बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, १५ कार्तिक । नेपाल संवत् ११४५ तथा तिहारको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, भक्तपुर नगरपालिका वडा नं ३ एकाइ समितिले बुधबार शुभकामना कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले विद्यार्थीमा वैज्ञानिक चिन्तनको आवश्यकता भएको धारणा राख्नुभयो । उहाँले विद्यार्थीमा आलोचनात्मक चेतनाको आवश्यकता भएको भन्दै अन्धविश्वासमा आधारित पुराना परम्परामा सुधारको आवश्यकता रहेको भनाइ राख्नुभयो । उहाँले चाडपर्वका अनेक आयाम हुने उल्लेख गर्दै सामाजिक तथा पारिवारिक एकता, मनोरञ्जन, आर्थिक, जनस्वास्थ्य, जैविक विविधिताको संरक्षणजस्ता विविध पक्षबारे बहस सञ्चालन गरेर समाज तथा देशलाई अहित गर्ने परम्परालाई हटाउनुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले युवालाई पथभ्रष्ट बनाउने, अनुत्तरदायी तथा स्वार्थी बनाउने साहित्य तथा सङ्गीत जतिसुकै लोकप्रिय होस् ती जनविरोधी नै हुने तर्क गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष मनिष गोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा, वडा नं ३ का अध्यक्ष रामसुन्दर खाताख्व, वडाध्यक्ष राजकृष्ण गोरा, नेक्राविसङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवाल, नगर समितिका प्रज्ज्वल खत्री, कुशल सुवाल, अनिष साखलगायतले मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply