाउँछ ।)

धेरैको लागि, गएको सोमबार एक गहिरो शोकको वार्षिकी होः अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको प्रस्तावहरूको बेवास्ता गर्दै इजरायलद्वारा प्यालेस्टिनीहरूको हत्याको र गाजालाई बस्न नसक्ने भग्नावशेषमा परिणत गरेको वर्ष हो । संरा अमेरिका, इजरायलको अन्धो समर्थनको लागि, यस शताब्दीको सबैभन्दा खराब मानवीय सङ्कटको सिर्जना र नरसंहारमा संलग्न वर्ष पनि भनिएको छ ।
यस अवधिमा इजरायली आक्रमणमा परी ४१९०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको पुष्टि भएको छ र लगभग १ लाख जना घाइते भएका छन् । सैन्य पूर्वाधारहरूमा मात्र होइन बरु धेरैपटक आवासीय भवनहरू, अस्पताल, विद्यालय र मानवीय सहायताका खेपहरूमा पनि हमला भए । सयौँ पत्रकार र संयुक्त राष्ट्र सङ्घका कर्मचारी र कामदारहरू पनि मारिएका छन् र धेरै धेरै भग्नावशेषमा पुरिएको विश्वास गरिन्छ, जसलाई हटाउन वर्षौं लाग्न सक्छ ।
गत वर्ष अक्टोबर ७ मा हमासको कारबाहीमा १,२५० भन्दा बढी इजरायली र विदेशीको ज्यान गएको थियो र २०० भन्दा बढी व्यक्तिको अपहरण गरिएको थियो, सुरुमा विश्वलाई स्तब्ध बनाएको थियो । वर्षभरि इजरायली सैन्य आक्रमणले केही हदसम्म ती घटनाहरूलाई ओझेलमा पारेको छ ।
विश्लेषकहरूका अनुसार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई च्यात्दै र अमेरिकी नैतिक प्रतिष्ठा र इज्जत डुबाउने गरी ह्वाइट हाउसले वर्तमान कथित नरसंहारलाई धेरै हदसम्म बेवास्ता गरेको छ ।

TOPSHOT – This overview shows destroyed buildings in Khan Yunis in the southern Gaza Strip on October 7, 2024 on the first anniversary of the ongoing war in the Palestinian territory between Israel and Hamas. (Photo by Bashar TALEB / AFP)

त्यस्ता दैनिक आक्रमणहरूलाई वाशिंगटनको समर्थनको विरोधमा अमेरिकी पत्रकार स्यामुएल मेना जुनियरले शनिबार ह्वाइट हाउस बाहिर आफैलाई आगो लगाए र उनको देब्रे हात गम्भीर रूपमा जल्यो । यसअघि फेब्रुअरी २५ मा यूएस एयर फोर्सका जवान आरोन बुसनेलले वाशिंगटनमा इजरायली दूतावास बाहिर आफूलाई आगो लगाएर मरे र घोषणा गरे कि उनी “अब उप्रान्त नरसंहारमा संलग्न हुनेछैनन् ।”
हालैका हप्ताहरूमा, विश्वभरका सहरहरूले इजरायल समर्थक र प्यालेस्टाइन समर्थक दुवै प्रदर्शनहरू देखेका छन् जसमा तत्काल युद्धविराम र बन्धकहरूको रिहाइको माग भइरहेका छन् । बढ्दो विश्वव्यापी आक्रोशले पनि इजरायलको सबैभन्दा ठुलो हतियार आपूर्तिकर्ता – संरा अमेरिकालाई आफ्नो सैन्य समर्थन रोक्न दबाब दिइरहेको छ ।
अमेरिकी थिङ्क ट्याङ्क काउन्सिल अन फरेन रिलेसन्सका अनुसार द्वन्द्व सुरु भएदेखि, संरा अमेरिकाले इजरायललाई कम्तीमा १२.५ अर्ब अमेरिकी डलर सैन्य सहायता प्रदान गर्ने विधेयक पारित गरेको छ, जसमा मार्चको विधेयकबाट ३.८ अर्ब डलर र अप्रिलमा पुरक विनियोजन ऐनबाट ८.७ अर्ब डलर प्रदान गर्ने समावेश छ ।
मिसौरीका अमेरिकी प्रतिनिधि कोरी बुशले भने, “यदि हाम्रो सरकारले हिंसा र युद्धको सट्टा शान्ति र कूटनीतिमा लगानी गर्ने नैतिक दूरदर्शिता र स्पष्टता देखाएको भए धेरै हिंसा रोक्न सकिन्थ्यो ।”
उनले गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एक्समा प्रश्न गरे कि “तपाईंले अन्तमा थप आग्रह गर्न नपर्नको लागि कतिको ज्यान लिनुपर्छ ।”
प्यालेस्टिनको वेस्ट बैङ्कको जेनिनस्थित अरब अमेरिकन युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्रोफेसर आयमान युसेफले गाजामा एक वर्षको लडाइँ भए पनि अमेरिकी अडान “व्यवसायभित्र इजरायलको पक्षमा रहेकोमा” खेद व्यक्त गरे ।
“यद्यपि संरा अमेरिकाले प्यालेस्टिनी प्रतिरोधी समूह र इजरायलबिच केही राजनीतिक सम्झौता वा राजनीतिक समझदारी बढाउन प्रयासहरू जारी राखे पनि वास्तविक अर्थमा, उसले इजरायललाई सैन्य समर्थन, आर्थिक र राजनीतिक सहायतासहित समर्थन गर्दै आएको छ । “युसेफले चाइना डेलीसित भने ।
“इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारसँग केवल सैन्य एजेन्डा छ ।”
प्यालेस्टिन–इजरायल द्वन्द्वको एक वर्षको अवसरमा आफ्नो सन्देशमा, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन् कि यो “बन्दुक बन्द गर्ने समय” हो र “क्षेत्रलाई घेरेको पीडालाई रोक्न” । “शान्ति, अन्तर्राष्ट्रिय कानुन र न्यायको समय हो,” उनले भने ।
मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयले गत वर्षलाई “अकल्पनीय पीडा” को रूपमा वर्णन गरेको छ । संयुक्त राष्ट्र सङ्घीय स्याटेलाइट सेन्टरका अनुसार गाजापट्टीमा दुईतिहाइ संरचनाहरू – कुल १६३७७८ भवनहरू पूर्ण ध्वस्त वा निकै क्षतिग्रस्त अवस्थामा छन् ।
संयुक्त राष्ट्र सङ्घीय स्याटेलाइट सेन्टर, संयुक्त राष्ट्र सङ्घीय खाद्य र कृषि सङ्गठनसँगको सहकार्यमा गाजापट्टीमा बालीको स्वास्थ्य र घनत्वमा एक अपडेट जारी ग¥यो । गाजापट्टीमा लगभग ६८ प्रतिशत स्थायी बाली क्षेत्रले गत महिना “स्वास्थ्य र घनत्वमा उल्लेखनीय गिरावट देखाएको छ”, अपडेटले भन्छ ।

अस्त्र नाकाबन्दीको माग
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ युद्धविरामको लागि अत्यधिक आह्वानपछि बढ्दो मध्यपूर्व तनावको बिचमा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अस्त्र प्रतिबन्धको लागि सार्वजनिक रूपमा आह्वान गर्ने पछिल्लो प्रमुख पश्चिमी राष्ट्रप्रमुख बने ।
यद्यपि, नेतन्याहुले आइतबार एक्समा एक भिडियोको साथ जवाफ फर्कायो । उनले म्याक्रोँ र अन्य पश्चिमी नेताहरूलाई “लाजमर्दो” भन्यो जसले इजरायलविरुद्ध अस्त्र प्रतिबन्धको लागि आह्वान गरिरहेका छन् । नेतन्याहुले आफ्नो देशले गाजा, लेबनान, वेस्ट बैङ्क, यमन, सिरिया, इराक र इरानलाई उल्लेख गर्दै “सभ्यताका शत्रुहरू” विरुद्ध “सात मोर्चामा आफ्नो रक्षा” गरिरहेको उल्लेख ग¥यो ।
गत महिना, बेलायती सरकारले घोषणा गरेको थियो कि उसले इजरायललाई केही हतियारहरूको निर्यातलाई निलम्बन गरिरहेको छ किनभने तिनीहरू अन्तर्राष्ट्रिय कानुन तोड्न प्रयोग गर्न सक्छन् ।
अल जजीराका स्तम्भकार बेलेन फर्नान्डेजले बुधबार प्रकाशित आफ्नो लेखमा उल्लेख गरे कि इरानले सेप्टेम्बर २७ मा हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्या र हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याको बदला लिन इजरायलमा मिसाइलहरू प्रहार गरेको थियो । बाइडेनले जुलाईमा नै अमेरिकी सेनालाई इजरायललाई क्षेप्यास्त्र निष्प्रभावी गर्न सहयोग गर्न निर्देशन दिएका थिए ।
धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले “अमेरिकालाई अब क्षेत्रीय युद्धमा तानिन सक्ने चेतावनी दिएका छन्” तर वास्तवमा अमेरिका “वास्तवमा कतै तानिएको छैन” बरु, यो स्थान आफ्नै बनाउने “पूर्ण रूपमा आफ्नै स्थितिमा छ ।”
स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटले अमेरिका, जर्मनी र इटालीलाई इजरायललाई प्रमुख हतियार आपूर्तिकर्ताको रूपमा उद्धृत गरेको छ । सन् २०१९ देखि २०२३ सम्ममा इजरायलको हतियार आयातको ६९ प्रतिशत अमेरिकाले ओगटेको थियो अमेरिकी हतियारमै इजरायली रक्षा बलहरू धेरै निर्भर छन् ।
वाशिंगटनले आफ्नो सैन्य र राजनीतिक समर्थनको साथ जारी राख्दै विरोधाभासी रूपमा प्रक्रियामा युद्धविरामको लागि आह्वान गर्दै, अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्र सङ्घको सल्लाहअनुसार विगत १२ महिनादेखि डरलाग्दो मार्गलाई उल्टाउने केही अवसरहरू गुमाएको छ ।
जनवरीमा, अन्तर्राष्ट्रिय अदालतले गाजाको अवस्थाको सम्बन्धमा दक्षिण अफ्रिकाले ल्याएको नरसंहारसम्बन्धी परम्परागत मुद्दामा अस्थायी उपायहरू जारी ग¥यो ।
उपायहरूमा इजरायलले आफ्नो सेनालाई नरसंहार मानिने कार्यहरू गर्नबाट रोक्न र गाजामा मानवीय सहायताको प्रावधान सक्षम पार्न तत्काल कदम चालेको समावेश थियो । मेमा अदालतले इजरायललाई रफाह प्रान्तमा “तत्काल आफ्नो सैन्य आक्रमण रोक्न” आदेश पनि दिएको थियो । सोही महिना अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले पनि इजरायली र हमास नेताहरूका लागि पक्राउ पुर्जी मागेका थिए ।
सेप्टेम्बर १८ मा संयुक्त राष्ट्र सङ्घीय महासभाले इजरायललाई १२ महिनाभित्र कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा आफ्नो गैरकानुनी उपस्थितिलाई ढिलाइ नगरी अन्त्य गर्न माग गर्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । प्रस्तावले राज्यहरूलाई इजरायललाई हतियार, गोलाबारी र सम्बन्धित उपकरणहरूको प्रावधान वा स्थानान्तरण बन्द गर्न पनि आह्वान गर्दछ । यी केही सल्लाह र चेतावनी भए पनि स्थितिमा खासै परिवर्तन भएको छैन र सुरक्षा खतराहरू फैलिए पनि अमेरिकाले इजरायलको कथित आत्म–रक्षाको अधिकारलाई प्राथमिकता दिन जारी राखेको छ ।
टर्किएको मध्यपूर्वी अध्ययन केन्द्रका पूर्वअनुसन्धानकर्ता हैदर ओरुकले अमेरिकी राजनीतिक संरचनालाई यहुदी लबीको अधीनमा रहेको आरोप लगाउँछन्, जसमा तन्जेलिकलहरू पनि छन् जसले “अमेरिकाको चासोलाई इजरायलको हितलाई अगाडि राख्छन्” र इजरायलको सेवा गर्ने कार्यलार्ई धार्मिक कर्तव्य मान्छ ।
“हामी देखिरहेका छौँ कि इजरायलका शासकहरूलाई पनि आफूसँग भएको यो शक्तिको बारेमा थाहा छ र उनीहरूले अमेरिकामा आफ्नो प्रभावलाई सीमामा धकेलिरहेका छन्,” ओरुकले भने ।
यद्यपि, वर्तमान “अमेरिका र इजरायल बीचको तर्कहीन सम्बन्धले विश्वव्यापी प्रणाली र यसका संस्थाहरूलाई ठूलो नोक्सान पु¥याइरहेको छ“ किनभने इजरायलले संयुक्त राष्ट्र सङ्घको कुनै पनि प्रस्ताव वा अन्तर्राष्ट्रिय अदालतले जारी गरेको आदेशको पालना गरेको छैन ।
“त्यस्तैगरी, अमेरिकी दबाबका कारण अन्तर्राष्ट्रिय फौजदारी अदालतले नेतान्याहु र इजरायली रक्षा मन्त्री योभ गैलान्टविरुद्ध पक्राउ पुर्जी जारी गर्न असमर्थ भएको छ,” ओरुकले भने ।
जेनिनका युसेफले गाजामा एक वर्षको लडाइँको अर्थ इजरायलले “प्यालेस्टिनी छापामार लडाकुहरूबाट आफ्ना बन्दी र बन्धकहरूलाई मुक्त गर्ने आफ्नो घोषित उद्देश्यहरू हासिल गर्न असफल भएको” बताए ।

दुई–राज्य समाधान
इन्टरनेसनल इस्लामिक युनिभर्सिटी मलेसियाको समाजशास्त्र र मानवविज्ञान विभागका सहायक प्राध्यापक इयाद ईदले प्यालेस्टाइनीहरूका लागि दुई–राज्य समाधान गहिरो महङ्खवपूर्ण मुद्दा बनेको बताए । त्यसले आफ्नो राज्यको स्थापनालाई अत्यधिक समर्थन गर्दछ ।
“यद्यपि, प्यालेस्टिनीहरूले अझ मूल रूपमा गाजाकाले इजरायली पक्षबाट महङ्खवपूर्ण चुनौतीहरूको सामना गरेका छन्” ईदले भने ।
उनले यो पनि स्मरण गरे कि गत वर्ष अक्टोबर ७ भन्दा ठीकअघि, नेतन्याहूले संयुक्त राष्ट्र सङ्घीय महासभा बैठकमा एक नक्सा प्रस्तुत गरे जसले “प्यालेस्टिनीहरूसँगको शान्ति वार्तामा कुनै पनि संलग्नतालाई प्रभावकारीरूपमा अस्वीकार गरेको थियो” र उनीहरूको राज्यको सम्भावनालाई कमजोर पारेको थियो ।
त्यतिमात्र होइन, इजिप्ट, लेबनान, जोर्डन, साउदी अरब र सिरियाजस्ता छिमेकी देशहरू समेटेर विस्तारित इजरायलको परिकल्पना गर्ने नक्साहरू अर्थमन्त्री बेजलेल स्मोट्रिचलगायत धेरै इजरायली मन्त्रीहरूले सार्वजनिकरूपमा समर्थन गरेका छन्, उनले भने ।
“यस दर्शनमा गाजा र वेस्ट बैङ्क दुवैबाट प्यालेस्टिनीहरूको विस्थापन पनि समावेश छ । हालै, इजरायली संसद्ले प्यालेस्टिनीहरूलाई आफ्नो राज्य स्थापना गर्ने अवसरलाई औपचारिकरूपमा अस्वीकार गर्न मतदान ग¥यो, यस तथ्यको बाबजुद १४० भन्दा बढी देशहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् ।”
उनले भने, यदि इजरायलीहरूले यसलाई स्वीकार गर्छन् भने दुई–राज्य समाधान हासिल गर्न अझै सम्भव छ ।
“नयाँ सरकारको एउटै योजना– सिङ्गो प्यालेस्टिनी भूमि नियन्त्रण गर्ने मात्रै हो । त्यसैले दुई राज्य समाधानको आशा छ,” उनले भने ।
ओरुकले भने, “अमेरिकाले इजरायललाई आफ्नो समर्थन तुरुन्तै अन्त्य गर्नुपर्छ नभए उसको कुनै पनि विश्वसनीयता छैन ।”

– चाइना डेली अनलाइनबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *