पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
- जेष्ठ ३१, २०८३
सोल, ३१ अक्टोबर (एएफपी) । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरूमध्ये एकको परीक्षण गरेको बताएको छ । यो प्रजग कोरियामाथि रुसमा सैनिक पठाएको आरोप लगाएयता उक्त देशको पहिलो हतियार परीक्षण हो ।
परमाणु–सशस्त्र प्रजग कोरियाले आगामी हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तर–महाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीक्षण वा परमाणु परीक्षणसमेत गर्नसक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो ।
क्षेप्यास्त्र उच्च प्रक्षेपवक्रमा अर्थात् बाहिर नभई माथितिर प्रक्षेपण गरिएपछि करिब एक हजार किलोमिटर उडेको थियो ।
प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत ठोस–चालित क्षेप्यास्त्रहरूको विकास प्रजग कोरियाको लामो समयदेखिको लक्ष्य रहेको छ ।
प्रजग कोरियाले प्रतिबन्ध–विपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘हाम्रो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीहरूलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य’ भनेको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीले बताएको छ ।
परीक्षणले प्रजग कोरियाको ‘रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्डहरू अपडेट गरेको’ बताइएको छ । नेता किम जोङ उनले आफ्नो देशले ‘आफ्नो परमाणु शक्तिहरू बलियो बनाउने आफ्नो लाइन कहिल्यै परिवर्तन नगर्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
टोकियोले ‘आइसिबिएम वर्गको’ क्षेप्यास्त्र उत्तरले पहिले परीक्षण गरेको कुनै पनि भन्दा लामो समयसम्म उडेको बताएको छ । यो करिब ८६ मिनेट हवामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो ।
“यसको उडान उचाई हामीले देखेको सबैभन्दा उच्च थियो भन्ने हामीले अनुमान गरेका छौँ,” जापानी रक्षामन्त्री जेन नाकातानीले पत्रकारहरूलाई बताउनुभयो ।
Leave a Reply