हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
- कार्तिक ८, २०८२

मस्को, २१ कार्तिक (स्पुट्निक/केसीएनए) । बुधबार रुसी सिनेटले जूनमा रुस र प्रजातान्त्रिक जन गणतन्त्र (उत्तर) कोरियाबिच हस्ताक्षर भएको ‘व्यापक रणनीतिक साझेदारी सन्धि’ लाई अनुमोदन गरेको छ । सन्धिमा दुवै देशमाथि आक्रमणकारी युद्ध भएको अवस्थामा पारस्परिक सैन्य सहयोगको लागि प्रावधान समावेश छ ।
यस सन्धिअनुसार, यदि हस्ताक्षर गर्ने पक्षहरूमध्ये कुनै एक सशस्त्र आक्रमणमा परेको छ भने, अर्कोले तुरुन्तै सैन्य र अन्य प्रकारको सहायता प्रदान गर्नेछ ।
यसै वर्षको जून १८ का दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङको भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रजग कोरिया राष्ट्रिय मामिला आयोगका अध्यक्ष किम जोङ उनले विस्तृत रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।
रुसी संसदको माथिल्लो सदनले सन्धिको अनुमोदन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सेना र प्रजग कोरियाली सैनिकहरूबिच पहिलो मुठभेड पुष्टि गरेपछि आएको हो ।
“प्रजग कोरियाली सैनिकहरूसँगको पहिलो झडपले विश्वमा अस्थिरताको नयाँ अध्याय खोलेको छ, । युद्ध विस्तार गर्नको लागि यो रुसी कदम असफल हुने सुनिश्चित गर्न सबै सम्भव गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछु ।” जेलेन्स्कीले राष्ट्रका नाममा सन्देशमा भनेका छन्,
युक्रेन र उसका केही सहयोगीहरूका अनुसार प्रजग कोरियाले रुसमा करिब १० हजार सैनिक तैनाथ गरिसकेको छ । तिनीहरूमध्ये केहीले अगस्टदेखि आंशिकरूपमा युक्रेनी सेनाको कब्जामा रहेको कुस्र्कको रूसी क्षेत्रमा युक्रेनी सेनासँग लडिरहेका रूसी सेनामा सामेल भएको बताइएको छ ।
रुसले भने अहिलेसम्म आफ्नो भूमिमा प्रजग कोरियाली सेनाको उपस्थितिको पुष्टि वा अस्वीकार गरेको छैन । प्रजग कोरियासँगको व्यापक रणनीतिक साझेदारी सन्धि ‘प्रतिरक्षात्मक प्रकृतिको छ र तेस्रो देशहरूको सुरक्षाविरुद्ध निर्देशित छैन’ भनेको छ ।
प्रजग कोरियाका विदेशमन्त्री र रुसी राष्ट्रपतिबिच भेटवार्ता
यसैबिच प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका विदेशमन्त्री चो सन हुईले रुसी महासङ्घको औपचारिक भ्रमणको क्रममा नोभेम्बर ४ मा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिनसँग मस्कोको क्रेमलिनमा भेट गर्नुभयो ।
विदेशमन्त्री चो सन हुईले नेता किम जोङ उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई विनम्रतापूर्वक अभिवादन गर्नुभएको सन्देश पु¥याउनुभएको छ ।
जवाफमा राष्ट्रपति पुटिनले पनि नेता जोङ उनलाई न्यानो अभिवादन फर्काएको बताउनुभयो । उहाँहरूले दुई देशबिचको सम्बन्धलाई निरन्तर सुदृढ र विकास गर्न विभिन्न विषयमा सौहार्दपूर्ण कुराकानी गर्नुभयो र नयाँ व्यापक विकासको ट्रयाकमा रहेको प्रजग कोरिया – रसिया मित्रतालाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभयो ।
Leave a Reply