भर्खरै :

लेबनानले इजरायलविरूद्ध संयुक्त राष्ट्र सङ्घमा उजुरी दिने

लेबनानले इजरायलविरूद्ध संयुक्त राष्ट्र सङ्घमा उजुरी दिने

लेबनान, ४ नोभेम्बर । अमेरिकी साम्राज्यवादबाट हतियार पाएको इजरायली फासीवादले पछिल्लो पटक लेबनानमा स्थल आक्रमण सुरू गरेको दुई महिना भयो ।
लेबनानको काम चलाउ सरकारका प्रम नजिव मिकातीले लेबनानी जनताको संहार गर्ने इजरायली फासीवादलाई कठघरामा उभ्याउन आफ्नो विदेश मामिला मन्त्रालयलाई संयुक्त राष्ट्र सङ्घमा उजुरी दर्ता गर्न आदेश गरेका छन् ।
मिकातीको कार्यालयले लेबनानी सेना र संयुक्त राष्ट्र सङ्घको शान्ति सेना मिलेर इजरायली आक्रमणको छानबिन गरिरहेको बतायो ।
इजरायली सेनाले लेबनानमा सक्रिय लडाकु समूह हिजबुल्लाहका वरिष्ठ नेता इमाड अमहजलाई बेरूतको उत्तरी सहरीबाट कब्जा गरेको सार्वजनिक भयो ।
हिजबुल्लाहले सार्वजनिक गरेको वक्तव्यमा ‘यहुदीवाद आक्रमण’ लेबनानविरूद्ध भइरहेको उल्लेख गरे पनि आफ्ना वरिष्ठ नेता इजरायली कब्जामा परेको खुलाएन ।
लेबनानको एक मन्त्री अली हामिएहले इजरायली आक्रमणमा परेका जलसेनाका एक अधिकारी भएको बताए ।
संरा सङ्घको लेबनानस्थित शान्ति सेनाका प्रवक्ता कान्डिस अर्डियलले झूटा सूचना र हल्ला बेजिम्मेवार र शान्ति सेनालाई जोखिम बनाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *