यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ११ कार्तिक । भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्थाको २२ औँ साधारणसभा शनिबार सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा भएको उक्त सभामा उहाँले सहकारी आर्थिक लेनदेनमा मात्र सीमित नरही आफ्ना साधारण सदस्यहरूको हृदयको आँखा खोलिदिन लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकहरूको लागि आवश्यक बन्दोबस्त अहिलदेखि नै गरे भोलिका दिनमा जतिसुकै पैसा भए पनि सुखी जीवन बिताउन पाउँदैन ।”
उहाँले संसारमै ज्येष्ठ नागरिक धेरै भएका देशहरूमा जापान पनि एक हो, आर्थिकरूपले पनि सम्पन्न छ तर हालै प्रकाशमा आएको एक समाचारअनुसार स्याहार सुसार गर्नेहरूको अभावमा ज्येष्ठ नागरिक कोठाभित्र मरेको ६ महिनामा पनि लास उठ्न नसकेको दुःखद घटना पनि भएको छ भन्नुभयो ।
ज्येष्ठ नागरिकहरूलाई हेर्ने संस्कारयुक्त नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिँदै उहाँले कोभिडको समयमा अक्सिजन प्लान्ट बनाउन भक्तपुर नगरपालिकालाई सहयोग गरेझैँ कसैले आदर निकेतन बनाउँछ भने त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नयाँ पुस्ताको विदेश पलायन रोक्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “छोराछोरीलाई विदेशमा दासतुल्य बनाई देशको प्रगति गर्ने सोच गलत छ । आज देशको उर्वर भूभाग युवा पुस्ताको अभावमा बाँझिएको छ । देशभक्ति भावनाबिना देश उँभो लाग्नेछैन ।”
भक्तपुर बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि कान्छाभक्त घजुले भक्तपुरमा अधिकांश बहुउद्देश्यीय सहकारीहरू खराब अवस्थाबाट गुज्रिरहेको चर्चा गर्दै भक्तपुर नगरपालिकाले बेलैमा आफ्नो क्षेत्रमा बहुउद्देश्यीय सहकारी खोल्न स्वीकृति नदिएर ठीक गरेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी सङ्घका वीरेन्द्र जति, भक्तपुर साकोसकी कृष्णश्वरी दुवालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
भक्तपुर महिला साकोसका अध्यक्ष कृष्णश्वरी मचामसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष सुनिता दुवालले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव वृन्दा प्रजापतिले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मीना ध्वोंजुले आर्थिक प्रतिवेदन, सर्मिला शिल्पकारले लेखा प्रतिवेदन र पूर्वपदाधिकारी सङ्गीता पञ्चले पूर्वअनुभव सुनाउनुभएको थियो ।
Leave a Reply