भर्खरै :

कार्तिक १४ गते काग तिहार, १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा

कार्तिक १४ गते काग तिहार, १५ गते कुकुर तिहार र लक्ष्मी पूजा, १६ गते म्हःपूजा र १७ गते किजा पूजा

भक्तपुर, ८ कार्तिक । भक्तपुुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यस वर्षको स्वन्ती नःखा तिहार २०८१ मनाउने विषयमा भक्तपुर तलेजुका पुजारीहरू, राजोपाध्याय नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरू, ज्योतिषविद्लगायतका सरोकारवालाहरूसँग बैठक बस्यो ।
बैठकले कार्तिक १४ गते बुधबार काग तिहार मनाउने, कार्तिक १५ गते दिनको ३ः१४ बजेसम्म चतुर्दशी तिथि लाग्ने हुँदा कुकुर तिहार र १५ गते दिनको ३ः१४ बजेपछि औँसी तिथि लाग्ने हुँदा लक्ष्मी पुजा मनाउने, कार्तिक १६ गते साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकोले म्हःपूजा मनाउने, कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाइटीका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्य एवम् भनपा ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नि. प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, भक्तपुर तलेजुका पुजारीहरू प्रजेशराज राजोपाध्याय, महेश कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य, ज्योतिष वीरेन्द्रप्रसाद कायष्ठलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *