भर्खरै :

विविध भाषा साहित्यिक समाज, मध्यपुर थिमिको अपिल सरकारहरू भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको पिछलग्गू

विविध भाषा साहित्यिक समाज, मध्यपुर थिमिको अपिल  सरकारहरू भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको पिछलग्गू

भाषा, संस्कृति र साहित्य मानव सभ्यताको विकासको सिलसिला हो । नेपालमा १४८ जाति र १२६ भन्दा बढी भाषाभाषी रहेको बताइन्छ । सरकारहरूले सबै जातिको भाषा, संस्कृति र साहित्यको समान संरक्षण नगरेको हुँदा किसान, कुशबाडिया (पत्थरकट्टा), कुसुन्डा, बनकरिया, मेचे (बोडो), राउटे, राजी/राझी, लेप्चा, सुरेल, हायुलगायत कतिपय जाति र भाषा लोप हुँदै छन् । किसान जातिको जनसङ्ख्या १४७९ र हायु जातिको जनसङ्ख्या ३०६९ मात्र रहेको छ ।
राणा र पञ्चायतको निरङ्कुश शासनको विरोध गरेका नेका, एमाले र माओवादीलगायत संसद्वादी शासक पार्टीहरू एकल र संयुक्तरूपमा पटक–पटक सरकारमा पुग्छन् । तर, राणा र पञ्चायत सरकारकै पदचिह्नमा हिँड्छन् । सरकारहरू भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको पिछलग्गू भए । यसको उदाहरण अमेरिकी सरकारको दबाबमा गरिएका एमसीसी सम्झौता र एसपीपी साझेदारी हुन् भने युक्रेनमा अमेरिकी युद्धको समर्थनमा रुसविरुद्ध संयुक्त राष्ट्र सङ्घमा मतदान हो । नेपालको बिजुली भारत हुँदै सिङ्गगापुरसम्म लैजाने, चीनविरुद्ध भारतलाई युद्ध गराउने, भारतलाई हतियार बेच्ने र एसियामा तेस्रो विश्वयुद्ध गराउने अमेरिकी साम्राज्यवादको जाल नै एमसीसी सम्झौता र एसपीपी साझेदारी हो । एसपीपी साझेदारीअनुसार अमेरिकी सेनाले नेपालको सैनिक ब्यारेक कब्जा गर्नेछ ।
अमेरिकी साम्राज्यवादले युक्रेनलाई हतियार बिक्री गरी रुसविरुद्ध लडाइरहेको छ भने फासीवादी इजरायललाई युक्रेनमा भन्दा दोब्बर हतियार बिक्री गरी प्यालेस्टिनी जनताको हत्या र भूमि कब्जा गराउँदै छ ।
अमेरिकी सरकारले थाइवानलाई मुख्य भूमि चीनविरुद्ध लडाउन पठाउँदै छ । अमेरिकी साम्राज्यवादले २४० वर्षयता संसारका ५०० भन्दा बढी ठाउँमा सैनिक हस्तक्षेप ग¥यो । अमेरिकी साम्राज्यवादको इतिहास मानव जातिको रगतले लतपतिएको छ । अहिले हरेक दिनको घटनाले तेस्रो विश्वयुद्धको सङ्केत गर्दै छ । लासको थुप्रो अग्लिँदै छ । अमेरिकी साम्राज्यवादले थोपेको युद्धलाई संसारका जनताबाट विरोध भइरहेको छ ।
नेपाल संवत् ११४५ नयाँ वर्षसँगै महँगी, भ्रष्टाचार, पक्षपात तथा देश र जनताको देहायबमोजिमका समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउँदछौँ –
१) देशघाती एमसीसी सम्झौता खारेज गर !
२) कालाबजारी, तस्कर र भ्रष्टाचारीहरूलाई कारबाही गर !
३) घरघरमा स्वच्छ खानेपानीको व्यवस्था गर ! विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर ! स्वास्थ्य उपचार निशुल्क गर ! टोल टोलमा ज्येष्ठ नागरिक आदर निकेतन तथा शिशु स्याहार केन्द्र र बालोद्यानको व्यवस्था गर !
४) पुख्र्यौली वा स्ववासी घरजग्गा बिक्री गर्दा, संयुक्त दर्तावालाबीच एकापसमा दर्ताफारी गर्दा, जग्गाधनी र मोहीबीच बाँडफाँट भएको मोहीको जग्गा बिक्री गर्दा, मोहियानी हक छोडपत्र गर्दा, अदालतको फैसला वा मिलापत्रबमोजिम दाखिला खारेज गर्दा मालपोत कार्यालयमा लाग्ने लाभकर खारेज गर !
५) भूमिसम्बन्धी ऐन २०२१ को आठौँ संशोधनअनुसार मोहियानी हक नामसारीमा जग्गाधनीको सहमति नचाहिने भएकोले सोहीबमोजिम काम नगरेका मालपोत कार्यालयका कर्मचारीहरूलाई कारबाही गर !
६) मालपोत ऐन २०३४ अनुसार व्यक्तिको नाममा दर्ता गरिएका सरकारी र सार्वजनिक पोखरी, वन, पर्ती, नदीको जग्गा र अन्य सम्पदाहरू पुनः सरकारी र सार्वजनिक नगरेका मालपोत कार्यालयका प्रमुखहरूलाई जेल सजाय देऊ !
७) कृषि, भूमि, वन, पर्यावरणसमेत विनाश हुने गरी जथाभावी डोजर चलाउने र निजी प्लटिङ गर्ने कार्य अविलम्ब बन्द गर ! स्मार्ट सिटीको नाउँमा ठुला सहर निर्माण बन्द गरी नगरपालिकाकै आयोजनामा आवश्यकतानुसार ठाउँ–ठाउँमा साना आवास योजना सञ्चालन गराऊ !
८) भूकम्प पीडितहरूलाई दिइने अनुदान र सहुलियत ब्याजको ऋणलाई निरन्तरता देऊ !
९) खाना पकाउन नेपालमै उत्पादित बिजुली सस्तोमा उपलब्ध गराऊ ! एलपीजी ग्याँस आयात घटाऊ !
१०) बस्ती–बस्तीमा फोहर ढल, उपचार पोखरी र फोहोरमैलाको व्यवस्था गर ! खोला, खोल्सा र नदीमा फोहर ढल जोड्ने कार्य अविलम्ब बन्द गर !
११) पहिरो र डुबान पीडितहरूलाई क्षतिपूर्ति र पुनर्बासको व्यवस्था गर !
१२) खेतीपातीको लागि रासायनिक मल सस्तो मूल्यमा उपलब्ध गराऊ !
१३) प्यालेस्टिनमा इजरायली फासीवादी बर्बरता, जातीय नरसंहार र भूमि कब्जा अन्त्य गर !
१४) भारतीय विस्तारवादले अतिक्रमण गरेको नेपाली भूमि अविलम्ब फिर्ता गराऊ !
१५) भारतीय एकाधिकार पुँजीलाई दिइएका कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, फुकोट कर्णाली, मुगु कर्णाली, तिला १, तिला २, अरुण तेस्रो, अरुण चौथो, तल्लो अरुण, पश्चिम सेतीलगायत जलविद्युत् फिर्ता गर !
१६) हनुमन्ते खोला अतिक्रमण गर्ने भू–माफियाहरूलाई तत्काल जेल पठाऊ !
१७) बाढी, पहिरोबाट भत्किएका भौतिक संरचनाहरू निर्माण गर !
१८) सहकारी ठगहरूलाई तुरुन्तै कारबाही गरी बचतकर्ताहरूको रकम फिर्ता गर !

नेपाल संवत् ११४५ नयाँ वर्षको शुभकामना ¥याली
मिति : २०८१ कार्तिक १७ गते, शनिबार
¥याली सुरु हुने स्थान : मध्यपुर थिमि ७, नगदेश
समय : बिहान ७ः३० बजे
¥याली समापन हुने स्थान : मध्यपुर थिमि ८, बोडे माविको प्राङ्गण
२६ औँ विविध भाषा साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रम
समय : बिहान ११ः०० बजे
स्थान : मध्यपुर थिमि ८, बोडे माविको प्राङ्गण

Leave a Reply

Your email address will not be published. Required fields are marked *