काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन कसरी हुन्छ ?
- भाद्र ९, २०८३
चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा भएको र चीनतर्फको लेन्डे खोलामा हिमपहिरो गई नदी थुनिएको एक्कासि फुट्दा नेपालको भोटे कोसीमा भेल–बाढी आयो । यसले रसुवा, धादिङ, नुवाकोटका केही भौतिक संरचना र मानव बस्तीमा क्षति पु¥याएको सार्वजनिक भयो । सो भेलले त्यस क्षेत्रमा १९ ओटा पुल र ४० किमि सडकमा क्षति पुगेको बताइयो । नेपालको सीमाबाट चीनको तिब्बततर्फ अन्दाजी ७ किमिभित्र लेन्डे खोलामा पहिरो गएको अनुमान गरिएको छ ।
भेल–बाढी रसुवा, धादिङ, नुवाकोट हुँदै दक्षिणतर्फ आउँदा पृथ्वी राजमार्ग र धादिङवेसी जोड्ने मलेखु पुलसमेत बगाइयो । भेल बाढीले रसुवाको टिमुरे, धादिङ, नुवाकोटसम्म जनधनको क्षति भयो । क्षतिको विवरण यकिन भएको छैन । नेपाल पर्यटन बोर्डका अनुसार विदेशी र नेपाली गरी ४०० पर्यटक सम्पर्कविहीन भएको बताइयो । नेपाल प्रहरीका अधिकारी र जवानहरू पनि बेपत्तामा परेको सार्वजनिक भयो ।
चीनतर्फको पहिरोको कारण बन्द भएको लेन्डेखोला अझै पूरा नखोलिएको र नेपालतर्फ भेल–बाढीको जोखिम अझै यथावत रहेको पनि सार्वजनिक भयो । यो प्राकृतिक विपद्सँगै भेल–बाढी प्रभावित जिल्ला रसुवा, धादिङ, नुवाकोटमा खाद्यान्न र इन्धन खरिद गर्नेहरूको घुइँचो बढेको पनि सार्वजनिक भयो । त्रिशुली जलविद्युत्लगायत कतिपय संरचना बगाइएको पनि बाहिरियो । सरकारले विपद्मा परेका जनताको राहतको लागि नुवाकोट र रसुवा जिल्लालाई १–१ करोड रूपैयाँ र धादिङलाई ५० लाख रूपैयाँ उपलब्ध गराउने पनि बतायो । विपद्को बेला भ्रष्टाचार, महँगी, अनियमितता, पक्षपात बढ्नेतर्फ पनि सरकारी संयन्त्र सचेत हुनुपर्दछ ।
भेल–बाढीको कारण भोटेकोसी नदीमा पानीको सतह ५० मिटरमाथि पुगेको प्रत्यक्षदर्शीहरूको भनाइ सार्वजनिक भएको छ । बुधबार बिहान १० बजेतिर आएको भेल–बाढीले ७–८ घण्टामा १६ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बतायो । केही वर्षअघि उत्तरतर्फको भेल आउँदा मेलम्ची नदीमा यस्तै बाढी आएको थियो । यो भेलले काठमाडौँ उपत्यकाको लागि खानेपानी आपूर्तिको एक मुख्य स्रोत मेलम्ची खानेपानी आयोजनाको मुहान नै छोपेको थियो भने मेलम्ची बजारको एक भाग डुबानमा परेको थियो । त्यस्तै, दुई वर्षअघि असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाले धुलिखेल–बर्दीवास जोड्ने बीपी राजधानीको पहाडी खण्ड बगाएको अझै पुनःनिर्माण रोकिएको छैन ।
नेपालमा बाढी र पहिरो आउने क्षेत्रमा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने विषय उठेको पनि धेरै भयो तर सरकारहरूले वास्ता गरेनन् । यसकारण, विपद्मा जनधनको क्षति बढेको हो । पश्चिम नेपालको कर्णाली नदीको छेउछाउमा पनि सरकारले ‘स्मार्ट सिटी’ हरू विकास गर्ने योजना राखेको अनुपयुक्त नहुने यतिखेर पुष्टि हुन्छ । कर्णाली नदीको दायाँबायाँ राकम कर्णाली, तल्लो डुङ्गेश्वर, खिड्कीज्युलालगायत बस्तीहरू जोखिममा परेको हुँदा सरकारले तत्काल वैकल्पिक सहरको विकास गर्नु उपयुक्त हुनेछ । देशभरि नै जोखिम क्षेत्रका बस्तीहरू पहिचान गरी सरकारले सुरक्षित स्थानमा बन्दोबस्त गर्न ध्यान दिनुपर्दछ ।
Leave a Reply