नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । मतगणना जारी रहँदा उनले राष्ट्रपतिका लागि आवश्यक २ सय ७० सिटमा २ सय ७७ सिट आफ्नो पक्षमा पार्दै जीत निश्चित गरेका हुन् । ट्रम्पले सानदार र फराकिलो जीत निकाल्ने क्रममा केही राज्यको मतगणना बाँकी हुँदै जीत हासिल गरे ।
कमला ह्यारिसले भने २ सय २४ सिट पुरा गरेकी छिन् । जीतसँगै ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति निर्वाचित भए । उनी यसअघि ४५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । तर, लगातार दोस्रोपटक राष्ट्रपति बन्ने उनको सपनामा जो बाइडेन बाधक बन्दा उनले तेस्रो प्रयासमा दोस्रोपटक राष्ट्रपति बन्न सफल भए ।
जीत निश्चित भएपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले धन्यवाद दिएका थिए । उनले एलन मस्कलगायत सम्पूर्ण अमेरिकीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै अमेरिकाले पुन एकपटक जीतेको बताए । उनले जीतका लागि केही सिट आवश्यक भएको अवस्थामा आफू ४७ औँ राष्ट्रपति बनेको घोषणा गरेका थिए । उनले अमेरिकी जनताले अभूतपूर्व जनादेश दिएको भन्दै सबैलाई धन्यवाद दिए ।
ट्रम्पको जीतमा ‘स्विङ’ राज्यका रुपमा परिचित राज्यहरू निर्णायक थिए । जसमा सबैभन्दा धेरै सिट रहेको पेन्सिलभेनियाको १९ सिट जीतेसँगै ट्रम्पले मतगणना बाँकी रहँदै जीत निश्चित गरेका हुन् । उनले राष्ट्रपति निर्वाचित हुनका लागि निर्णायक मानिएका ७ ‘स्विङ’ राज्यमै अग्रता बनाएका छन् ।
जसमा मतगणना सम्पन्न भएको नर्थ क्यरोलिना, जर्जिया र पेन्सिलभेनियामा जीत हासिल गर्न सफल भए । नर्थ क्यारोलिनामा १६ सिट रहँदा जर्जियाको १६ सिट पनि आफ्नो पक्षमा पारे । त्यस्तै पेन्सिलभेनयाको १९ सिट जीतदै सहज रुपमा राष्ट्रपति निर्वाचित हुने बाटो पक्का गरेका हुन् । यसअघि जो बाइडेनसँगको प्रतिस्पर्धामा ट्रम्पले ७ ‘स्विङ’ राज्य मध्ये ६ वटा गुमाएका थिए ।
अमेरिकामा कुल ५ सय ३८ सिटमध्ये जीतका लागि केवल २ सय ७० सिट आवश्यक पर्दछ । अहिले सम्मको काउन्टिङमा कुनैपनि राज्यमा अनपेक्षित नतिजा आएको छैन् । अर्थात् ब्लु स्टेटका रुपमा चिनिने राज्यमा कमला ह्यारिसले अग्रता बनाउँदा रेड स्टेडका रुपमा परिचित राज्यहरूमा डोनाल्ड ट्रम्पले नै अग्रता बनाएको छ । राष्ट्रपतिको निर्वाचनमा निर्णायक मानिएको ‘स्विङ’ स्टेटहरूमा ट्रम्पले बाजी मार्दा कमलाको पहिलो महिला राष्ट्रपति बन्ने सपना पूरा हुन पाएन ।
राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसद्को दुबै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ । यस्तोमा सिनेटमा भने ट्रम्पको पार्टीले बहुमत सहितको जीत निकालेको छ । यसअघि ट्रम्प २०१७ देखि २०२१ सम्म राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेका थिए ।
Leave a Reply