भर्खरै :

इन्डोनेसियाद्वारा ब्रिक्स मुलुकमा संलग्न हुन आवेदन पेस

इन्डोनेसियाद्वारा ब्रिक्स मुलुकमा संलग्न हुन आवेदन पेस

जकार्ता, ३ नोभेम्बर (सीआरआई) । हालै इन्डोनेसियाको परराष्ट्र मन्त्रालयका प्रवक्ता रोई सोएमिराटले इन्डोनेसियाले ब्रिक्स मुलुकमा संलग्न हुन आवेदन दिइसकेको जानकारी दिनुभएको छ । ब्रिक्स मुलुकका सदस्य मुलुकको अन्तिम निर्णयको पर्खाइ प्रक्रियामा इन्डोनेसिया रहेको छ ।
ब्रिक्स मुलुकमा संलग्न हुने तरिकामार्फत अन्य सदस्य मुलुकसँगको आर्थिक साझेदारी सम्बन्धलाई बढाउनुका साथै विश्वव्यापी सङ्कटको सामना गर्नका लागि अझ सकारात्मक योगदान गर्दै जाने आशा इन्डोनेसियाले गरेको पनि प्रवक्ता सोएमिराटले जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *