बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, १६ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालको शैक्षिक संस्थामा विद्यार्थीहरूको उत्तीर्णाङ्क ३५ प्रतिशतलाई ६० प्रतिशत पु¥याउनुपर्ने र विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई शिक्षण पेसामा उत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ स्थित टपा डंफोको गणेश टोल समाज संस्थाको आयोजनामा सम्पन्न नेपाल संवत् ११४५ को नयाँ वर्षको शुभकामना तथा रक्तदान कार्यक्रममा सहभागी हुँदै सांसद सुवालले ख्वप विश्वविद्यालय स्थापना गरी १०–१५ लाखमा चिकित्साशास्त्र पढाउने तयारीमा भक्तपुर नगरपालिका लागिरहेको तर सरकारबाट विधेयक पारितमा विलम्ब भइरहेको उल्लेख गर्नुभयो ।
कम्युनिस्टहरूले मजदुर, किसान र कामदारवर्गको सेवा गर्नुपर्ने तर नेपालका कम्युनिस्ट दाबी गरेकाहरू सरकारमा गएर शोषक–सामन्तको सेवा भइरहेको उल्लेख गर्दै सांसद सुवालले नेपाली युवालाई देशभित्र रोजगारी नदिने, सार्वजनिक संस्थान निजीकरण गर्ने र २६ खर्ब रूपैयाँ बढी ऋण जनतालाई बोकाएर सडक र पुल बनाएको दाबी गर्नेहरू जनताको सरकार नहुने स्पष्ट पार्नुभयो ।
सांसद सुवालले ज्येष्ठलाई सम्मान र सानालाई माया गर्ने मानव जातिको संस्कृति भएको उल्लेख गर्दै टपा डंफोको मौलिक नाम नै रहनुपर्नेमा जोड दिनुभयो ।
श्यामप्रसाद लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा कुमारप्रसाद सुवाल रामचन्द्र न्यौपानेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा रक्तदान गरेका २२ जनालाई सांसद सुवालले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस्तै नेपाल संवत् ११४५ को अवसरमा प्रगतिशील सांस्कृतिक समाज चाँगुनारायण नगरपालिका वडा नं. २ को आयोजनामा शुक्रबार भिन्तुना ¥याली भयो ।
चानपा २ कासान पुलमा भेला भई सांस्कृतिक बाजागाजासहित चानपा वडा नं. ३ कार्यालय, झौखेल, जागृति चोक, यापीभैरव हुँदै नांखेल टोलमा पुगी सभामा परिणत भएको थियो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भएको उक्त सभामा सांसद सुवालले भन्नुभयो, “सरकारहरू नेपालको नदीनाला र जलविद्युत् भारतीय एकाधिकार पुँजीलाई दिँदै छन् । कर्णाली प्रदेशमा नेपालको २६ प्रतिशत घरधुरीमा बिजुली पुगेको छैन । नेपालको नदीनालामा नेपालीकै लगानी गराई बिजुली उत्पादन गर्नु आवश्यक छ ।”
सरकारले युवाहरूलाई बिनाधितो ऋण दिएर वैदेशिक रोजगारीमा पठाउनु देशघाती काम हो । गएको वर्ष ७ लाख नेपालीलाई सरकारले वैदेशिक रोजगारीमा पठायो । यसमध्ये २ लाख महिला थिए । वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुव्र्यवहार भएको समाचार प्रकाशित भइरहेको छ, उहाँले उल्लेख गर्नुभयो ।
सरकारले युवालाई आफ्नै देशमा रोजगारी दिनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले युवालाई वैदेशिक रोजगारीमा पठाएका देशहरू विकास भएको उदाहरण संसारमा नभएको वास्तविकता उजागर गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले सत्तामा गएका पार्टीहरूको ध्यान नै सत्ताकेन्द्रित मात्र रहेको हुँदा देश विकास नभएको उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष सुजन दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजू, बलराम सुवाल, रवि प्रजापति र राम कासुलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply