भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
भक्तपुर, १० भदौ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङको तेस्रो कलेज सभा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले २०६५ सालमा स्थापना भएको कलेजले स्थापनाको उद्देश्यअनुसारको उपलब्धि हासिल गर्दै आएको बताउनुभयो ।
जनप्रतिनिधि नभएको अवस्थामा कलेजले ठुला चुनौतीहरू पार गर्दै देशकै आशाको केन्द्रका रूपमा स्थापित हुन सफल भएको बताउँदै उहाँले नगरपालिकाले सञ्चालन गरेको ख्वप सर्कलअन्तर्गतका कलेजमा अध्ययन गर्न विद्यार्थीबिच प्रतिस्पर्धा हुने गरेको उल्लेख गर्नुभयो ।
कलेज स्थापना र विकासमा भक्तपुरका अग्रज व्यक्तिको साथ र सहयोग रहेको बताउँदै प्रमुख प्रजापतिले कलेज स्थापनामा नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
कलेजलाई अझ व्यवस्थित र उत्कृष्ट बनाउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले आजको सफलता एकताको बलको परिणाम भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले ख्वप आफैंमा एउटा ब्रान्डका रूपमा स्थापित भइसकेको धारणा राख्दै क्यूएए प्राप्तिका लागि सहयोग पु¥याउने विश्वविद्यालय अनुदान आयोगप्रति नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै उहाँले कलेजको उपलब्धिलाई अझ उचाइमा पु¥याउन निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
कलेज सभाका सदस्य एवं वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले सामाजिक उत्तरदायित्व पूरा गर्ने विषय कलेजको सुन्दर पक्षका रूपमा रहेको बताउनुभयो ।
उहाँले नीति तथा कार्यक्रम प्रगतिउन्मुख रहेको उल्लेख गर्दै योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै त्यसको नियमित रिपोर्टिङ गर्न पनि आवश्यक रहेको बताउनुभयो ।
रसुवामा गएको अकल्पनीय प्राकृतिक प्रकोपले देशलाई ठुलो क्षति पु¥याएको स्मरण गर्दै उहाँले विगतका विपद्का घटनाबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
२०४५ सालमा राज्यस्तरबाटै नेमकिपालाई नष्ट गर्ने षड्यन्त्रको स्मरण गर्दै उहाँले नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्थाहरूले आज देशमा आशा जगाउने काम गरेको बताउनुभयो ।
सभामा भक्तपुर नपाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले कलेजले क्युएए प्राप्त भएकोमा बधाई तथा नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
समयअनुसार आउने चुनौतीहरूलाई सामना गर्दै अघि बढ्ने दक्षता अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
सभामा कलेजका प्राचार्य ई. सुनिल दुवालले कलेजको आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन र आ.व. २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सभामा सभासद्हरूले प्रस्तुत प्रतिवेदन तथा नीति तथा कार्यक्रममाथि टीकाटिप्पणी गर्नुभएको थियो । प्रतिवेदन तथा नीति तथा कार्यक्रम संशोधनसहित पारित भयो ।
सभाले २०८३ भदौ ८ गते कलेजले क्यूएए प्राप्त गरेकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ । कलेजलाई क्यूएए प्राप्त गर्न सहयोग पु¥याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै सभाले धन्यवाद प्रस्ताव पारित गरेको हो ।
Leave a Reply