हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
सोल, ४ कार्तिक (एएफपी) । प्रजग कोरियाका शीर्ष कूटनीतिज्ञले आइतबार संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नयाँ प्रतिबन्ध अनुगमन टोलीलाई ‘अवैध र अमान्य’ भन्दै आलोचना गर्नुभएको छ । उहाँले टोलीमा संलग्न देशहरूले ‘ठुलो मूल्य’ चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।
मार्चमा रूसले प्रजग कोरियामाथि उसको प्रतिबन्धित परमाणु र हतियार कार्यक्रमका लागि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूको प्यानलको नवीकरणमाथि भिटो लगाएपछि यस महिनाको प्रारम्भमा ११ सदस्यीय टोलीको नाम दिइएको थियो ।
रुसी भिटोपछि दक्षिण कोरिया र यसका सहयोगीहरूले प्रतिबन्धहरूको अनुगमन गर्न विभिन्न विधिहरू लागु गर्न काम गरेका छन् । यसबाट अमेरिका र जापानसहितको नयाँ समूहको गठन भएको छ ।
“यस्तो अनुगमन प्रणाली ‘पूर्णरूपमा गैरकानुनी र अवैध’ छ”, प्रजग कोरियाका विदेशमन्त्री चोए सोन हुईले आइतबार कोरियन सेन्ट्रल न्युज एजेन्सीद्वारा प्रकाशित एक विज्ञप्तिमा भन्नुभयो । उहाँले भन्नुभयो, “यसको अस्तित्व आफैँमा संयुक्त राष्ट्रसङ्घको बडापत्रको खण्डन हो ।”
यो आलोचना दक्षिण कोरियाको जासुसी निकायको एक रिपोर्टपछि आएको छ । उक्त रिपोर्टमा प्रजग कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न ‘ठुलो स्तरमा’ सैनिक तैनाथी पठाएको र एक हजार पाँच सय विशेष बलहरू पहिले नै रूसमा प्रशिक्षण गरिरहेको बताइएको छ । प्योङयाङले किएभविरूद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको पनि सोलले दाबी गरेको थियो ।
मन्त्री चोएले आइतबारको विज्ञप्तिमा कथित तैनाथीको बारेमा कुनै कुरा उल्लेख गर्नुभएको छैन । प्योङयाङले यसअघि नै रूससँग प्रतिबन्ध उल्लङ्घन गर्ने कुनै पनि हतियार व्यापारलाई अस्वीकार गरेको छ ।
Leave a Reply