अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा १०७ आँै रुसी अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले रुसी अक्टोबर क्रान्तिले मजदुरवर्गलाई पहिलो पटक शासनसत्तामा पु¥याएकोले ऐतिहासिक महत्व बोकेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, अठारौँ शताब्दीको अमेरिकी क्रान्ति उपनिवेशवादविरुद्ध पुँजीवादी क्रान्ति थियो । फ्रान्सेली क्रान्ति सामन्तवादविरुद्धको पुँजीवादी क्रान्ति थियो । तर, अक्टोबर क्रान्तिले मजदुरवर्गमाथिको शोषणको अन्त्य गरेको थियो ।
उहाँले देशको परिस्थिति राम्रो भएन, भ्रष्टाचार बढ्यो, युवा पलायन भयो भनेर गुनासो वा बिलौना गरेरमात्र नबसी परिवर्तनको निम्ति एकजुट हुनुपर्ने भनाइ राख्नुभयो । कार्ल माक्र्सको भनाइ राख्दै संसारको व्याख्या गर्नेमात्र नभई समाज बदल्न सचेत वर्गले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने तर्क गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले क्रान्ति एक व्यक्तिबाट हुँदैन, क्रान्तिको लागि कार्यकर्ताहरू पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।
“युक्रेन युद्ध वास्तवमा युक्रेन र रूसबिच नभइकन अमेरिका र रूसको युद्ध हो । राज्यमा अर्थतन्त्र जसको हातमा हुन्छ शासनसत्ता त्यसको नियन्त्रणमा हुन्छ । अक्टोबर क्रान्तिले बहुमत मजदुर र किसानहरूको नेतृत्वमा राज्य सञ्चालन गर्न सक्षम भएको प्रमाणित ग¥यो ।” उहाँले भन्नुभयो ।
विद्यार्थी निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले अक्टोबर क्रान्तिको सान्दर्भिकताबारे सम्बोधन गर्दै शैक्षिक क्रान्तिको पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक सङ्घका उपाध्यक्ष घनश्याम खड्का, सहसचिव केपी छुस्याकी, सदस्य हरिप्रसाद ढकाल र सदस्य शुभद्रा लघुले अक्टोबर क्रान्ति, अक्टोबर क्रान्तिका उपलब्धि, महत्व र रसिया र युक्रेनबिचको वर्तमान युद्धको अवस्थाबारे बताउनुभएको थियो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव राजन लाखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply