भर्खरै :

राजनैतिक दलहरूसँग परिचय तथा समन्वय बैठक सम्पन्न

राजनैतिक दलहरूसँग परिचय तथा समन्वय बैठक सम्पन्न

भक्तपुर २१, कार्तिक । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बुधबार जिल्लामा क्रियाशील राजनैतिक दलहरूसँग परिचय तथा समन्वय बैठक सम्पन्न भयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजूले अपराध नियन्त्रण गरेर जिल्लामा शान्ति–सुरक्षा कायम गर्नु अपरिहार्य रहेको औँल्याउँदै जिल्लाका विभिन्न ठाउँमा भूमाफियाहरूले सार्वजनिक जग्गा, कमलपोखरी, पाटी–पौवालगायत हडप्ने काम गर्दै आएकाले सो रोक्नको निम्ति जिल्ला प्रशासन कार्यालयले उचित भूमिका निर्वाह गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले मालपोतमा बढ्दै गरेको भ्रष्टाचारको कारण सर्वसाधारण जनता मारमा परेको उल्लेख गर्दै नियन्त्रणको निम्ति प्रमुख जिल्ला अधिकारीले उपयुक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यसपटकको बाढी पहिरोले जिल्लाका विभिन्न क्षेत्रका सडक तथा भौतिक पूर्वाधारहरूमा क्षति पुग्नुका साथै किसानहरूले लगाएको धानबालीसमेत नष्ट भएको हुँदा किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै भत्किएका सडक तथा भौतिक पूर्वाधारहरू तत्काल पुनःनिर्माणको निम्ति कदम चाल्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लामा अपराध नियन्त्रण गरेर शान्ति स्थापना गर्न तथा विपद् व्यवस्थापनलगायत जिल्लाका अन्य समस्या समाधानका निम्ति सबै राजनीतिक दलसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा नेपाल काङ्ग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *