हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
काजान, ६ कार्तिक (स्पुटनिक) । १६ औँवार्षिक ब्रिक्स शिखर सम्मेलन मङ्गलबारदेखि रुसको टाटारस्तान गणतन्त्रको कजान सहरमा सुरु भएको छ ।
तीन दिनसम्म चल्ने शिखर सम्मेलनमा २२ शीर्षसहित ३६ देशका अधिकारीहरूका साथै छवटा अन्तर्राष्ट्रिय संस्थाका नेताहरू सहभागी हुनेछन् । उच्च तहका पाहुनाहरूमा संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेस, ब्रिक्स न्यु डेभलपमेन्ट बैङ्कका प्रमुख डिल्मा रुसेफ र प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बास रहनुभएको छ ।
शिखर सम्मेलनमा सहभागी हुन ब्रिक्स तथा ब्रिक्स प्लस राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू काजान पुगिरहनुभएको छ ।
शिखर सम्मेलन बहुपक्षीयतालाई सुदृढ गर्ने, ब्लकका नयाँ सदस्यहरूलाई एकीकरण गर्ने र क्षेत्रीय चुनौतीहरू सम्बोधन गर्ने विषयमा छलफल गर्न समर्पित हुनेछ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिनअगावै शिखर सम्मेलनको आयोजनास्थलमा पुगिसक्नुभएको छ । उहाँले शिखर सम्मेलनको साइडलाइनमा भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट र ब्राजिलका नेताहरूसँग द्विपक्षीय वार्ता गर्नुहुने बताइएको छ । पुटिनले शिखर सम्मेलनको अन्तिम दिन टर्की र इरानका आफ्ना समकक्षीहरूसँग पनि भेट गर्नुहुनेछ ।
शिखर सम्मेलनको समापनमा ब्रिक्स राष्ट्रका नेताहरूले संयुक्त घोषणापत्रमा सहमत हुने अपेक्षा गरिएको छ ।
चिनियाँ राष्ट्राध्यक्षको उपस्थितिप्रति विश्वका व्यक्तित्वको उत्सुकता
ब्रिक्सका सदस्य सङ्ख्यामा ऐतिहासिक विस्तारपछि शीर्ष नेताहरूको यो नै पहिलो बैठक हो । यसले अन्तर्राष्ट्रिय समुदायको धेरै ध्यानाकर्षित गरेको छ । यस बैठकमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको उपस्थितिले ‘ग्रेटर ब्रिक्स सहयोग’ को स्थिर र दीर्घकालीन विकासलाई प्रवद्र्धन गर्ने, ‘ग्लोबल साउथ’ को साझा विकास र एकताबद्ध सहयोगमा नयाँ प्रवद्र्धन शक्ति दिनेछ ।
रुसी गणतन्त्र टाटारस्तानका प्रमुख कार्यकारी मिन्निखानोभका अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ कजान पुग्दा यसले सकारात्मक सङ्केत प्रवाह हुनेछ । यो अवसरलाई रुस–चीन सम्बन्धको विकासमा थप योगदान पु¥याउने अपेक्षा छ ।
यूएईका आर्थिकविज्ञ समीर मोहम्मदका अनुसार यस ब्रिक्स नेताहरूको बैठकमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको उपस्थितिले चीनले ब्रिक्स सहयोग संयन्त्रलाई ठुलो महत्व दिएको देखाउँछ । चीनको अग्रणी भूमिकाले ब्रिक्स सहयोग संयन्त्रको निरन्तर विकासलाई प्रवद्र्धन गरेको छ र उदीयमान बजार तथा विकासशील देशहरूको साझा हितको रक्षा गरेको छ ।
यसैबिच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा अक्टोबर २२ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङ १६ औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन विशेष विमानबाट काजान आइपुग्नुभएको छ ।
सी चिनफिङका साथमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम् केन्द्रीय कार्यालयका प्रमुख छाइ छी, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी हुनुहुन्छ ।
विशाल ब्रिक्सको के कस्तो क्षमता छ ?
ब्रिक्स मुलुकको परिधि विस्तार भएपछि आयोजित पहिलो शिखर सम्मेलन विशाल ब्रिक्स सहकार्यको नयाँ सुरुवात पनि हो । यस अवधिमा ३० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय सङ्गठनका नेताहरूले भेला भई सहकार्य र विकास योजनाबारे विचार–विमर्श गर्नेछन् ।
ब्रिक्स मुलुकको परिधि विस्तार हुँदै आएको सिलसिलामा थाइल्यान्ड, क्युवा, सिरिया र बेलारूसलगायतका ३० भन्दा बढी मुलुकले ब्रिक्समा संलग्न हुने अभिलाषा व्यक्त गरेका छन् ।
पहिले सदस्य मुलुकबिच समन्वय गरिने साधनको रूपमा उत्पन्न भएको ब्रिक्स सहकार्य व्यवस्था हाल क्रमशः मानव जातिको भावी अभिलाषाको प्रतीक बनिसकेको छ । त्यसबाट विश्वव्यापी अर्थतन्त्र निष्पक्षरूपमा विकास हुने मानिसहरूको आशाको प्रतिनिधित्व गरिन्छ । सो सहयोगात्मक व्यवस्था साझा विकासलाई साकार तुल्याउने अधिकांश विकासोन्मुख मुलुकहरूको माग अनुकूल भएको छ । यसका अतिरिक्त ब्रिक्स सहकार्य व्यवस्थाले विश्वव्यापी सञ्चालनमा सहभागी हुनका लागि विभिन्न मुलुकलाई चौतारो र अवसर पनि प्रदान गरेको छ ।
यस शिखर सम्मेलनले डामाडोल विश्वका लागि अझ बढी निश्चितता र सकारात्मक भावना थपिदिनुका साथै ‘वैश्विक दक्षिण’ को संयुक्त आत्मविश्वासलाई अघि बढाउँदै जानेछ । त्यसैगरी, ‘विशाल ब्रिक्स सहकार्य’ बाट आशावादी भविष्य तय हुनेछ ।
ब्रिक्स देशहरूले विश्वव्यापी शासनमा सुधार र चीनको अन्तरदृष्टिले सहयोग बढाउन आग्रह गरेका छन् । उदीयमान बजार र विकासोन्मुख देशहरूको सामूहिक वृद्धि ब्रिक्सद्वारा प्रतिनिधित्व गरिएको विश्वव्यापी परिदृश्यजस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “कस्तै प्रतिरोध भए पनि ब्रिक्सले राम्रोको लागि सकारात्मक र स्थिर शक्ति थप्दै जानेछ ।”
सीजीटीएनले चाइनाको रनमिन युनिभर्सिटीसँगको सहकार्यमा र न्यु इरा इन्स्टिच्युट अफ इन्टरनेसनल कम्युनिकेसनमार्फत ब्रिक्स देशका १ हजार ६ सय ३४ उत्तरदाताहरूमाझ एउटा सर्वेक्षण गरेको थियो । सर्वेक्षणअनुसार अधिकांश उत्तरदाताहरूले ब्रिक्स शक्तिले विश्वव्यापी शासनमा प्रेरणा दिएको विश्वास गर्छन् । उनीहरू निष्पक्ष र अधिक व्यावहारिक अन्तर्राष्ट्रिय व्यवस्थाको निर्माणलाई प्रवद्र्धन गर्न आवश्यक ठान्दछन् ।
Leave a Reply