यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १८ कार्तिक । चाँगुनारायण नगरपालिका वडा नं. ३ वडा कार्यालयको आयोजनामा न्हुदँ कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएको तर कतिपय देशमा एउटै जाति र संस्कृति पनि भएकोले यस अर्थमा नेपाल संस्कृतिमा धनी देश भएको बताउनुभयो ।
सरकारले सबै जाति, भाषा र संस्कृतिलाई संरक्षण गर्नु जरूरी छ, पक्षपात गर्नुहुँदैन । नेपालका केही जाति र भाषा लोप भइरहेको सरकारको बेवास्ता नै हो, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “मानिसले जङ्गली अवस्थामै गुफामा चित्र कोरेर शिकारमा हतियार प्रयोग गरेर, पत्थर (ढुङ्गा) घर्षण गरी आगो निकालेर रूखको पातलाई कपडाजस्तै शरीरमा बेरेर सभ्यता र संस्कृतिको विकास गरेका थिए । संस्कृति सिक्दै अघि बढ्ने एक प्रक्रिया हो ।”
व्यक्तिगत सम्पत्तिको विकाससँगै समाजमा शोषक र शोषितवर्गको जन्म भयो । अहिले पुँजीवादी देशहरूले अन्य देशको कच्चा सामान र बजार कब्जा गरी साम्राज्यवाद फैलाउँदै छन् । बेलायती साम्राज्यवादले अमेरिका र भारतमा दुईसय वर्ष उपनिवेश चलाएको थियो । नेपालका जङ्गबहादुर राणा बेलायती साम्राज्यवादविरूद्ध उठेका भारतको सिपाही विद्रोह दबाउन गएका थिए । राणा शासनले नेपाललाई १०४ वर्ष अन्धकार युगमा राखेको थियो, उहाँले बताउनुभयो ।
भारतीय पुँजीको सेवा गर्ने राणा शासनविरूद्ध नेपाली जनताले आन्दोलन गरेको र २००७ सालपछिका सबै सरकारहरूले भारतीय पुँजीकै सेवा गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, तल्लो अरूण, अरूण चौथो, मुगु कर्णाली, तिला–१, तिला–२, फुकोट कर्णाली, पश्चिम सेती, सेती आदि जलविद्युत् परियोजना भारतलाई दिनु नेपालका सरकारहरूको भारतीय पुँजीको सेवा हो ।”
सांसद सुवालले भन्नुभयो, “शिक्षा र स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था नगर्ने सरकारका दलहरूले समाजवादी र साम्यवादी दाबी गर्नु जनतालाई धोका दिनु हो । यस्ता पार्टीहरूसँग जनता सचेत हुनु जरूरी छ ।”
खाडी मुलुकमा वैदेशिक रोजगारीमा पठाइएका नेपाली महिलाहरूलाई सडकमा उभ्याएर बेचबिखनजस्तै राखिएको संसदीय दलको प्रतिवेदन नै बनेको उल्लेख गर्दै सांसद सुवालले आफ्नै चेलीलाई यो अवस्थामा पु¥याउने सरकार जनघाती भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी ७७ ओटै जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्दै छ । ख्वप विश्वविद्यालय स्थापना गरी डाक्टरी शिक्षा पनि दिने नगरपालिकाको तयारी छ । तर, सरकारहरूले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको र सल्लाघारी तीनकुनेस्थित भक्तपुरकै जिल्लाको हाल नेपाल ट्रस्टको जिम्मा रहेको १०८ रोपनी जग्गा भक्तपुर नगरपालिकालाई उपलब्ध नहुँदा डाक्टर पढाउने काम बिलम्ब भइरहेको छ ।
कार्यक्रममा चानपा वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, वडासदस्यहरू शिवराम सुलु र विष्णु न्यौपाने र रामबहादुर बाखुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक गुरूहरू तुल्सी आगञ्जा, न्हुछेभक्त याङ्ड्यो, रामबहादुर खाइजू, विष्णुभक्त त्वायना र प्रेमबहादुर बाखुले पनि बोल्नुभएको थियो ।
Leave a Reply