भर्खरै :

नेपालभाषा साहित्य तःमुंज्याको लागि विभिन्न समिति गठन

नेपालभाषा साहित्य तःमुंज्याको लागि विभिन्न समिति गठन

भक्तपुर, १० भदौ । कार्तिक ६ र ७ गते गोल्मढीमा हुने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न विभिन्न समितिहरू गठन गर्न बुधबार एक भेला भयो ।
कार्यक्रममा ग्वसाखलका अध्यक्ष उकेश कवांले ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या हाम्रो अवसर भएकोले हामीले आफूसँग भएको सीप उपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले तःमुंज्या हाम्रो हो र हाम्रो बृहत् साहित्य र सांस्कृतिक कार्यक्रम हामीले नै सफल बनाउनुपर्छ भन्नुभयो ।
उहाँले हाम्रो शरीरका सबै अङ्गको जसरी महत्वपूर्ण भूमिका रहेको हुन्छ त्यति नै भूमिका कार्यक्रमका सबै समितिको रहेको हुन्छ भन्नुभयो ।
भेलामा ग्वसाखलका कोषाध्यक्ष कृष्णगोविन्द लाखाजुले सबैले आआफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने अपेक्षा गर्नुभयो ।
समाजसेवी लक्ष्मीभक्त कवांले सबैजना सक्रिय भई तःमुंज्यालाई भव्य रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
ग्वसाखलका सचिव पुरुषोत्तम ग्वाछाले तःमुंज्याको विषयमा हामी सबै मिलेर प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो भने सहसचिव रामप्रसाद ग्वाछाले पनि बोल्नुभएको थियो ।
भेलाले डा. विष्णुभक्त कवांको संयोजकत्वमा प्राथमिक उपचार समिति गठन ग¥यो भने धर्मलक्ष्मी लघुको संयोजकत्वमा विशेष अतिथि सत्कार समिति गठन भयो ।
त्यस्तै बद्रीराम छुस्याबागको संयोजकत्वमा अतिथि सत्कार तथा जलपान व्यवस्थापन समिति गठन गरियो ।
जोशन मचामसीको संयोजकत्वमा फोटोग्राफर समिति गठन, हरिरत्न गोर्खालीको संयोजकत्वमा सरसफाइ तथा वातावरण समिति र आशाकाजी वनमालाको संयोजकत्वमा स्वयम्सेवक व्यवस्थापन समिति गठन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *