भर्खरै :

भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा आवश्यक पहल गर्ने निर्णय

भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा आवश्यक पहल गर्ने निर्णय

भक्तपुर, ११ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालबिच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा आइतबार बैठक बस्यो ।
बैठकले भक्तपुर नपा वडा नं. १ दूधपाटीस्थित भाज्यापुखुको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा भाज्या पुखु र भक्तपुर क्याम्पस दुवैको सौन्दर्यमा वृद्धि हुने गरी अगाडि बढ्न आवश्यक पहल गर्ने निर्णय ग¥यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले ८०० वर्ष पुरानो घाँसे मैदानको रूपमा रहेको भाज्या पोखरीलाई आफ्नै लगानीमा पोखरीको मध्तगमा जलेश्वर मन्दिर निर्माण गरी पोखरीको उद्घाटन गरी पोखरीको चारै दिशाका डिलहरू खोल्न पहल गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुर बहुमुखी क्याम्पस र भाज्या पुखु दुवै भक्तपुरको गहनाको रूपमा रहेको बताउँदै पोखरीको दक्षिणपट्टिको डिल निर्माणसँगै क्याम्पस र पोखरीको सौन्दर्य अझ वृद्धि हुने बताउनुभयो ।
भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा उदाहरणीय कार्य गर्दै अगाडि बढेको स्थानीय सरकार भएको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरको मात्र नभई उपत्यकाका अन्य सहरहरूमा सम्पदा जीर्णोद्धार, पुनःनिर्माण र मर्मत सम्भारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको स्मरण गर्नुभयो ।
त्रिविका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भक्तपुर बहुमुखी क्याम्पस र ऐतिहासिक भाजु पुखुबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै पोखरीको डिल निर्माण र क्याम्पसको पर्खाल निर्माणले दुवैको सुन्दरता वृद्धि हुनेमा दुईमत छैन भन्नुभयो ।
उहाँले भक्तपुरको सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताउँदै कलेज र पाखेरीबिचको असमझदारी सौहार्द तरिकाले टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
उक्त बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, त्रिवि भौतिक सम्पत्ति संरक्षण शाखा, सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राई, सहायक कानुनी सल्लाहकार राजेन्द्र खनाल, भक्तपुर बहुमुखी क्याम्पस विद्यार्थी कल्याण प्रमुख डा. शेरसिंह रैखोला, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, निमित प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ, उपनिर्देशक गणेशलाल फोँजु र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *