भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा राज्यको कार्यबारे महत्वपूर्ण निर्देशन

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा राज्यको कार्यबारे महत्वपूर्ण निर्देशन

पेइचिङ, १० कार्तिक (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै राज्यको कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ । उहाँका अनुसार, बितेका केही वर्षयता राज्य प्रणालीले निष्ठापूर्वक केन्द्रीय समितिको निर्णय प्रस्तावलाई व्यवहारमा उतार्नुका साथै पार्टी र देशको कुल कार्यकारी अवस्थाका लागि सशक्त सेवा प्रदान गर्दै आएको छ ।
विभिन्न तहका पार्टी समिति र सरकारले जनतालाई प्राथमिकता राखी राज्यको कार्यको नेतृत्वलाई सबल पारी जनताका लागि सबभन्दा चासो भएका, सबभन्दा प्रत्यक्ष र सबभन्दा प्रभावकारी समस्याहरूको राम्रोसँग समाधान गर्दै निरन्तररूपमा राज्यको कार्यको उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ ।
१५ औँ राष्ट्रिय निजामतीको सम्मेलन अक्टोबर २५ देखि २६ तारिखसम्म पेइचिङमा आयोजना गरिएको छ । सम्मेलनमा राष्ट्राध्यक्ष सीको उक्त महङ्खवपूर्ण निर्देशन हस्तान्तरण गरिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य एवम् प्रधानमन्त्री ली छ्याङले सहभागी हुँदै सम्बोधन गर्नुभएको छ ।
अक्टोबर २६ तारिखमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डेनिल चापोलाई बधाई सन्देश पठाउँदै गणतन्त्र मोजाम्बिकका राष्ट्रपति निर्वाचित हुनुभएकोमा उहाँप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र मोजाम्बिकबिच लामो समययता परम्परागत मित्रता कायम रहँदै आएको भन्दै बितेका केही वर्षयता दुवै देशको राजनीतिक पारस्परिक विश्वास लगाताररूपमा गहिरिँदै आएको, वास्तविक सहकार्यको प्रतिफल उल्लेखनीय रहँदै आएको औँल्याउनुभएको छ ।
नयाँ निर्वाचित राष्ट्रपति चापोसँगै मिलेर चीन–अफ्रिका सहकार्य मञ्च पेइचिङ शिखर सम्मेलनको प्रतिफललाई व्यवहारमा उतार्ने सुअवसरको सदुपयोग गर्दै परम्परागत मित्रताको उत्तराधिकार गरी आपसी हितयुक्त सहकार्यलाई गहन पार्नुका साथै दुवै देशबिचको सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई विकसित पार्दै जान र दुवै देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको राष्ट्राध्यक्ष सीले जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *