भर्खरै :

सर्वाेच्चमा कमलपोखरीको मुद्दा हेर्दाहेर्दै

सर्वाेच्चमा कमलपोखरीको मुद्दा हेर्दाहेर्दै

काठमाडौँ, ११ कार्तिक । ठमेलस्थित ऐतिहासिक कमलपोखरी कायम राख्न आइतबार पनि सर्वाेच्च अदालतमा दिनभरि सुनुवाइ जारी भई पुनः हेर्दाहेर्दैमा गएको छ । कार्तिक ७ गते न्यायाधीशद्वय सारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासबाट आइतबार हेर्दाहेर्दैमा सुनुवाइ भएको हो । वि.सं. १९६५ सालको लगतमा पोखरी कायम भएको सार्वजनिक कमलपोखरी जोगाउने पक्षमा आइतबार बहस गर्ने कानुन व्यवसायीहरूमा वरिष्ठ अधिवक्ताहरू एकराज भण्डारी, ध्रुवलाल श्रेष्ठ, पद्मबहादुर श्रेष्ठ, अधिवक्ताहरू विजयराज शाक्य, दिल्लीराज खनाल, नरेश श्रेष्ठ, विकल प्रजापति, वीरेन्द्रकुमार कर्ण, श्रीधर ङाकुसी श्रेष्ठ, आरजु कार्की, शिवराम बोहजू, राजु कैटी, जुजुकाजी महर्जन, शतकोण श्रेष्ठ, राजु शाक्य र रमेश महर्जन हुनुहुन्थ्यो ।
आइतबारको बहसमा सार्वजनिक जग्गामा मोही लाग्दैन, ननसक्ने, गुठी ऐन २०३३ आएपछि दर्तावाला मोही हुनै सक्दैन, राणाजीहरू मोही हुनै नसक्ने, १० रोपनीभन्दा बढी जग्गामा मोही लाग्दैन, मिलापत्रबाट मोही कायम नहुने हुँदा २०३३ सालको मिलापत्रको आधारमा मोही कायम गरी पछि दर्तावाला मोही नामकरण गरी गुठीबाट रैकर गराई कित्ताकाट, हक हस्तान्तरण आदि गरेको सम्पूर्ण कार्य गैरकानुनी हा. ।
विपक्षीको तर्फबाट वरिष्ठ अधिवक्ता बच्चु खड्काको बहसपछि सोमबारको लागि हेर्दाहेर्र्दैमा राखिएको हो । सोमबार विपक्षीको तर्फबाट बाँकी बहस पैरवीपछि गुठी संस्थान, पुनरावेदक र रिट निवेदकको तर्फबाट जवाफ दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *