भर्खरै :

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

जेरूसेलम, इजरायल, ४ कात्तिक (एएनआई) । लेबनानी हिजबुल्लाह समूहले इजरायली सेनाका ठेगानाहरूलाई लक्षित गरी आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ ।
उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन् ।
त्यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।
इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्वहरू एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ ।
लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *