अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ कार्तिक । १०७ आँै रुसी अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा बाल विकास सेकेन्डरी स्कूलमा कविता गोष्ठी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले अक्टोबर क्रान्ति र यसको महत्वबारे प्रशिक्षण दिनुभयो । उहाँले देशमा आमूल परिवर्तन ल्याउन विद्यार्थीहरूले अन्तर्राष्ट्रिय राजनीतिक आन्दोलनबारे छलफल गर्नुपर्ने बताउँदै समाजवादी व्यवस्थामा मात्र कामदारवर्गका जनताको मुक्ति सम्भव भएकोले नयाँ पुस्ता समाजवादी विचारले ओतप्रोत हुनुपर्ने औँल्याउनुभयो ।
उहाँले विद्यार्थीहरू अनुशासित, मेहनती र लगनशील हुनुपर्ने र नियमितरूपमा पुस्तक अध्ययन गर्न हौस्याउँदै विद्यार्थीले नै देश जोगाउने भएकोले सानै बेलादेखि राजनीतिको विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
विद्यालयका शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, सुलोचना छ्वाजू, विशाल राजचल र शङ्कर आचार्यलगायतले अक्टोबर क्रान्तिको विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले देशभक्तिपूर्ण कविता वाचन गरेका थिए । दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा सम्पन्न नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थी र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरू, ४४ औँ नेपालभाषा साहित्य तःमुंज्यामा उत्कृष्ट स्थान हासिल गर्ने नृत्य र नाटक प्रदर्शन गर्ने कलाकारहरू पुरस्कृत भए ।
Leave a Reply