सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक हवल्दार योगेन्द्रबहादुर चन्द :
२०८२ भदौ २४ गते बिहान अं. १०ः३० बजे ४/५ हजारको सङ्ख्यामा आएका प्रदर्शनकारीले “यिनीहरूलाई मार्नुपर्छ, जिउँदै आगो लगाउनुपर्छ” भन्दै चारैतर्फबाट घेरा हाली ढुङ्गामुढा, इँटा, पेट्रोल बम हान्न थाले । वृत्तभित्र प्रवेश गरेका ३/४ सय प्रदर्शनकारीलाई बाहिर निकाल्यौँ । कलङ्की र बल्खुतर्फबाट आएका र कालिमाटीमा रहेका प्रदर्शनकारीहरूको भेट भएपछि स्थिति नियन्त्रण बाहिर गयो ।
बल्खुतर्फबाट मोटरसाइकलमा आएका प्रदर्शनकारीहरूले सर्टगन, थ्रिनटथ्री र एसएलआर हतियारसमेत बोकेका थिए । केही प्रदर्शनकारी प्रहरीको चुस्ता लगाएर आएका थिए । उनीहरूले स्थानीयको घरमा पसेर छतबाट पेट्रोल बम प्रहार गरे । जसको कारण प्रहरी वृत्तको मेनबाटोतर्फका कोठाहरू, पछाडिको ट्राफिक भवन, ट्राफिक प्रहरीको भ्यान र अन्य सवारी साधनमा आगलागी भयो । प्रदर्शनकारीहरू वृत्तको मेनगेटबाट भित्र छिरेर सर्टगन र गोली खोसे ।
वृत्तको हिरासतमा रहेका थुनुवाहरूलाई ‘पछि उपस्थित हुन आउनू’ भनी हिरासतमुक्त गरियो । हामीले पटक पटक थप मद्दत माग्यौँ । तर, “आफू सुरक्षित रहनू, अन्य सुरक्षा निकायबाट थप मद्दत आउन सक्दैन” भन्ने जानकारी पायौँ । त्यसपछि प्रहरी भ्यानमा सञ्चार सेट लोड गरेर प्रहरी कर्मचारीहरू भद्रकाली गयौँ । भद्रकालीमा हातहतियार बोकेका हजारौँ प्रदर्शनकारीले आक्रमण गर्न खोजेपछि केही राउन्ड अश्रुग्याँस र डमीराउन्ड गोलीबाट हवाई फायर गरिएको हो । जसको कारण भद्रकाली परिसर आगजनी तथा लुटपाट हुनबाट जोगियो ।
राति ०७ः३० बजे १०० भन्दा बढी मोटरसाइकल र सशस्त्र प्रहरीको ट्रक चढेर आएका प्रदर्शनकारीहरूले ट्रकलाई गेटमा ठोक्काएर भत्काउने प्रयास गरे । हामीले अश्रुग्याँस तथा लाठीचार्ज गरेर रोक्यौँ । उक्त दिनको आक्रमणमा लागूऔषध सेवनकर्ता, कलङ्की–बल्खु क्षेत्रमा यातायात काउन्टरमा काम गर्ने, भरियाको रूपमा काम गर्ने, सुकुमवासी, कवाडी काम गर्ने भारतीय मूलका व्यक्ति र प्रहरी हिरासतबाट भागेका थुनुवाहरू हुनसक्ने अनुमान गरेको छु ।
प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी जवान अशोककुमार अवस्थी :
भदौ २४ गते बिहान करिब ११ः०० बजे कार्यालयमा ढुङ्गामुढा गर्ने आन्दोलनकारीको समूहलाई सम्झाइबुझाइ पठाइएको थियो । दिनको करिब १२ः०० बजे पुनः ३/४ हजारको सङ्ख्यामा रहेका नेतृत्वविहीन अराजक समूहले तोडफोड, लुटपाट र आगजनीसमेत गरेर कार्यालय र प्रहरी ब्यारेकमा पूर्ण क्षति पु¥याए । हामी आफूसँग रहेका हातहतियारसहित सुरक्षित स्थानमा गई बस्यौँ । उक्त दिन डर–त्रासमै बित्यो ।
संसद् भवन सुरक्षा वेश बानेश्वरमा कार्यरत प्रहरी जवान मनोज ज्ञवाली :
२०८२ भदौ २३ गते लगभग ११.३० बजे चारैतर्फबाट हजारौँ प्रदर्शनकारी उत्तेजित हुँदै संसद् भवनको वाल तथा ढोकाहरू तोडफोड गर्दै भित्र प्रवेश गर्न खोजे । सोहीक्रममा मेरो पोस्ट नजिक आई ‘मार मार’ भन्दै ढुङ्गामुढा प्रहार गरे । म आफ्नो हातहतियारसहित पोस्टबाहिर पछाडि हटेँ । बाहिर ग्यासगन, गोली प्रहार भएको आवाज सुनिन थाल्यो ।
२४ गते लगभग १३.०० बजे संसद् भवन वरपर थेग्नै नसक्ने गरी प्रदर्शनकारीको ठुलो सङ्ख्याले ढुङ्गामुढा, गुलेली, पेट्रोल बम प्रहार गरे । गैँटीलगायतका औजारहरूले पर्खाल फोडेर संसद् भवन परिसरभित्र खुकुरी देखाउँदै प्रवेश गरी संसद् भवन जलाए ।
प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी जवान जितेन्द्र महत :
२०८२ भदौ २४ गते हामी प्रहरी वृत्त बालाजु वडा एरियाको ड्युटीमा थियौँ । भिडले बनस्थली प्रहरी पोस्टमा ढुङ्गामुढा र आगजनी गर्न थाले । प्रदर्शनकारीहरू हातमा बाँसको लाठी, बोतल, ढुङ्गामुढा, पेट्रोल बमसमेत लिई राष्ट्रपतिको निजी निवासतिर आए । हामीले अश्रुग्यास र रबर बुलेट प्रहार गरी तितरवितर पार्न खोजेका थियौँ । भिड अत्याधिक भएकोले राष्ट्रपतिको निजी निवासमा आगजनी, लुटपाट र तोडफोड गर्न थाले । प्रदर्शनकारीले पेट्रोल बम हान्नुका साथै लामो लाठीको टुप्पोमा आगोको झोरो बनाई पर्खाल बाहिरबाटै कार्यालयभित्र आगो लगाउन थाले । अन्ततः हातहतियार तथा अस्वभावका सामान बोकी बाटोमा हवाईफायर, अश्रुग्यास हान्दै भिडलाई तितरबितर पार्दै नेपालटारस्थित नेपाली सेनाको व्यारेकमा गएर बस्यौँ ।
Leave a Reply