अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ललितपुर, ८ कार्तिक । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया कार्यक्रम मङ्गलबार थसीमा भयो ।
उक्त कार्यक्रममा नेमकिपा ललितपुरका सदस्य महन्त महर्जनले भन्नुभयो, “नेपालभाषा साहित्य तःमुंज्याले जनताका कवि, कलाकार, कथाकार, निबन्धकार, नाटककार, व्यङ्ग्यकार तयार गरिरहेको छ । पुँजीवादी साहित्यले कामदार जनताको सेवा गर्दैन । नेपालभाषा साहित्य तःमुंज्या भाषिक, साहित्यिक र सांस्कृतिक मञ्चमात्र होइन,
राजनीतिक चेतना जगाउने राजनीतिक मञ्च र विज्ञहरूको आ–आफ््नो अनुभव सीप र ज्ञान दिने बौद्धिक मञ्च पनि हो । जनताले जनताकै लागि सही सन्देश प्रदान गर्ने जनताको मञ्च हो ।”
उहाँले भन्नुभयो,“ साहित्य राजनीतिको हतियार हो, साहित्य राजनीतिबाट अलग्ग हुन सक्दैन । शोषकवर्गले जनतालाई आफ्नो शोषण, दमन र अत्याचार ठीक साबित गर्न र जनताको मन भाड्न साहित्य तयार गर्छन्, गराउँछन् भने कामदार जनताका पक्षधर साहित्यकारहरूले माक्र्सवादी साहित्य, प्रगतिशिल साहित्यमार्फत शोषकवर्गको स्वर्ग लुट्न र कामदारवर्गको राज्य सत्ता प्राप्तिको लागि उत्प्रेरित गर्छन् ।”
नेमकिपा महालक्ष्मीका सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुरका सदस्य रूपना महर्जनले ‘चिनियाँ आधुनिकता र पश्चिमा आधुनिकता’ बिच आकाश पातालको अन्तर भएको बताउँदै भन्नुभयो, “पश्चिमा देशहरू बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इटली र स्पेनलगायत युरोपियन देशहरूमा अरू देशहरूमा आक्रमण, दबाब, शोषण गरी संसारका सबै कमजोर देशहरूमाथि उपनिवेश बनाउन लागे, आदिवासी जनताको हत्या, हिंसा र दमन गर्न लागे । चीनले औद्योगिक उत्पादन बढाएर आधुनिक देशको रूपमा आफूलाई प्रस्तुत गर्न सक्यो† अफ्रिका, ल्याटिन अमेरिका, एसिया महादेशलगायतका १४० भन्दा बढीसँग व्यापार सम्झौता गरी ती कमजोर र विकासशील देशलाई सहयोग ग¥योे ।
नेमकिपा महालक्ष्मीका सदस्य तथा नेक्राकिसङ्घ ललितपुरका सदस्य चन्द्रमान महर्जनले कामरेड रोहितद्वारा लिखित पुस्तक ‘आत्मनिर्भरताको प्रस्न र आर्थिक विकास’ मा उल्लेख भएअनुसार नेपालको आर्थिक विकास गर्न कृषिमा आधुनिक विकास र कृषिसँग जोडिएका उद्योग स्थापना आवश्यक भएको बताउनुभयो । राज्यले जनतासँग ऋण लिएर देशको विकास र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने, साम्राज्यवादी वा विस्तारवादी देशहरूसँग ऋण लिन नहुने उल्लेख गर्दै उहाँले ऋण लिएमा विदेशी दलालहरूले देशलाई झन्झन् परनिर्भतातर्फ लग्ने बताउनुभयो ।
नेमकिपा महालक्ष्मीका सदस्य इन्द्रराज महर्जनले सोभियत रुसमा सन् १९१७ मा भएको अक्टोबर समाजवादी क्रान्तिपछि तीव्रगतिमा देश विकास भएको, शिक्षा, स्वास्थ्य, उद्योग, अन्तरिक्ष कार्यक्रमलगायतमा विकास गरेको बताउनुभयो ।
नेमकिपा महालक्ष्मीका सदस्य आशाराम महर्जनले नेपालमा भ्रष्टाचार गर्नेहरू सत्तासीन पार्टीका नेता कार्यकर्ता भएकाले वर्तमान सरकारले कारबाही गर्न नसकेको हो भन्नुभयो ।
नेमकिपा महालक्ष्मीका कृष्णराज महर्जनको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा बिकी महर्जन, अनिष महर्जन, एम. महर्जन र एस. श्रेष्ठले पनि आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply