नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
दक्षिण सुडानको पश्चिमी बहर एल गजल राज्यको वाउ सहरमा नीलो र सेतो इँट र कङ्क्रीट संरचना खडा छ । यो एक चिनियाँ शान्ति सेनाका पुलिस अफिसरको नाममा नामकरण गरिएको प्रहरी चौकी हो – डोङजिङ ।
सन् २००८ मा अफिसर सन डोङजिङलाई संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा वाउ पठाइएको थियो । स्थानीय प्रहरी चौकी जीर्ण र प्रयोगविहीन थियो । स्थानीय अधिकारीहरूको अनुरोधलाई जवाफ दिँदै उहाँले कोष जुटाउनुभयो, एक निर्माण टोली भाडामा व्यवस्था गर्नुभयो† सामग्री खरिद गर्नुभयो† नवीकरण डिजाइन गर्नुभयो र प्रहरी चौकीको मर्मतसम्भारको निरीक्षण गर्नुभयो ।
विगत १६ वर्षदेखि डोङजिङ प्रहरी चौकी सधैँ शान्ति र मित्रताप्रति चीनको प्रतिबद्धताको प्रतीक बनेको छ ।
“चीन सधैँ शान्तिको दूत भएको छ, जसले दक्षिण सुडानलाई सामाजिक स्थिरता कायम राख्न मद्दत गरेको छ । म चीनप्रति धेरै आभारी छु,” पश्चिमी बहर एल गजल राज्य प्रहरी विभागका वरिष्ठ प्रहरी अधिकारी कोन मेल अयोकले भन्नुभयो ।
जनवादी गणतन्त्र चीनको स्थापना भएको ७५ वर्षमा यो देश सधैँ शान्तिपूर्ण विकासको बाटोमा हिँडेको छ र विश्व शान्तिको रक्षा गर्ने दृढ शक्ति भएको छ ।
चीनले देशको संविधान र शासक दलको संविधानमा शान्तिपूर्ण विकास लेखेको छ र शान्तिपूर्ण विकासलाई राष्ट्रको प्रतिबद्धता बनाएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूमध्ये एक चीन एकले परमाणु हतियारको पहिलो प्रयोग नगर्ने वाचा गरेको छ । यो सुरक्षा परिषद्का स्थायी सदस्यहरूमध्ये शान्ति सैनिकहरूको सबैभन्दा ठुलो योगदानकर्ता पनि हो र संयुक्त राष्ट्र सङ्घको नियमित बजेट र शान्ति स्थापना मूल्याङ्कनमा दोस्रो ठुलो योगदानकर्ता हो ।
विगत ३० वर्षको अवधिमा चीनले २० भन्दा बढी देश र क्षेत्रहरूमा शान्ति मिसनमा ५० हजारभन्दा बढी चिनियाँ सैनिक र २ हजार ७०० चिनियाँ प्रहरी अधिकारीहरूलाई पठाएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चीनको शान्तिपूर्ण विकास मानव इतिहासको महान् कार्य भएको र यसले सम्पूर्ण मानवजातिको शान्ति र प्रगतिलाई फाइदा पुग्ने बताउनुभएको छ ।
जुलाईको अन्त्यमा, १४ प्यालेस्टिनी गुटहरू एक मेलमिलाप वार्ताको लागि पेइचिङको ग्रेट हल अफ द पिपुलमा भेला भए र प्यालेस्टिनी राष्ट्रिय एकतालाई सुदृढ गर्ने पेइचिङ घोषणापत्रमा हस्ताक्षर गरे । प्यालेस्टिनी समस्या समाधान गर्न र मध्यपूर्वमा शान्ति र स्थायित्वको अनुभूति दिने यो महत्वपूर्ण कदम भएको छ ।
फताह आन्दोलनका उपप्रमुख महमुद अल अलौलले हस्ताक्षर समारोहमा चीन ज्योतिको पनि ज्योति भएको र प्यालेस्टिनका विभिन्न गुटहरूबिच मेलमिलाप प्रवद्र्धन गर्ने प्रयास अन्तर्राष्ट्रिय क्षेत्रमा दुर्लभ र प्रशंसनीय रहेको अभिव्यक्ति दिनुभयो ।
सन् २०१४ को मे महिनामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षाको दृष्टिकोण राख्नुभएको थियो । करिब आठ वर्षपछि मानवजातिको भविष्यलाई हेर्दै उहाँले गम्भीरतापूर्वक ग्लोबल सेक्युरिटी इनिसिएटिभ (GSI) प्रस्ताव गर्नुभयो । यसले विश्वलाई कस्तो सुरक्षा अवधारणा चाहिन्छ र देशहरूले साझा सुरक्षा कसरी हासिल गर्न सक्छन् भन्ने जस्ता समयका प्रश्नहरूको स्पष्ट जवाफ दिन्छ । यसले दिगो शान्ति र सार्वभौमिक सुरक्षा प्राप्त गर्नको लागि नया मार्ग प्रशस्त गर्दछ ।
जीएसआईले १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूबाट समर्थन र प्रशंसा पाएको छ । यसका मूल अवधारणा अन्य देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग चीनको सहयोगसम्बन्धी ९० भन्दा बढी द्विपक्षीय र बहुपक्षीय दस्ताबेजहरूमा लेखिएका छन्, जसले यसलाई विश्वव्यापीरूपमा प्रभावशाली अन्तर्राष्ट्रिय सहमति बनाएको छ ।
चीनले अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई दृढतापूर्वक पालन गर्छ र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्छ । उसले जहिले पनि आफ्नै योग्यताका आधारमा मुद्दाहरूमा आफ्नो अडान र नीति तय गरेको छ । चीनले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्छ र सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीतिको विरुद्धमा दृढतापूर्वक उभिएको छ ।
चीनले सबै पक्षहरूसँग संयुक्त राष्ट्र सङ्घको भूमिकालाई सदुपयोग गर्दछ, साङ्घाई सहयोग सङ्गठन, ब्रिक्स सहयोग, अन्तरक्रिया र एसियामा विश्वास निर्माणका उपायहरूको सम्मेलन र अन्य संयन्त्रहरूमा सुरक्षा सहयोग प्रवद्र्धन गर्दछ ।
यसले पेइचिङ सियाङशान फोरम र ग्लोबल पब्लिक सेक्युरिटी कोअपरेसन फोरम (लियानयुङगाङ) जस्ता अन्तर्राष्ट्रिय सुरक्षा संवाद र आदानप्रदान मञ्चहरू निर्माण गर्न जारी राखेको छ ।
चीनले आतङ्कवादविरोधी कारबाही, कानुन प्रवर्तन, साइबर सुरक्षा, उदीयमान प्रविधिहरू र जलवायु परिवर्तनजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय आदानप्रदान, सहयोग मञ्च र संयन्त्रहरू स्थापना गरेको छ ।
देशले युक्रेन सङ्कट, प्यालेस्टिन–इजरायल द्वन्द्व र अफगान मुद्दामा पोजिसन पेपर जारी गरेको छ । यसले साउदी अरेबिया र इरानबिचको मेलमिलापलाई सहज बनाएको छ ।
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले चीन विश्व शान्ति र स्थायित्व कायम गर्ने शक्तिशाली शक्ति भएको र वार्ताको माध्यमबाट द्वन्द्वको समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
हालै पेइचिङमा सम्पन्न चीन–अफ्रिका सहयोग मञ्चको सन् २०२४ को शिखर सम्मेलनमा चीनले अफ्रिकालाई स्वतन्त्ररूपमा शान्ति र स्थायित्वको रक्षा गर्न आफ्नो क्षमतामा सुधार गर्न मद्दत गर्ने वाचा गरेको छ । चीनले जीएसआई कार्यान्वयनमा अफ्रिकालाई प्राथमिकता दिन, उच्च गुणस्तरको विकास र अधिक सुरक्षाको पारस्परिक सुदृढीकरणलाई बढावा दिन र विश्व शान्ति र स्थिरता कायम राख्न अफ्रिकासँग मिलेर काम गर्न साझा सुरक्षाका लागि साझेदारी कार्यलाई अगाडि राख्यो ।
इराक र पाकिस्तानजस्ता देशहरूमा, चीनको सहयोगमा वा चिनियाँ उद्यमहरूले सञ्चालन गरेका धेरै परियोजनाहरू जस्तै सडक निर्माण, पावर प्लान्ट स्थापना, कारखाना सञ्चालन, सफलतापूर्वक कार्यान्वयन भएका छन् । आर्थिक र सामाजिक दुवै फाइदा पु¥याउने यी परियोजनाहरूले अस्थिरताका मूल कारणहरूलाई प्रभावकारीरूपमा सम्बोधन गर्दै विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय शक्ति अभिवृद्धि गरिरहेका छन् ।
शान्ति, विकास, सहयोग र पारस्परिक हितमा समर्पित चीनले आफ्नो विकासलाई पछ्याउँदै विश्व शान्ति र विकासको रक्षा गर्न प्रयास गर्नेछ र आफ्नै विकासमार्फत विश्व शान्ति र विकासमा ठुलो योगदान दिनेछ । चीनको शक्तिको प्रत्येक वृद्धि विश्व शान्तिको सम्भावनाको वृद्धि हो ।
पिपुल्स डेली अनलाइनबाट
अनुवाद : आरोही
Leave a Reply