यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कृतिका
९ माघ २०७४ को दिन भक्तपुरको सूर्यविनायक चोकमा भक्तपुर क्षेत्र नं. २ का नवनिर्वाचित सांसद महेश बस्नेतले ‘मानवीय आस्था’ नामक संस्थाको सहयोगमा भूकम्प पीडित जनतालार्ई ओड्ने ब्ल्यान्केट र त्रिपाल वितरण गरेको सुन्नमा आयो । ‘मानवीय आस्था’ एक एनजीओ-आईएनजीबाट सञ्चालित संस्थाको नाम हो र यहाँका गरिब जनतालाई सहयोग गर्ने उद्देश्य लिएर सो संस्था परिचालित छ ।
‘मानवीय आस्था’ भारतीय संस्था हो र २०७२ सालको भूकम्पपश्चात नेपालका भूकम्प पीडित जनतालाई सहयोग गर्ने हिसाबले सो संस्थाले यहाँका पीडित जनतालाई सहयोग गर्दै आएको अखबारहरूले समाचारहरू प्रकाशन पनि गरेका थिए । तर मानवीय आस्थाले एमालेका एक कार्यकर्तँ महेश बस्नेतमार्फत् सहयोगको रकम तथा सामग्रीहरू वितरण गराउनुलाई भक्तपुरका जनताले शङ्काको नजरले हेरिरहेको तथ्य यहाँ उल्लेख गर्नु उपयुक्त छ ।
भूकम्पको समयमा यस्ता एनजीओ-आईएनजीओले टोल–टोलमा खाद्यान्न, त्रिपाल आदि वितरण गरेको हामीले देखेका थियौं । तर सँगै त्यस्तो सहयोग वितरण गरिंदा कसैले एउटा पनि पाएन, पहुँच भएकाले दुई–तीनवटा सम्म पाए भन्ने विषयमा झगडा भएको पनि आफ्नै आँखाले देखेको यथार्थ हो । दुःख र अभावको समयमा दिइने सहयोगको मूल्य निकै अद्धितीय हुन्छ । तर भूकम्प गएको २ वर्ष बितिसकेपछि पनि बारम्बार सरकारमा सामेल भइसकेको पार्टीका एक प्रतिनिधि पात्रले आफ्नो व्यक्तिगत सहयोग वितरण गरेझैं गरिब जनताको सहानुभूति बटुल्न गरेको यो सहयोग भने जनतालाई अल्छी बनाउने प्रवृत्ति जस्तै देखिन आएको छ । यस अर्थमा विगतका दिनमा महेश बस्नेत पात्रमार्फत् सो सहयोग सामग्री वितरण गराउने संस्था गलत हो अथवा ‘मानवीय आस्था’ नामक संस्थालाई विश्वास गर्ने बस्नेत स्वयम्को स्वार्थ यसमा झल्किन्छ ।
एनजीओ-आइएनजीओले प्रदान गर्ने रकम देखिने गरी केही व्यक्तिलाई वितरण गरिएको हुनसक्छ, तर अदृश्य रुपमा ठूलो रकमको दुरुपयोग र अनियमितता भइरहेको अनुमान पनि लगाउन सकिन्छ । ६ माघ २०७४ को नागरिक दैनिक (अक्षर) मा एक लेखकले लेखे –‘अर्काले बनाएको घरमा अर्काको धनमा ¥याल काढेर परदेशलाई स्वर्ग मान्नुजस्तो तुच्छता मलाई केही लागेन । दुई छाक मिठो खान र राम्रा लुगा लगाएर गाडीमा चिप्लन पाउँदैमा जीवनले स्वर्गको सुखभोग गरेको भन्न मिल्दैन । अर्काको मुलुकमा आफ्नो परिचय, आफ्नो संस्कृति र आफ्नो राष्ट्रियता गुमाएर सधैं शिर निहुँ¥याउँदै दासजस्तो लत्रेर भाते भई पेट भर्नुभन्दा त आफ्नै मुलुकमा सगरमाथा ताक्दै शिर उच्च गरेर स्वच्छन्द हिंड्नु स्वर्गका प्राप्तितर्फको प्रयास हो ।’
विदेशीको भरमा राजनीति गर्ने महेश बस्नेतको लागि यो वाक्यांश निकै सटिक लाग्यो । चुनाव जित्न जग्गा धितो राख्ने, जनताको भोट बटुल्न एनजीओ÷आइएनजीओको सहयोगलाई आफूले गरेको दाबा गर्ने यस्ता प्रतिनिधिले प्रतिनिधिसभामा गएर कति उल्लेख्य काम गर्छन् । त्यो त समयले देखाइहाल्नेछ । साँच्चै नै जनताको सेवा गर्ने हो भने उसले भूकम्प पीडित जनताको हकहितमा उल्लेख्य काम गरे मात्र उनीप्रति जनताले सद्भाव राख्ने थिए । दुई दिन गरिब जनतालाई मिठो खान दिएर बाँकी दिन भोकै राख्ने बस्नेतको प्रवृत्ति कुनै हालतमा स्वीकार्य छैन । यस्तो त्रिपाल र ब्ल्यांकेटको राजनीति गर्ने मेहश बस्नेतको चरित्र धेरै दिन टिक्नेवाला छैन । साथै भर्खरै सम्पन्न निर्वाचनको चुनाव प्रचारप्रसारको समयमा महेश बस्नेतको अभिव्यक्ति र रवैयाले ऊ एक खराब आचरणयुक्त पात्रको रुपमा चित्रण भएको सामाजिक सञ्जालहरूबाट पनि थाहा भयो । यस मानेमा त्यस्ता पात्रमार्फत् सहयोग गराउनुमा ‘मानवीय आस्था’ संस्थाको उद्देश्य पनि प्रस्ट हुँदैछ ।
कसैले उद्देश्य राम्रो बनाएर केही काम गलत व्यक्तिबाट गराउँदा त्यसको परिणाम पनि नकारात्मक नै निस्कन्छ । चुनावको समयमा आफूले भूकम्पको समयमा यहाँका जनतालाई धेरै मद्दत र सहयोग गरेको भनी भोट माग्दै हिंडेका बस्नेतको निहित स्वार्थ विस्तारै प्रस्टिंदै जानेछ । नेपाल सरकारले राहतको सामग्री यसरी संस्था र व्यक्तिमार्फत् बाँड्न दिनुहुँदैन भनेको थियो । तर आचारसंहिता, नीति नियमतको केही ख्याल नगर्ने सांसद बस्नेतले सबै नीतिनियम उल्लंघन गर्दै हिंडेका छन् । यसर्थ उनी एक अस्थिर व्यक्ति र शंकास्पद चरित्र भएको व्यक्ति हो भन्ने पनि अड्कल लगाउन सकिन्छ ।
काम नगरी अरुको सित्तैमा लिएर खाने प्रवृत्ति विकास भए पनि गरिब जनताको श्रम गर्ने बानी हट्दै जान्छ । जनतालाई अल्छी बनाउने, अरुलाई धाँट्ने÷छल्ने बानीको विकास गर्नमा बस्नेतले सहयोगी भूमिका खेलिरहेका छन् । यो अर्थमा पनि महेश बस्नेतले कसैको दलालको रुपमा प्रयोग भइरहेको चर्चा गर्नु अन्यथा हुनेछैन । दलाली गर्दा देशको सार्वभौमिकता नै खतरामा पर्ने हुँदा सांसद भइसकेका व्यक्तिले यस्तो गतिविधि गर्नु कुनै पनि रुपमा देश र जनताको इज्जत र सेवाभित्र पर्दैन ।
Leave a Reply