पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिकाकाको निमन्त्रणामा चीनको साङ्घाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भनपा सभाकक्षमा पूmलको गुच्छा, खादा र भादगाउँले टोपी लगाई स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा पुनःनिर्माणलगायतका गतिविधिहरूमा स्थानीय जनताको साथ र सहभागिता रहेको र नयाँ पुस्तालाई सीप हस्तान्तरण गरिरहेको बताउनुभयो ।
नेपाली जनता र चिनियाँ जनताबिचको सम्बन्ध इतिहास जतिकै पुरानो रहेको उल्लेख गर्दै उहाँले नेपाली जनताले चिनियाँ कम्युनिस्ट पार्टी र अध्यक्ष माओ त्सेतुङबाट धेरै कुराहरू सिक्दै छन् भन्नुभयो ।
चिनियाँ साहित्यकार लु शुनको “शोषितहरू शोषकका कि त दास बन्छन् कि त शत्रु हुन्छन् तर मित्र कहिल्यै बन्न सक्दैनन्” भन्ने भनाइको स्मरण गर्दै प्रमुख प्रजापतिले काम गरी खाने जनताको पक्षमा सङ्घर्ष गर्ने र जनताको इमानदारीपूर्वक सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको स्पष्ट दृष्टिकोणअनुसार नै भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कार्य गरिरहेको प्रस्ट पार्नुभयो ।
भेटमा साङ्घाई नगरपालिकाको परामर्शदाता समितिका महानिर्देशक मो फुछुनले आफूहरू भक्तपुरको औपचारिक भ्रमण गर्ने साङ्घाईको पहिलो टोली भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाको आतिथ्य सत्कार गर्ने शैलीबाट प्रभावित भएको बताउनुभयो ।
उहाँले साङ्घाई सहर चीनको प्रमुख व्यापारिक केन्द्र भए पनि चिनियाँ राष्ट्रपति सी चिनफिङले साङ्घाईलाई जनताको सहर बनाउनुपर्ने र जनताको निम्ति जनताकै सहभागितामा निर्माण गरिनुपर्ने निर्देशन दिनुभएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका र साङ्घाई सहरबिच आर्थिक, शैक्षिक र पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याउनुभयो । “भक्तपुरको हस्तकला उत्पादन साङ्घाई पुगोस् भन्ने चाहन्छौँ,” उहाँले भन्नुभयो ।
उहाँले चिनियाँ साहित्यकार लु शुन साङ्घाई नजिकको चचियाङ प्रान्तमा जन्मिनुभएको उल्लेख गर्दै चिनियाँ जनतालाई विदेशीको परनिर्भरतामा नभई जनताको एकताले नै देश निर्माण गर्नुपर्नेमा जोड दिनुभएको स्मरण गर्नुभयो ।
चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य कु होङहुईले यस वर्ष साङ्घाईमा सातौँ विश्व आयात मेला हुन लागेको उल्लेख गर्दै गत वर्षको मेलामा ७ खर्ब ८४ अर्ब चिनियाँ रकम बराबरको व्यापार भएको र यस वर्ष पनि विभिन्न देशका उत्पादनहरूको प्रदर्शनी हुने चर्चा गर्नुभयो ।
स्वागत कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा ७ का वडाध्यक्ष उकेश कवां, कार्यपालिका सदस्य रोशनमैँया सुवाललगायतको उपस्थिति थियो ।
स्वागत कार्यक्रमअघि महानिर्देशक फुछुनसहित ६ जनाको टोलीले भक्तपुरको दरबार, टौमढी र तालाक्व क्षेत्रको अवलोकन गरेको थियो ।
Leave a Reply