अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सामन्ती समाजलाई चरितार्थ गर्ने दुई भनाइ हाम्रो समाजमा खुब चल्छ । गरिबले माग्यो भने भिख भनिन्छ तर ब्राह्मणले माग्यो भने दान भनिन्छ । धनीले गरिब लुट्यो भने व्यापार भनिन्छ तर गरिबले धनीको लुट्यो भने हिँसा हुन्छ । यस्तो दोहोरो मापदण्ड लागु गर्ने प्रवृत्ति हाम्रो समाजमा मात्र होइन संसारमा विभिन्न देशहरूमा देख्न सकिन्छ ।
सन्दर्भ, हालैमात्र उत्तर कोरियाली सेना रुसमा तालिम लिइरहेको कथित समाचारलाई पश्चिमेली मिडियाले कोलाहल मच्चाइरहेको छ । अमेरिकाले संसारभर सैनिक अखडा स्थापना गर्दा क्षेत्रीय स्थायित्व र सुरक्षा निकायको रूपमा रहेको दाबी गर्छ । अमेरिकी सैनिक अखडाले क्षेत्रीय स्थिरता कायम गर्छ रे । तर, रूसमा उत्तर कोरियाली सेनाको उपस्थितिले क्षेत्रीय खतरा निम्त्याउँछ रे । यसले अन्तर्राष्ट्रिय द्वन्द्वको सैन्यकरणमा योगदान पु¥याउँछ रे । उत्तर कोरियाको सैन्य शक्तिले क्षेत्रीय अस्थिरतालाई जन्माउँछ रे ।
ढोङ र झूटा बहानामा जिउने पाखण्डले पनि पश्चिमेली देशको यस्तो दोहोरो मापदण्डबाट ‘लज्जित’ महसुस गरेको हुनुपर्छ । रुस–युक्रेनबिच युद्धको पछिल्लो घटनाक्रमले पश्चिमा देशलाई नाटक मञ्चन गर्ने एउटा नयाँ बहाना बनाएको छ । रुस र उत्तर कोरियाबिच भएको सैनिक सम्झौताअनुरूप केही सेना रुसमा गएको घटनालाई पश्चिमाहरूले यसरी होहल्ला मच्चाइरहेको छ कि मानौँ एउटा देशको सेना अर्को देशमा गएको यो नै पहिलोपटक हो । मानौँ, कुनै अमेरिकी सेना विदेशी भूमिमा छैन ।
युद्ध अन्त्यको लागि शक्तिशाली देशहरूले ठोस कदम चाल्ने विश्व जनमतले अपेक्षा राखेको बेला अमेरिकी दोहोरो चरित्रले उनको कपटपूर्ण चाल अझ प्रस्ट भएको छ । रुसलगायत उत्तर कोरिया र इरानमाथि लगाइएको दोहोरो मापदण्ड र ढोङले इमानदारी र पाखण्डबिच कसरी भिन्न छ भन्ने देखाउँछ ।
आफ्नै देशमा ३५ हजार अमेरिकी सेना राख्ने दक्षिण कोरियाले रूसी राजदूतलाई बोलाएर उत्तर कोरियाली सेनाको तत्काल फिर्तीको आग्रह ग¥यो । दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरिया रूसको आक्रमणमा संलग्न भएमा आफ्नो सरकार चुप लागेर नबस्ने र युक्रेनलाई हतियार आपूर्ति गर्ने सम्भावना रहेको बताए । ‘पाखण्डको पनि सीमा हुन्छ’ भनेको यही हो । दक्षिण कोरियाको भनाइअनुसार, “यस्तो तैनाथीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन गर्छ ।” पश्चिमाहरूको भनाइअनुसार उत्तर कोरियाली सेना रुसमा हुनु र अमेरिकी सेना दक्षिण कोरियामा हुनुको भिन्नता सैन्य उपस्थितिको प्रकृतिमा निहित छ । दक्षिण कोरियाले अमेरिकी सेनालाई एक स्थिर र सुरक्षा निकायको रूपमा हेर्छ, जबकि रूसमा उत्तर कोरियाली सेनाहरूलाई सम्भावित खतराको रूपमा हेर्छ । उत्तर कोरियाली सेनालाई रूसमा तैनाथ गर्नुले युक्रेन द्वन्द्व झनै चर्किन्छ भनेर पश्चिमी मुलुक चिन्ता गर्छ । जसले अन्तर्राष्ट्रिय द्वन्द्वको सैन्यकरणमा योगदान पु¥याउँछ । यो दृष्टिकोणले अमेरिकी सैन्य सहायतालाई आक्रामक उत्तर कोरियाको विरूद्ध स्थिर शक्तिको रूपमा हेर्छ, जबकि उत्तर कोरियाको सैन्य कारबाहीलाई क्षेत्रीय अस्थिरताको रूपमा हेर्छ । भएन र गजबको पाखण्डी ! कपटपूर्ण तर्क !
दक्षिण कोरिया आफैले युक्रेनलाई मानवीय सहायताको नाममा विभिन्न सहयोग दिएको छ र रुस विरुद्धको प्रतिबन्धमा पश्चिमी देशसँग मिलेको छ । पुटिनले हालै भनेका थिए, “यदि युक्रेनले फ्रान्स, इङ्गल्यान्डजस्ता विदेशी सेनाहरूको समर्थन लिने हो भने यसले गम्भीर परिणाम ल्याउनेछ ।” अमेरिकाले भनेकै सङ्ख्या ३ हजार उत्तर कोरियाली सेना युद्धको परिणामलाई नै फरक पार्न सक्ने सङ्ख्या होइन । जबकि विभिन्न मानवीय सहयोगको नाममा भूउपग्रहदेखि उच्च प्रविधियुक्त मिसाइल र हवाई प्रतिरक्षा सञ्चालन गर्न युक्रेनमा अमेरिकी सेना बसिरहेका छन् । युक्रेन युद्धमा अमेरिकी सेनाको संलग्नको सन्दर्भमा ‘मोही माग्नु ढुङ्ग्रो लुकाउनु’ को पारामा अमेरिका आफ्नो बचाउ गर्दै भन्छ, “हामी समर्थन गर्छौँ, तर प्रत्यक्ष सहभागी हुँदैनौँ ।”
पश्चिमाहरूको रुसमा उत्तर कोरियाली सेनाले युद्ध झनै भड्किने भन्दै हाउगुजी मच्चाएको हेर्दा मानौँ युक्रेन एक्लै लडिरहेको जस्तो लाग्छ । युक्रेनसँग सहयोगीहरू छैनन् ? आगोमा घ्यू थप्ने कथित ‘मैत्रीपूर्ण’ राष्ट्रहरू छन् जसलाई युक्रेनको सहयोगी भन्छन् ।
युक्रेनसँग मानवीय सहयोगको नाममा बेलायती जासुसी संस्था एमआई ६, अमेरिकी विशेष बल, फ्रान्सेली सैनिक, अमेरिकाले तिरेका भाडाका सैनिकहरू छन् । युक्रेनलाई उपग्रह खुफिया जानकारी अमेरिकाले दिइरहेको छ । के पोल्यान्ड, फ्रान्स, ब्रिटेन, अमेरिकन, डच, बेल्जियम, जर्मन, डेनमार्क, इटालियन, स्पेनिस, स्वीडिसहरू युक्रेनमा लडिरहेका छैनन् र ?
भर्खरैको रिपोर्टअनुसार, संयुक्त राज्यका सैन्य कर्मचारीहरू विश्वका १५० भन्दा बढी देशमा तैनाथ छन् । त्यसमध्ये जर्मनीमा ३५ हजार, जापानमा ५० हजार, दक्षिण कोरियामा २८ हजार, इटालीमा १२ हजारलगायत स्पेन, बहराइन, इराक, कुवेत र अन्य धेरै रणनीतिक स्थानहरूमा अमेरिकाको सैनिक अखडा छन् ।
कमान्ड सेन्टर, एयरबेस, नौसेना अड्डा र प्रशिक्षण केन्द्रहरूसहित विभिन्न प्रकारका कार्यहरू सेवा गर्ने विश्वभर ७ सत्न्दा बढी सैन्य आधार वा सुविधाहरूको नेटवर्क रहेको छ । यो विश्वव्यापी पहुँच शक्तिको प्रक्षेपण गर्न र आफ्ना सहयोगीहरूलाई समर्थन गर्ने अमेरिकी सैन्य रणनीतिको मुख्य भाग हो । इरानी आक्रमणबाट इजरायललाई बचाउन भनेर हालै अमेरिकाले इजरायलमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (THAAD) मिसाइल प्रणाली तैनाथ गरेको छ । यति धेरै विदेशी भूमिमा सैनिक गतिविधि गर्ने अमेरिकालाई अहिले रुसले उत्तर कोरियाली सैनिकहरूलाई तालिम दियो भनेर कोलाहल मच्चाउन लाज लाग्नुपर्ने हो ।
सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि नै अमेरिकाले युक्रेनलाई ठुलो मात्रामा सैन्य सहायता उपलब्ध गराएको छ । भलै त्यो रुसी पैसा नै किन नहोस्, ‘लुटेको धन फुपूको श्राद्ध’ भनेजस्तै गैरकानुनीरूपमा रुसकै धन हात पारेर अमेरिकाले अरबौँ डलरको सुरक्षा सहायता भनेर युक्रेनलाई बेचेको छ ।
अमेरिकाको विश्वभर भइरहेको सैनिक गतिविधिलाई क्षेत्रीय स्थिरतालाई प्राथमिकता दिएको भनेर पश्चिमाहरूले व्याख्या गरे पनि विश्व जनमत भने यसलाई पश्चिमाको पाखण्डी मान्छन् । क्षेत्रीय सुरक्षाको आडमा विश्वमािथ तानाशाही चलाउने अहङ्कारी पश्चिमबाट विश्व जनमत सचेत हुनुपर्छ ।
Leave a Reply