यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अन्तरा
हिजोआज सामाजिक सञ्जालमा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत उर्फ ‘बस्नेत काजी’ को बहुलठ्ठीपाराको चर्चा वा विरोध भाइरलै भएको छ । यस्तैमा सामाजिक सञ्जालमा खोजक हरिले एउटा गजल लेखे –
‘बौलाहा हो ऊ,
उसले तस्वीर ती जलाउन सक्छ
चिच्याउँदै आफैले आफ्नो तक्दीर नि
जलाउन सक्छ ।’
त्यो विचारालाई के थाहा,
चर्च, गुम्बा र मश्चिद ?
आफैले पुजिरहेको भव्य मन्दिर नि
जलाउन सक्छ –
नामैले जेसुकै होस्, जब पशु ‘पशु’ नै बन्छ
भित्र मात्र होइन त्यसले बाहिर नि
जलाउन सक्छ
भोके कुरा गर्नु आखिर
त्यो बौलाहा ‘महेश’ को
मलामी पाउँदिन भन्दै आफ्नै शरीर नि
जलाउन सक्छ
सन्दर्भ थियो प्रदेश नं. ३ को राजधानी सरकारले भक्तपुर नभई हेटौडा घोषणा गर्दा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को फोटोमा कालोमोसो दल्दै जलाएको ।
हुन त योभन्दा बढ्दा पागलपन के होला । त्यो पागलपन देखाउने फेरि अरु कोही होइन ! भक्तपुर क्षेत्र नं. २ का सांसद, जो अत्यधिक मत संख्याले जितेका थिए । चुनाव अघि ‘गुण्डा नाइके’ को पदवी पाएका ती सांसदले निष्ठाको राजनीति गर्ने इमानदारिताको पर्याय देशभक्त र जनताका सेवक नेपालको एकमात्र कम्युनिष्ट पार्टीको धरोहर कम्युनिष्ट आन्दोलनका पदप्रदर्शक, वरिष्ठ राजनीतिज्ञ, साहितयकार, स्वच्छ र निष्कलड्ढ व्यक्तित्व का. रोहितको तस्वीरमा कालो पोत्न लगाए, त्यो पनि भाडाको गुण्डा प्रयोग गरी । योभन्दा बढी लाजमर्दो अरु के होला र को होला !?
केही समयअघि नेमकिपाका अध्यक्ष रोहितले एउटा कार्यक्रममा भन्नुभएको थियो –‘प्रदेशको राजधानी तोक्दा अहिलेको सुगमता हेर्नुभन्दा पनि भविष्यको विकासलाई हेर्नुपर्छ । सन्तुलित विकास हुने गरी प्रदेशको राजधानी तोक्नुपर्छ ।’ यस वाक्यमा गलत के छ ? एक दूरदर्शी र देशभक्त नेताले बोल्ने भनेकै यही हो ।’ रोहितको उक्त भनाइलाई मानेर सरकारले प्रदेश राजधानी हेटौडा पु¥याएको बताउँदै बस्नेत काजीले त्यस्तो नीच हर्कत देखाए । उनको रोहितप्रतिको आरोप र विरोधले उनकै पार्टीभित्रका केही बुद्धिजीवी वा पढेलेखेकाहरु पनि चारछक्क परेछन् ।
एमालेजनबाटै सुनिन्छ –‘अहिले महेशजीलाई हिजो चुनावमा भन्दा बढी तनाव छ, दिनको ५०-६० जनाको त फोनमात्रै आउँछ, धम्की आउँछ –जोसँग हिजोका दिनमा उहाँले पैसा लिनुभएको थियो ।’
सर्वसाधारणमा पनि चर्चा सुनियो – रोहितले भनेको कुरा सरकारमा बस्नेले मान्ने वा मानेको भए ख्वप विश्वविद्यालय किन दिंदैनथ्यो !? शिक्षा, स्वास्थ्य, निःशुल्क, युवाहरुलाई स्वदेशमै रोजगारी, नेपाल–भारत खुला सीमा नियमित भारतीय विस्तारवादद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता भारतद्वारा अन्तर्राष्ट्रिय कानुन विपरीत बनाइएका बाँध र तटबन्ध भत्काउने, व्यक्तित्व विकासमा समान अवसर, बलात्कारी, भ्रष्टाचारी, देशघाती, मानव तस्करलाई मृत्युदण्डलगायत बन्दोबस्त किन गर्दैनथ्यो !? फेरि प्रदेश राजधानी हेटौडा राख्नको लागि सहमति जनाउने त उनकै नेता वा अध्यक्ष केपी ओली पनि त हुन् । अनि कालोमोसो दली फोटो जलाउनुपर्ने केपी ओलीको कि रोहितको !?
केपी ओली, झलनाथ खनाललगायतले राजधानी विषयमा अनावश्यक आन्दोलन गर्नपर्दैन भनेको समाचार पुरानै भइसके तर सर्वसाधारणलाई दुःख दिने गरी उपद्रो गर्ने आफ्ना ‘हनुमान’ हरुलाई ती नेताल कारबाही किन गर्न सकेका छैनन् !? तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ भनने उखानझैं एमालेका नेता कार्यकर्ताले गरेका त होइनन् !? प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रम कमल थापासँगै का. रोहितको फोटो राख्नु नै गम्भीर आपत्तिको विषय हो, अझ त्यसमा अर्को नीच हर्कत देशभक्त नेपाली जनता जो कसैलाई चित्त नबुझेको बहुलठ्ठीपना हो । यस हर्कतप्रति आत्मआलोचित हुँदै आममाफी यदि बेलैमा माग्ने हो भने एकपटकलाई केटीकेटी पारा सम्झी जनताले माफी देलान्, होइन भने खैरियत छैन !
सरकारसँग दूध बेचेको साइनो पनि नपर्ने संसदीय इतिहासमा एक प्रखर प्रतिपक्षको भूमिकामा रहने नेमकिपा र अध्यक्ष रोहितलाई अपमान गर्नु देश र हरेक देशभक्त नेपालीकै अपमान हो ।
त्यस फोटोमा कस्तो मोसो दल्न केही भाडाका गुण्डा प्रयोग गरिएको यथार्थ पनि बाहिर आइसक्यो । ती गुण्डाहरुमध्येको एकजना पहिले (स्थानीय चुनावसम्म पनि) नेपाली कांग्रेसको अष्ट कवेंको ‘दाहिने हात’ भएको र अहिले महेश बस्नेतको भन्ने तथ्य बाहिरियो । हाम्रा कुरा डट कमले उल्लेखित शीर्षकमा एउटा समाचार छाप्यो –‘प्रदेश राजधानीको आगो जग्गा दलालीकै परिणाम हो त ?’ एमालेजनबाटै सुनिन्छ –‘अहिले महेशजीलाई हिजो चुनावमा भन्दा बढी तनाव छ, दिनको ५०-६० जनाको त फोनमात्रै आउँछ, धम्की आउँछ –जोसँग हिजोका दिनमा उहाँले पैसा लिनुभएको थियो ।’
चुनावअघि र पछि प्रदेशको राजधानी भक्तपुरको मध्यपुरमा ल्याउँछु भनेर भोट र पैसा दुवै लिको बस्नेत काजीलाई अहिले त पर्नु पीर परेको रहेछ ! जग्गा दलाल, सिमेन्ट, दण्डी, इँटालगायत व्यवसायीसँग अनुमानित रकम असुलेको कारण अहिले ती सबैबाट पैसा फिर्ताको दबाब आएपछि निद्रा हराएको रहेछ । त्यसरी पैसा दिने वा चुनावमा खर्च गरिदिनेको चेत बल्ल खुल्नेछ ! बस्नेत काजी त प्रतिनिधिसभाको सांसद पो हो त प्रदेशको होइन भन्ने चेत खुलेपछि पैसो लगानी गरिदिएकोमा पछुतो पनि मानदैछ ? अरे !
प्रदेश राजधानी मध्यपुरमा ल्याइदिने आश्वासनमा परेर बढी पैसा दिने बोडे साइडका बढी रहेको तथ्य खुल्दैछ । नीलबाराही र चाँगुको बीचमा रहेका ठूल्ठूला ढिस्काहरु धमाधम सम्याइँदै गरेका दृश्यले दलालहरुको सक्रियतालाई नाप्ने त्यति गा¥हो छैन । सरकारका कामकारबाहीको चित्त नबुझ्दा वा देशघाती र जनघाती काम गर्दा सरकारको विरोध गर्नु र पुत्ला जलाउनु नौलो कुरा होइन । यो एउटा आन्दोलनकै रुप हो । तर सरकारसँग दूध बेचेको साइनो पनि नपर्ने संसदीय इतिहासमा एक प्रखर प्रतिपक्षको भूमिकामा रहने नेमकिपा र अध्यक्ष रोहितलाई अपमान गर्नु देश र हरेक देशभक्त नेपालीकै अपमान हो । संविधानको मौलिक हकमा हरेक व्यक्तिलाई विचारको स्वतन्त्रता रहने उल्लेख छ । के रोहितले आफ्नो विचार राख्दा उहाँको अपमान गर्नु संविधानविपरीत वा गैरसंवैधानिक कार्य होइन ?! यसमा प्रशासन किन मौन छ । त्यतिबेला प्रहरी हस्तक्षेप किन भएन !?
मध्यपुर (भक्तपुर पनि) बालुवा चोरी निकासीको लागि सजिलो बाटो भनी परिचित छ । धेरै पहिलेदेखिको चर्चा हो यो कि मध्यपुरमा खटिने प्रहरी अधिकारीहरु आफूलाई ‘भाग्यमानी’ सम्झन्छन् । तिनीहरु सर्वसाधारणको शान्ति सुरक्षाभन्दा पहिले ठेकेदार खोजीमा लाग्छन् । राती बालुवाको पैसा हातमा र दिउँसो सुरक्षाको नाममा हरेक सरकारी अफिसबाट तेलबापतको रकम लिन्छन् । टेण्डर आह्वान गर्दा प्रहरी, गुण्डा, ठेकेदारलाई कति कति प्रतिशत भाग लगाउने सल्लाह, छलफल वा सहमति हुन्थ्यो अरे ! यदि यस्ता कुरा साँचो हो भने यो भन्दा बढी देशको दुर्भाग्य के होला !? के यस्तै कारणले एमालेको गैरसंवैधानिक कार्यप्रति मध्यपुरका प्रहरी प्रशासन मुकदर्शक बनेर बस्यो !?
महेश बस्नेतले चुनाव अघि भारतको दिल्ली गई मोदीको शिवसेनासँग ७ करोड ल्याएको र चुनावपछि त्यसको हिसाबकिताब बुझाउन दिल्ली गएको तथ्य बाहिरिसक्यो । अहिले नेपालका ठेकेदार जग्गा दलाल वा भू–माफियालगायतको पैसा असुलीले त्यसबाट जोगिन आफू उम्कन सारा दोष रोहितलाई दिई पन्छने षड्यन्त्र गर्दै जनताको आँखामा छारो हाल्ने काम गर्दैछन् । कुनै दिन हामीले यो सुनेर अचम्म मान्नु नपर्ला कि – ‘पैसाको लागि महेश बस्नेतले आफ्नै पुत्ला जलाए ।’ खोजक हरिले लेखेझैं लाश जलाउन बेर छैन ! चुनाव मत परिणामले आँत्तिएका कांग्रेसले आफ्नो पूर्ण अवसान देखेका कारण राजधानी भक्तपुर ल्याउन नचाहेको चर्चा पनि सुनिंदैछ । तर एमालेका गुण्डा र त्यसका नाइकेहरुले नेकालाई १२ हातले पनि छोएनन् । त्यसैगरी राजाराम प्रजापति लेखछन् –‘यिनीहरु राष्ट्रिय दल हैनन्, राष्ट्रिय दलाल हुन् । चुनाव लड्न जग्गा धितो राख्यो, अहिले जग्गा फुकाउन राजधानी चाहियो ।’
जग्गा धितो राखेको भन्नुको अर्थ जग्गा दलालहरुसँग कमिसन लिएको भनिएको रहेछ ! अहिले सुन्नमा आयो मध्यपुरमा प्रदेश राजधानी ल्याउने भनेरै यहाँका नेवार समुदायको मत लिएको रहेछ । यहाँ करिब ६० प्रतिशत नेवार समुदाय जग्गावाला छन् । आनाको ५ लाख पर्नेलाई २० लाख पु¥याइदिन्छु भन्ने लोभ र आश्वासन दिएर भोट लिएको रहेछ । कसैलाई आफ्नो राजधानीमा जगिर लगाइदिने भन्ने आश्वासन दिएको रहेछ । त्यस्तो आश्वासन अहिले पनि पाइरहेको केही युवा बताउँछन् । तर अहिले सरकारले राजधानी भक्तपुर घोषणा नगरेपछि चौतर्फी दबाब झेल्न बाध्य रहेछन् बस्नेत काजी । के त्यस्तै दबाबका कारण मानसिक सन्तुलन त गुमाउन पुगेका होइनन् !? यो चर्चा पनि व्यापक छ । यदि त्यसो हो भने केही समय आराम गृहमा गई आराम गर्दा उनको आफ्नै हित होला ! त्यसो त चुनाव अघि नेपालको अर्को कर्णाली भक्तपुर हो, यसलाई विकास गर्छु भन्दै मत मागेका हुन् क्यार ! अनि अहिले एकाएक राजधानी नै राख्न सुगम हुने बोल्न भ्याए !छिनछिनमा बोली र व्यवहार फेर्ने काम मानसिक अस्वस्थताकै परिणाम हुने त हो नि, होइन र !? हुँदा हुँदा चुनावअघि आफूलाई भोट नदिए आफूले हालिदिएको जस्ता, टहरा, पाल पनि उठाएर लाने भनी भूकम्प पीडितलाई धम्की दिन समेत भ्याएका रहेछन् बस्नत काजीले ! योभन्दा बढी आपराधिक व्यवहार के होला !?
आफू सरकारमा छँदा एनजीओ-आइएनजीओको करोडौं पैसा खाई २-४ लाखको जस्ता, टहरा दिई जीवनभर घरवारविहीन बनाउने षड्यन्त्रको विरोध सचेत जनताले गरि नै रहेका छन् । यसैगरी पियुस गोसाईंले लेखे – ‘पुतला जलाएर हुने भए देशको भ्रष्टाचारी, सीमा अतिक्रमण हुँदा विरोध नगर्ने नेता र देशका खोलानालामा विदेशीको रजाइँ गर्न दिने सबैको पुत्ला जलाउन मन छ ।’ पक्कै पनि देशको सीमा अतिक्रमण हुन दिनु र खोलानाला भारतलाई सुम्पनु देशघाती काम हो । पुत्ला त देशघाती काम गर्ने कांग्रेस, एमाले, माओवादीका नेताहरुको पो जलाउनुपर्ने हो !
सँगै कविर केसी लेख्छन् –‘प्रदेशको राजधानी यहाँ र त्यहाँ हुनुपर्छ भनेर आन्दोलन गर्दै उफ्रिने नपुङ्सकहरु, सक्छौं भने भारतले हजारौं बिघा जग्गा कब्जा गरेको ठाउँमा गएर आन्दोलन गर, सिमानाका पिलरहरु दक्षिणतिर सारेर देखाओ … ।’
‘प्रदेशको राजधानी जहाँ भएन पनि नेपालभित्रै पर्छ । तर नेपाल नै भारतमा परो भने तिमीहरुको राजधानी घरभित्रै भए पनि के महत्व भयो …?’ वि.सं. २०२२ सालदेखि नेपालको सुस्ता अतिक्रमणदेखि हालैको बीरगञ्ज छपकैयामा ६० हजारहेक्टर भन्दा बढी भूमि विस्तारवादी भारतले आफ्नो कब्जामा लिइसक्यो । यसको सुरुदेखि नेपालमा विरोध गर्ने कुनै देशभक्त पार्टी र नेता कोही छ त त्यो नेमकिपा र त्यसका अध्यक्ष श्रद्धेय रोहित भन्नेमा दुईमत छैन ।
प्रदेश राजधानीको नाममा उपद्रो भएकै समयमा छपकैयामा ५० बिघा जमिन भारतले हडप्यो । यो संयोगमात्र नहोला ! नेपालीको ध्यान अन्यत्र मोड्न लगाई आफ्नो विस्तारवादी नीतिलाई निरन्तरता दिएको छ भारतले । यस पृष्ठभूमिमा एउटा प्रश्न उठ्नु स्वाभाविक हो –‘नेकपा एमालेलाई कतै भारतीय शासक वर्गले इसारामा नचाएका त होइनन !? हिजो चुनावअघि जाँड रक्सी, भोजभतेर खुवाई पैसा, सामान, उपहार, लोभलालच, आश्वासन जे बाँडेर भोट लिए पनि वा दिए पनि अब सचेत हुनुपर्छ । आफ्नो भोट खेर गएछ भन्ने चेत अब पनि नआए कहिले आउँछ ।
श्याम के खुलिमुली पनि लेख्छन् – ‘भक्तपुर बाहेकका जनताले कसको पुत्ला जलाउने नि ? के प्रदेश ३ भनेको काठमाडौं, भक्तपुर र ललितपुर मात्र हो ? घर घरमा सिंहदरवार ल्याउने भनेको यही हो ? उपत्यकाबाहेकका जनतालाई सिंहदरवार नदिने यो नियत प्रतिगामी र उन्माद नभएको हो ? त्यसकारण देशको समुचित विकासको लागि पनि प्रदेश राजधानीलाई सोच्नु संघीयता वा विकेन्द्रीकरणको मर्मअनुरुप जानु हो । प्रदेश राजधानी जहाँ राखे पनि त्यसले जनतालाई वा प्रदेशको बासिन्दालाई केही फरक पर्दैन । अर्थात् प्रदेशका सांसदबाहेक अन्यको मतलब प्रदेश राजधानीसँग हुन्न । सम्पूर्ण कामकारबाही स्थानीय सरकारमार्फत् गर्ने हो । त्यसकारण दलालहरुको स्वार्थको पछाडि सर्वसाधारण लाग्नुु व्यर्थ छ ।
भ्रमको खेती गर्नेहरुलाई अब नि खबरदारी नगरे कहिले गर्ने ? राजनीति भनेको देश र जनताको निःस्वार्थ सेवा गर्ने माध्यम हो न कि आफ्नो स्वार्थको लागि देश र जनतालाई सास्ती र पीडा दिने । त्यसरी निःस्वार्थपूर्वक देश र जनताको सेवामा समर्पित नेमकिपाका अध्यक्षलाई मिथ्या आरोप लगाई छुनु एमालेको दुर्भाग्य हुनसक्छ ।
प्राचीन भारतका प्रसिद्ध राजनीतिज्ञ चाणक्यको एउटा भनाई छ –‘चोखो मानिसलाई दोष लगाउनु पानीमा विष मिलाउनुजस्तो हुन्छ । चोखो मानिस कदाचित चिढिएमा त्यसलाई सम्हाल्ने औषधि नै पाइँदैन ।’ चाणक्यको भनाइअनुसार चोखो मान्छे र चोखो संगठनलाई पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी झुटा मुद्दामा फसाई अध्यक्ष रोहितसहित ६७ जनालाई ‘फाँसी दे’ भनी नारा लगाउनु पञ्चायती व्यवस्थालाई विष सावित भएको थियो । निरंकुश पञ्चायती शासनको अन्त्य भएको थियो । के अब पालो एमालेको हो त !? बेलैमा बुद्धि पु¥याओस् ।
Leave a Reply