भर्खरै :

राजनीतिक परिपक्वताबिना कुनै पनि देश सुरक्षित नहुने

राजनीतिक परिपक्वताबिना कुनै पनि देश सुरक्षित नहुने

काठमाडौँ, २१ कार्तिक । न्हुदँ हना खलः टोखाको आयोजनामा नेपाल संवत् ११४५ कछलाथ्व पारुका दिन न्हुदँको अवसरमा भिन्तुना ¥याली तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपालका सबै जातजाति, भाषाभाषी समान भएको उल्लेख गर्दै जनता रहेमात्र भाषा, साहित्य, कला, संस्कृति र सम्पदा रहने बताउनुभयो । उहाँले राजनीतिक परिपक्वताबिना कुनै पनि देश सुरक्षित नहुने र नेपालमा असक्षम शासक दल र सरकारका कारण राजनैतिक र सांस्कृतिक अतिक्रमणहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशको अस्तित्व बचाउन व्यापक जनता लाग्नुपर्ने बताउनुभयो ।
उहाँले फासीवादी इजरायलले साम्राज्यवादी अमेरिकाको सहयोगमा प्यालेस्टिनमा भएको जातीय नरसंहारको बर्बर आक्रमणको विरोध तथा भत्र्सना गर्नुभयो । प्यालेस्टिनमा जस्तै भोलि नेपालमा पनि त्यस्तै बर्बर घटना हुनसक्ने आशङ्का व्यक्त गर्दै उहाँले त्यसको लागि सबै जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
न्हुदँ हना खलका अध्यक्ष काशिलाल डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा सातौँ काठमाडौँ जिल्ला सम्मलेन तयारी समितिका सचिव विशोक, नेमकिपा टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठ, नेमकिपा टोखा नगर समितिका सचिव एवम् न्हुदँ हना खलका सदस्य शैलेश डंगोल, न्हुदँ हना खलका सदस्य एवम् मुः ध्वाखा साकोसका अध्यक्ष मदन श्रेष्ठ र न्हुदँ हना खलका सचिव कमलबहादुर डंगोललगायतले बोल्नुभएको थियो ।
उक्त भिन्तुना ¥यालीमा टोखाका सांस्कृतिक दाफा भजन खलः सहकारी संस्था, क्लवका सदस्य, विद्यालयका विद्यार्थी र स्थानीय टोखावासीहरूको उपस्थिति थियो । भिन्तुना ¥यालीमा न्हुदँया भिन्तुना, नेपाल संवत् राष्ट्रिय संवत्, सबै भाषाभाषी र जातजातिलाई संरक्षण गर, भ्रष्टाचारीलाई कारबाही गर, देशभक्त जनता एक हौँ, वैदेशिक हस्तक्षेप बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी सम्झौता खारेज गर, फासीवादी इजरायल मुर्दावाद, प्यालेस्टिनमा इजरायली आक्रमण बन्द गर, टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सेवा सुविधा थप व्यवस्थित गर, नेपालभाषाको पाठ्यपुस्तक टोखा नगरपालिकाको सबै विद्यालयमा लागु गर, गुठी जग्गामा माहियानी हक हुनुपर्छ, खोलाको मापदण्ड कम गरलगायत स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नारा घन्किएको थियो ।
उक्त भिन्तुला ¥याली ऐतिहासिक टोखाको मूल बस्ती वडा नं. २ र ३ का विभिन्न ठाउँमा परिक्रमा गरी सरस्वती क्वने लाछीमा पुगी शुभकामना आदानप्रदान तथा सांस्कृतिक र्कायक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *