भर्खरै :

मासु पसलहरुमा अनुगमन

भक्तपुर, ८ माघ । भक्तपुर नगरपालिकाको अगुवाईमा सोमबार नगरका मासु पसलहरुको अनुगमन गरेको छ । अनुगमन गरिएका पसलहरुमा नगरपालिका र सरोकार राख्ने निकायका प्रतिनिधिहरुले व्यवसायीहरुलाई सुझाव दिए । अनुगमन टोलीले पसलमा साइनबोर्ड राख्नुपर्ने, मूल्यसूची राख्नुपर्ने, ढल–तराजू नापतौल विभागबाट प्रमाणित गराउनुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, फुटपाथमा पसलका सामान नराख्ने वा पसल नराख्ने, पसलको भुईमा टाइल बिछ्याउने, काम गर्दा सेतो एप्रोन लगाउने, पसल दर्ता नवीकरण गर्ने, अलग अलग प्रकारका मासुलाई अलग अलग अचानोको बन्दोबस्त गर्ने, टेबुलमा सिसा राख्नुपर्ने, मासु भण्डारण गर्ने फ्रिज सफा राख्नुपर्नेलगायतका सुझाव दिएको छ । अनुगमन टोलीले इताछेंको सोना मिट शप, नवदुर्गा मिट शप, हाकुफोहिटीको गंगा जमुना मासु पसल, इन्द्रेणी फ्रेस मिट शप, व्यासीको नवदुर्गा मिट शप र खसीको मासु पसलमा अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा भक्तपुर नपा वडा नं २ का अध्यक्ष हरिप्रसाद बासुकला, नपा स्यानिटेसन शाखा प्रमुख दिलिपकुमार सुवाल, भेटेनेरी स्वास्थ्य कार्यालयका योगेन्द्रप्रसाद शर्मा, डा.ऋषम गुरागाई, आपूर्ति विभागका रमेशकाजी श्रेष्ठ, जिल्ला पशुसेवा कार्यालय भक्तपुरका उमेशलाल प्रधान, जिल्ला प्रशासन कार्यालय भक्तपुरका लुना श्रेष्ठ र राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *