ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
दैलेख । नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिको आयोजनामा ‘अमेरिकाको प्रजातन्त्र’ पुस्तकमाथि एक अन्तरक्रिया भयो ।
कार्यक्रममा पार्टी नगर समितिका अध्यक्ष जयबहादुर बडुवालले अमेरिकी प्रजातन्त्रबारे प्रकाश पार्दै अमेरिकी साम्राज्यवाद विश्वमा आतङ्क मच्चाउने, शान्ति विथोल्ने, झगडा गराउने र आफै आक्रमण गर्ने देश हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “विश्वका न्यायप्रेमी जनता साम्राज्यवादको विरूद्धमा छन् । नेपालमा पनि एमसीसी र एसपीपी सम्झौता लागु गराएर नेपाललाई छिमेकी देशसित युद्धमा फसाउन चाहन्छ† त्यसको विरूद्ध सङ्घर्ष जारी राख्नुपर्छ ।”
कार्यक्रममा नेमकिपा महाबु वडा नं ८ का समितिका अध्यक्ष रामबहादुर बडुवाल, वडा न. ७ का अध्यक्ष रणबहादुर कठायत, वडा नं. ९ का पार्टी अध्यक्ष नवीनकुमार बडुवाल, पार्टी नगर समितिका सदस्य तेजबहादुर बडुवाल, नेक्राशिसङ्घ जिल्ला सल्लाहकार ज्ञानबहादुर सिजापति, नेक्राशिसङ्घ जिल्ला सदस्य टेकबहादुर सिजापति, नेक्राविसङ्घका कलम सिजापति र पार्टी नगर समितिका उपाध्यक्ष विष्णु कठायतलगायतले बोल्नुभएको थियो ।
Leave a Reply