भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
- आश्विन २८, २०८३
सुर्खेत, १० भदौ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतले ‘भक्तपुर काण्ड’को भत्र्सना गर्दै ‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी कार्यक्रम बुधबार गरेको छ ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले ‘अमेरिकी प्रजातन्त्र’को वास्तविकताबारे नयाँ पुस्तालाई जानकारी गराउनु जरुरी छ भन्नुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको नेमकिपालाई नष्ट गर्ने कुनियतका साथ रचिएको ‘भक्तपुर काण्ड’को भत्र्सना गर्दै उहाँले इमानदार नेता–कार्यकर्तालाई प्रतिक्रियावादीहरूले अनेक जालझेल रचेर फसाउन सक्नेप्रति सजग हुनु जरुरी भएको बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेश समितिका धनेन्द्र वि.क.ले देश धनी हुँदैमा जनता समृद्ध नहुने गतिलो उदाहरण अमेरिकामा भएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा सुर्खेत जिल्ला अध्यक्ष हरि बहादुर बोहराले कठिन परिस्थितिमा मात्र असल कार्यकर्ताहरूको पहिचान हुने कुरा नै भक्तपुर काण्डले दिएको मुख्य पाठ हो भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेम थापा, नेमकिपा सुर्खेतका शेरबहादुर शाही, कर्णाली कला साहित्य समाज सुर्खेतका प्रकाश ओझेल, नेक्रामजदुर सङ्घ सुर्खेतका सचिव अङ्गबहादुर शाही, नेक्राकिसङ्घ सुर्खेतका सचिव देवीराम सिजापति, नेक्रायुसङ्घ सुर्खेतका छत्रिकाकुमारी वि.क., चेतन पौड्याल, अक्कल रानालगायतले बोल्नुभएको थियो ।
Leave a Reply