सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
UK bans children under 16 from using social media apps, including TikTok and YouTube
किन यस्तो निर्णय गरिएको होला ? यसका धेरै कारण छन् –
बालबालिकादेखि किशोर–किशोरी, वयष्क, वृद्ध जसलाई पनि इन्टरनेट वा मोबाइलको कुलत हुन सक्छ । यस्तो कुलतबाट सबै नै बच्नुपर्छ । त्यसमा पनि बालबालिकालाई यस्तो कुलतबाट सुरक्षित राख्न बेलैमा सावधानी अपनाउनुपर्छ । किशोर–किशोरीलाई इन्टरनेट एवं सामाजिक सञ्जालमा लामो समय बस्न दिएपछि यसको ‘कुलत’ रक्सीको कुलतजस्तै लाग्न सक्छ । जसरी रक्सी वा लागूऔषधको कुलत लागेपछि त्यो एकछिन खान नपाउँदा छटपटी हुन्छ, त्यसरी नै मोबाइल, इन्टरनेट, फेसबुकको कुलत लागेपछि त्यो भएन भने छटपटाहट हुन थाल्छ ।
बालबालिकालाई सुरक्षित र स्वस्थ राख्न अभिभावकले केही कदम चाल्नैपर्छ । तर, यसको लागि अभिभावकहरू आफैं पनि यस्तो कुलतबाट मुक्त हुन जरुरी छ । आफूले दिनमा ५ घण्टा फेसबुक चलाएर, छोराछोरीलाई फेसबुकमा नझुन्ड भन्न सकिन्न । खाना खाँदा घर–परिवारका मानिसहरूसँगै बसेर खानुपर्छ । खाना खाने टेबुलमा मोबाइल फोनमा गीत वा सिनेमा हेर्ने बानी कसैले पनि गर्नु हुँदैन । यस्तो बेला रमाइला र दुःख–सुखका कुरा गर्नु बालबालिकाको शारीरिक एवं मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ ।
ब्रिटेनमा १४ वर्षीया मोली रसेलले सन् २०१७ मा आत्महत्या गरिन् । उनी सामाजिक सञ्जालमा धेरै व्यस्त हुन्थिन् । परिवारले त्यति वास्ता गर्दैनथे । आत्महत्यापछि परिवारले उनको इन्स्टाग्राम एकाउन्ट हेर्दा डिप्रेसन तथा आत्महत्यासम्बन्धी विचलित पार्ने सामग्रीहरू रहेको देखियो । लगातार त्यस्ता सामग्रीहरू हेरेपछि मोलीको मनस्थिति बिग्रियो । उनका पिता इयानले छोरीले आत्महत्या गर्नुमा इन्स्टाग्रामलाई जिम्मेवार पाए । तर उनले आफ्नो छोरी के गरेर यति धेरै समय इन्टरनेटमा बिताउँछिन् भनेर पहिले बुझ्ने प्रयास कहिल्यै गरेनन् । यो उनको ठुलो भूल थियो ।
यसैगरी एक चिनियाँ युवक स्मार्ट फोन किन्न आफूसँग पैसा नभएपछि निकै दिक्क भएका थिए । उनलाई जसरी भए पनि महँगो स्मार्ट फोन किन्नुपर्छ भन्ने दृढ भावना थियो । उनी मोबाइलको कुलतमा यसरी फसेका थिए कि उनले सबै कुरा बिर्सिए । उनले आफ्नो मृगौला बेचेर आएको पैसाले ‘स्मार्ट फोन’ किने । भविष्य के होला भनेर विचारै गरेनन् ।
‘कुलतमा’ फसेकाहरूले के राम्रो, के नराम्रो भनेर छुट्याउन सक्दैनन् । उनीहरू विवेकहीन हुन जान्छन् । बालबालिका र किशोरकिशोरीहरू मात्रै होइन, गृहिणीहरू पनि यस्तो कुलतमा फस्छन् र लगातार कम्प्युटर, मोबाइल चलाएपछि उनीहरूमा अनेक मानसिक र शारीरिक समस्या देखिन सक्छ । कतिपय महिला घरमा मोबाइल, सामाजिक सञ्जालमा गफ गर्ने, फेसबुक चलाउने गर्दा आफ्ना अन्य जिम्मेवारी बिर्सिन्छन् अनि ‘तनाव’ भएपछि छोराछोरीलाई गाली गर्छन् ।
Leave a Reply