सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
विश्वमा विभिन्न कालखण्डमा विभिन्न संवत्हरू प्रयोगमा आएका देखिन्छन् । कुनै केही समयपश्चात् लोप भए । कुनै भने एउटा निश्चित कालखण्डसम्म प्रचलनमा रहे अनि कुनै भने बहुराष्ट्रमा सयौँ वर्षदेखि प्रचलनमा छ । संवत्हरूमध्ये कुनै अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहे भने कुनै एउटा राष्ट्रमा, कुनै एउटा धार्मिक सम्प्रदाय वा क्षेत्रमा सीमित रहे । संवत्को इतिहास हेर्दा के भन्न सकिन्छ भने सामान्यतया संवत्् शक्ति, राज्याभिषेक, राज्यमा नयाँ वंशको सुरुआत, विशिष्ट व्यक्तिको जन्म वा मृत्युलाई आधार मानी सुरु भएको देखिन्छन् । संवत्् जुनसुकै होस्, त्यसले आफ्नै महत्व, अर्थ र उद्देश्य बोकेको हुन्छ । अहिलेसम्मको खोजअनुसार जुलियन क्यालेन्डरलाई विश्वकै पुरानो संवत्् मानिन्छ । यो संवत्लाई जुलियर सिजरले ईसापूर्व ४६ देखि प्रयोगमा ल्याए । यो संवत्् रोमनबाट युरोप र अमेरिकासम्म प्रयोगमा आयो । यो क्यालेन्डरलाई पछि सन् १५८२ तिर पोप ग्रेग्रोरी १३ ले परिमार्जन गरेर चलनमा ल्याएपश्चात् यसको नाम पनि जुलियन क्यालेन्डरबाट ग्रेग्रोरियन क्यालेन्डर हुन पुग्यो जुन अहिलेसम्म प्रचलनमा छ ।
नेपालमा संवत्को प्रयोगको इतिहास हेर्दा कलिर्गताब्द, विक्रम संवत्, मानदेव संवत््, लुम्बिनी संवत््, शक संवत्् नेपाल संवत् प्रचलनमा आएका देखिन्छन् । हाल नेपालमा आधिकारिक तथा प्रशासनिक क्षेत्रमा प्रयोगमा रहेकोले विक्रम संवत्लाई राष्ट्रिय पात्रो मानिन्छ । तर, यो संवत्् आयातीत हो वा मौलिक हो भन्ने कुरामा मतान्तर देखिन्छ । विक्रम संवत् भारतमा गुप्तवंशी राजा समुद्रगुप्तका बुबा चन्द्रगुप्ता मौर्यले आफूलाई विक्रमादित्य उपाधि धारण गरेका थिए । यसैलाई आधार मानी विक्रम संवत् रहन गरेको कुरा इतिहासविद नयराज पन्त र चक्रपाणि चालिसेलेको भनाइ छ । तर, इतिहास शिरोमणि बाबुराम आचार्यबाट ईस्वी संवत् सुरु हुन ५८ वर्षअघि नै विक्रम संवत्को उत्पति भएकोमा र त्यो बेला भारतको उज्जैयनीमा राजा विक्रमादित्यको कुनै अस्तित्व नदेखिएको कुरा बताइएबाट विक्रम संवत्् मौलिक हुनसक्ने कुराको सङ्केत दिन्छन् । राष्ट्रिय धर्म सभाका अध्यक्ष प्रा. माधवप्रसाद भट्टराई भन्छन्, विक्रम संवत्् नेपालको उपज र युगौँदेखि चल्दै आएको मौलिक संवत् हो । उसो त कलकता विश्वविद्यालयका इतिहासका प्राध्यापक विद्वान राधागोविन्द बासक र भगवानलाल इन्द्रजी जो भारतका एकजना खोजकर्ता तथा प्रकाण्ड विद्वान हुनुहुन्छ, उहाँहरू विक्रम संवत्् भारतको हो भन्ने पक्षमा छैनन् ।
निचोडमा के भन्न सकिन्छ भने हाम्रा तथा केही भारतीय विद्वानहरू नेपालको पुरानो संवत् विक्रम संवत्लाई मान्छन् । विक्रम संवत्् आयातीत वा मौलिक भन्ने कुराको लागि यहाँ अरु धेरै कुरा छुट्न गएका छन् अनि आजको यो लेखको विषय त्यो नभएर नेपाल संवत्को ऐतिहासिक पृष्ठभूमि र यसले बोक्ने राष्ट्रियता हो ।
हामी राष्ट्रियताको मुद्दामा सचेत छौँ । सचेत हुनु पनि पर्छ । राष्ट्रलाई चिन्नुपर्दा पहिले त्यहाँको विविध मौलिक कुरामा ध्यान दिनपर्छ । राष्ट्रिय विभूति, तिनको देन, समर्पण र बलिदानका कुरा बुझ्नु पर्दछ । तिनले सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा गरेका योगदानको विस्तृत तथा गहन अध्ययन हुनुपर्दछ । राष्ट्र राष्ट्रिय विभूतिका देनबाट बन्दछ, चिनिन्छ, सिंगारिन्छ । राष्ट्र मौलिकता, गौरवमय इतिहास, पृथक सभ्यता र संस्कृतिमा अस्तित्व बहन गर्दछ । वास्तवमा राष्ट्रियता त्यही हो जहाँबाट आत्मसम्मानको बोध हुन्छ । स्वतन्त्रता र सार्वभौमसत्ताभित्र नेपाली माटोको सुगन्ध हुनु नेपाली राष्ट्रियता हो । म र मेरो देशको स्वाभिमान एवम् स्वार्थमा चोट पुग्ने थोरै सानो कुराले पनि आफूलाई दुख्छ वा राम्रो कुराले आफ्नो छाती खुसीले फुल्छ भने त्यो राष्ट्रियता हो । मौलिकता राष्ट्रियताको प्राण र पर्याय हो । आफ्नोपन सधैँ पूज्य र सत्य हुन्छ । हाम्रो राष्ट्रिय गौरव, आत्मसम्मान र पहिचान राष्ट्रियता हो । तिनका स्रोतमध्ये नेपाल संवत्् पनि एक हो ।
शङ्खधर साख्वालाई नेपाल संवत्को प्रवर्तक मानिन्छ । उनी एक साधारण व्यक्ति, पेसाले साधारण व्यापारी, तर थिए इमानदार, उदार, र राष्ट्रभक्त नेपाली । ऐतिहासिक तथ्यअनुसार भक्तपुरका राजा आनन्ददेवको पालामा ८०० संवत्मा वर्षा नभएकोले पानीका मुहान, खोला – नालाहरू सुकेका, बारी र खेतबारीका माटाहरू पटपटी फुटेका, अन्न बालीहरू नभएका अनिकाल लागेका र देशमा नै अशुभ भइरहेको थियो । मानिसहरूले खान नपाई मर्न परेका, दुःख बिमारले सताएका, हुनसम्मको दुःख भोगिरहेको र धेरै गरिब प्रजा तथा किसानलाई ऋण परेको थियो । यस विषम परिस्थितिमा प्रजा र किसानका यो दुःखमा राहत दिन राज्यको ढुकुटी नै सकिसकेको प्रतिकूल अवस्था थियो । राजाले यो सबै हुनुमा दैविक कारण हुनसक्ने भन्दै देवताको पूजा गर्न छाडेका थिएनन् । अन्तमा उपाय नलागेपछि छिमेकी देश भोट (तिब्बत) को सहयोग माग्ने सोचमा बसिरहेका धिए । यत्तिकैमा राजज्योतिषले राजा आनन्देवलाई सुझाव दिने इच्छा जनायो । उनको भनाइअनुसार ८ अङ्कको संवत्् ८०० संवत्् चलिरहेको हुनाले यसो हुनसक्ने भएको हो । विक्रम संवत््झैँ धर्मको नाममा चलेको शक संवत्् (शक संवत्का प्रवर्तक कनिष्क थिए –) इस्वी संवत््, हजारी संवत्् र राजाको नाममा चलेको मानदेव संवत््झैँ नभएर नेपाल राष्ट्रकै नामबाट नेपाल संवत्् दिइएकोले उनी राष्ट्रवादी रहेछन् भन्ने पुष्टी हुन्छ । शङ्खधर साख्वाले राजालाई राष्ट्रकै नामबाट नेपाल संवत्् राख्नुपर्ने कुराको विन्ति चढाएका थिए) उनको त्याग र कर्मलाई प्रकाशमा ल्याउन, खास गरेर नेवार समुदायले गरेका आन्दोलनको फलस्वरुप राष्ट्रले उनलाई ‘राष्ट्रिय विभूति’ घोषणा गरी उच्च सम्मान गरेको छ । राजा राघवदेव (मानदेवका चौथो छोरा) को आज्ञानुसार कलिगत संवत्् ३३८१, मानदेव संवत्् ३०४, हिजरी संवत्् ३०१, शक संवत्् ८०१, विक्रम संवत्् ८७९, ईस्वी संवत्् ८०२ अक्टोबर २० तारीख, कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि यो संवत्् व्यवहारमा आएको हो । यही संवत्् राज्यको सरकारी एवम् गैरसरकारी तथा सामाजिक व्यवहारमा पनि ८८८ सालसम्म अटुटरुपमा प्रचलनमा रह्यो ।
नेपाल संवत्् चीन र भारतको पश्चिम बङ्गालको कुछबिहारसम्म प्रयोगमा आएको थियो भन्ने कुराको केही ऐतिहासिक प्रमाण (जस्तै कुछबिहारका राजा प्राणनारायणले उनका सुवर्ण मुद्रामा नेपाल संवत् ७३५ अङ्कित छ) । त्यस्तै नेपाल–तिब्बतको युद्धपछि भएको सन्धिपत्रमा नेपाल संवत्् ८९५ बताइएको छ । नेपाल संवत् मल्लकालमा राजकीय कामकाजमा व्यापक प्रयोग भएको कुरा भाषा वंशावलीबाट थाहा हुन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपश्चात शाहकालीन राजाहरूबाट नेपाल संवत्लाई पाखा लगाउने काम भयो । राणाकालमा नेपाल संवत्को केही मात्रामा प्रयोग भइरहेको भए तापनि राणा प्रधानमन्त्री चन्द्रशमशेरले प्रशासनिक कामबाट नेपाल संवत् हटाएर १९६१ वैशाख १ गतेदेखि पुनः विक्रम संवत्लाई नै प्रयोग ल्याए ।
नेपाल संवत्् कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यही दिन नै नेवार समुदायले मनाउने मौलिक चाड म्हःपूजा पनि पर्दछ । यस दिन नेवार समुदायले अति भव्यताका साथ नेपाल संवत् मनाउँछन् । शङ्खधर साख्वाको त्याग र कर्मलाई प्रकाशमा ल्याउन उनलाई वि.स. २०५६ मङ्सिर २ मा राष्ट्रिय विभूति र नेपाल सरकारले वि.स. २०६५, कार्तिक ७ मा नेपाल संवत्लाई राष्ट्रिय संवत्् घोषणा ग¥यो । नेपाल संवत् नेपालको सम्पदा र नेपालीकै धरोहर हो । यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।
Leave a Reply