कृषि उपजको उत्पादन लागतमा फाइदा हुने गरी सरकारले मूल्य तोक्नुपर्ने
- आश्विन २६, २०८३
माथिको प्रश्नको उत्तर परीक्षा दिलाउने विद्यालय, परीक्षा केन्द्र पर्ने विद्यालय, विकास शिक्षा तथा समन्वय एकाइ, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा मन्त्रालय वा सरकार कसले दिने हो ? सन्दर्भ भक्तपुर नगरको शान्ति निकेतन माविमा अध्ययनरत एक विद्यार्थी सम्पदा सुनुवार (सिम्बोल नं. ०२८११५७ ‘ग्’) ले गत वर्ष दिएको एसईई परीक्षामा गणितमा फेल (NG) भएकोले पुनः परीक्षा दिए । २०८३ असार १ गते पद्म मावि परीक्षा केन्द्रमा गणित विषयको परीक्षा दिए पनि उनको नतिजा केही आएन वा पास भएको जानकारी आएन । नतिजा नआएपछि उनले रिटोटलिङका लागि निवेदन दिए । रिटोटलिङका लागि निवेदन दिएपछि जाँच दिएको कापी हराएको जानकारी दिइयो । परीक्षा केन्द्रले उनी परीक्षामा सहभागी भएको जनाएको छ ।
आफू अध्ययनरत विद्यालयले यस विषयमा चासो दिनुको सट्टा अर्काे वर्ष परीक्षा दिनु भन्ने हलुका जवाफ दियो । राष्ट्रिय परीक्षा बोर्डले पनि अर्काे वर्ष परीक्षा दिने सल्लाह दियो । १०–१२ वर्ष अध्ययन गरी दिएको परीक्षाको राम्रो नतिजा पाउन कति वर्ष कुर्नुपर्ने हो ? पीडित विद्यार्थीको गुनासो कसले सुन्ने हो ?
विद्यार्थीको परीक्षामा लापरबाही गर्ने शिक्षक÷कर्मचारीलाई कसले के कारबाही गर्ने÷हुने हो ? परीक्षा केन्द्रमै कापी परीक्षण गर्दा लापरबाही भएको समाचार आयो । पीडित विद्यार्थीको यो घटनाले परीक्षा केन्द्रमा भएको लापरबाही सत्य समाचार भएको प्रस्ट भएन र ?
दैनिक गुजारा गरेर खानुपर्ने विद्यार्थीलाई अर्काे वर्ष परीक्षा दिनु भन्नु न्यायोचित हो र ? काम गर्दै पढ्दा परीक्षामा सफल नहुनसक्छ । के उसले एसईई पास गरेको प्रमाणपत्र प्राप्त गर्ने अवस्था नै आएन भने यसको जिम्मेवारी सरकारले लिनुपर्ने होइन र ?
– पीडित विद्यार्थीका एक आफन्त, भक्तपुर
Leave a Reply