यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अमेरिकी साम्राज्यवादले युक्रेनमा रूसविरूद्ध छद्मयुद्ध सुरू गरेको दुई वर्ष भयो । अमेरिकी सरकारको नेतृत्व रहेको नाटो सैन्य सङ्गठनले युक्रेनमा हतियार र सेना तैनाथ गरेको हुँदा रूस र बाँकी विश्वले विरोध गरेका छन् । अमेरिकी रक्षामन्त्रीले युक्रेनलाई हतियार बेचेर आफ्ना हतियार उद्योगीहरूले यसपटक धेरै नाफा कुम्ल्याएको सार्वजनिक गरेका थिए । साम्राज्यवादीहरूले गरेको हतियार र सेनाको खर्च मानव जातिको हितमा गरेका भए धेरै अगाडि नै यो पृथ्वी मानव जातिको ‘स्वर्ग’ बन्ने थियो ।
अमेरिकी रक्षा विभाग पेन्टागनका प्रमुख ल्लोयड अस्टिनले प्रजग कोरियामा हजारौँ सेना रूसमा पुगेको दाबी गरे । गएको जूनमा प्योङयाङ पुग्नुभएका रुसी राष्ट्रपति पुटिनले प्रजग कोरियासँग दुईपक्षीय सैन्य सम्झौता गरेअनुसार कोरियाली सेना रूसको भूमिमा पुगेको अमेरिकी सरकारको दाबी थियो ।
अमेरिकी नेतृत्वको पश्चिमा देशहरूको सङ्गठित हमलालाई प्रतिरोध गर्न रूसले एसिया–प्रशान्त क्षेत्रमा सैनिक र राजनीतिक गठबन्धन गर्नु जरूरी भएको कतिपय कूटनीतिज्ञहरूको आकलन रहेको पनि समाचार छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो सेनाले कोरियाली सेनालाई मारेको समेत दाबी गरे । उता दक्षिण कोरियाको गुप्तचर संस्थाले प्रजग कोरियाका १२ हजार सेना ३ हजारको चार ट्रुपमा रूस पुग्ने दाबी गरे ।
संरा सङ्घको निम्ति प्रजग कोरियाको दूतले ‘प्रायोजित हल्ला’ बारे कुनै टिप्पणी गर्न नपर्ने स्पष्ट गर्नुभयो ।
प्रजग कोरियाका अर्का कूटनीतिज्ञले युक्रेन र दक्षिण कोरिया दुवै छिमेकी देशहरूलाई आणविक धम्की दिने अमेरिकी सरकारद्वारा उत्पादित ‘मूर्ख’ भएका बताए ।
Leave a Reply