विदेशी शक्तिको पाउ मोल्नेहरू कम्युनिस्ट हुन नसक्ने
- माघ ११, २०८१
कैलाली, २३ कार्तिक । रूसी अक्टोबर क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिले शुक्रबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले विश्व सर्वहारा वर्गका महान् गुरू लेनिनको नेतृत्वमा रूसी मजदुरवर्गले तत्कालीन जारशाही सामन्ती सरकारको विरोधमा सशस्त्र सङ्घर्ष गरी कामदार जनताको हितमा समाजवादी व्यवस्था स्थापना गरेको स्मरण गराउनुभयो ।
वर्ग रहुञ्जेल वर्गसङ्घर्ष जारी रहने कुरामा जोड दिँदै उहाँले समाजवादी क्रान्तिका लागि एक ऐतिहासिक युग लाग्ने र शोषित पीडित जनता राजनैतिकरूपले सचेत र सङ्गठित हुँदा क्रान्तिको यात्रा छिटो हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि कोइरालाले क्रान्तिको परिस्थिति तयार नहुञ्जेल वर्तमान पुँजीवादी संसद्को पनि क्रान्तिकारी उपयोग गर्दै जनताको बिचमा समाजवादको आवश्यकताबारे प्रचार गरिरहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य बजिरसिं विश्वकर्माले शासकहरूको गैरजिम्मेवारीपनकै कारण नेपाली युवाहरू आफ्नो परिवार र सन्तानलाई त्यागेर विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य भइरहेको चर्चा गर्दै भन्नुभयो, “हामीले मृत्युपछिको स्वर्ग खोज्ने होइन, जीवित छँदै आप्mनो समाजलाई स्वर्ग बनाउने सङ्कल्प गर्ने हो र कामगरी खाने जनता मालिक हुने समाजवादी व्यवस्था नै स्वर्ग हो ।”
पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले क्रान्तिकारी नेता किम इल सङको जीवन सङ्घर्षको परिचर्चा गर्दै अधिकार मागेर होइन, सङ्घर्षमार्फत शासकहरूबाट खोसेर लिनुपर्नेमा जोड दिनुभयो । उहाँले जापानी साम्राज्यवादविरूद्ध कोरियाली मजदुर पार्टीले पितृभूमि मुक्ति आन्दोलन गरेको र कोरियामा समाजवाद स्थापना गरेको उल्लेख गर्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले दुईदलीय तानाशाहीको कारण अमेरिकी जनताले चाहेर पनि युद्ध अपराधीविरूद्ध विकल्प छान्न नसकेको र एउटा अपराधीको सट्टा अर्को अपराधीलाई जिताउन बाध्य भएको बताउनुभयो । उहाँले अमेरिकी साम्राज्यवादले इजरायललाई साथमा लिएर प्यालेस्टिनी महिला, बालबालिका र जनताको नृसंस जातीय नरसंहार गरिरहेको चर्चा गर्दै देशको सार्वभौमसत्ता रक्षाको लागि प्यालेस्टिनी जनताको सङ्घर्ष न्यायोचित रहेको बताउनभुयो ।
पार्टी जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक गुप्त शाहीले साम्राज्यवादी शक्तिले युक्रेनलाई अगाडि सारेर रूसविरूद्ध आक्रमण गरिरहेको चर्चा गर्दै शक्ति र हतियारको बलमा सार्वभौम देशमाथि हमला गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताउनुभयो । त्यस्तै महिला नेतृ लक्ष्मी पुन र युवा नेता प्रेम सिजापतिले अक्टोबर क्रान्तिका उपलब्धिहरूबारे जानकारी दिनुभयो ।
Leave a Reply