रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
‘कहिले समेटिएलान् स्वास्थ्य बीमामा अति गरिब परिवारहरू ?’, ‘शल्यक्रिया नै नगरी बिल पेस गर्ने २८ वटा अस्पताल कारबाहीमा !’ – नेपाल समाचारपत्र, २१ कार्तिक २०८१
रसुवा अस्पतालबारे समाचारमा बताइएको छ, ४५ सयको सेवा दिएर ५४ हजाको बिल पेस गरियो !
‘भद्रगोल त्रिवि’ – ‘दर्जनभन्दा बढी क्याम्पस प्रमुख नियुक्ति गर्ने सुरसार छैन’ – नेपाल समाचारपत्र २१ कार्तिक, २०८१
व्यक्ति तयार हुन्छ – स्कूल, कलेज र विश्वविद्यालयबाट । तर, स्कूल, कलेज र विश्वविद्यालय नै भद्रगोल भएमा देश जान्छ कता ? नेपाल ‘विश्व व्यापार सङ्गठन’ को सदस्य भएपछि विभिन्न विदेशी विश्वविद्यालयका अनेक स्कूल र कलेजहरू राजधानीमै छ्यासछ्यास्ती सञ्चालनमा रहेका छन् ।
‘विश्व व्यापार सङ्गठन’ को सदस्यताको लागि सही गर्ने सरकारका माथिल्ला कर्मचारी, सचिव र उपसचिवले यस्तो स्थिति आउलान् भनी नबुझेको पनि हुनसक्छ ।
तर, संसद्मा छलफल हुँदा विरोध भएको थियो; ब्लु स्टार होटलको एक कार्यक्रममा यसबारे छलफल भएको थियो । त्यसबेला भनिएको थियो, बारीमा साँढे पसेजस्तै पस्ने छन् विदेशी संस्थाहरू । सांसद र मन्त्रीहरूले त्यस विषयमा गम्भीरतापूर्वक हेर्न भ्याएनन् । अब समय बितिसकेको छ – नेपाली विश्वविद्यालय र कलेजहरू सुक्नेछन् वा विदेशीको वैचारिक पिछलग्गू हुनेछन् ।
‘सुन र पैसाको लोभमा आमाको हत्या’ – राजधानी, २१ कार्तिक २०८१
हो, पुँजीवादी व्यवस्थामा जसरी ८० लाख नेपाली युवा विदेशमा ओइरिए । त्यस्तै व्यापकरूपमा जनताको नैतिक पतन हुँदै जानेछ – पैसाको निम्ति । यो प्रक्रिया अब घट्ने छैन, बढ्दै जानेछ । यसकारण, जनतामा प्रगतिशील राजनीतिक जागरण आवश्यक छ ।
‘मानव बेचबिखन मुद्दामा फरार राउत कुबेतमा पक्राउ’ – कान्तिपुर, २१ कार्तिक २०८१
मानव बेचबिखनको मुद्दा नेपालमा राणाकालदेखि नै थियो । त्यसबेला कम थियो होला । त्यो पनि ठुलाबडा नै संलग्न थिए होलान् । २००७ सालपछि त्यो व्यापार अलि बढी खुला भयो; पञ्चायतकालमा व्यापक थियो; पक्राउ पर्दा पनि रापस र ठुलाबडाले नै छोड्न लगाउँथे । गाउँका विभिन्न जातका घरानाहरूका ठुलठुला घरहरू नै तिनीहरूका हुन्थे ।
१२–१३ वर्ष कारागारमा बन्दी बन्नुपर्ने कैदीहरू ३ महिनामा छुट्थे !
प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रमा मानव बेचबिखन झन् बढी खुला भयो । हिजोअस्तिकै समाचारपत्रहरूमा कोसी प्रदेशका एक मन्त्री आफै जापानको बाटोबाटै अपराधीहरू फर्काइए ! नैतिक पतनको यो एक उदाहरण !
अख्तियार प्रतिवेदनको विश्लेषण
कर्मचारी, जनप्रतिनिधि, व्यापारी र बिचौलियाको मिलेमतोमा राजस्व छली’ – नेपाल समाचारपत्र – २३ कार्तिक, २०८१ ।
समाचारमा उल्लेख छ, ‘बिचौलियासँग कर्मचारीकै द¥हो कनेक्सन, राजस्व हिनामिना गर्ने क्रम बढ्दो, राजस्व छलीबाट आर्जन हुने करोडौँ रकम विदेशमा ।’
एउटा ड्रममा एउटा सानो प्वालबाट रातभर पानी चुहिँदा दुई–चार हातमात्र पानी खेर जान्छ । तर, धेरै प्वाल भएमा रातभरि पानी चुहिँदा ड्रम खाली नै हुन्छ ।
त्यसको जिम्मेवारी कर्मचारी र जनप्रतिनिधिले लिनु आवश्यक छ । तिनीहरूले जनताको विश्वास र सरकारको तलब बुझेको हुन्छ । व्यापारी र बिचौलियाहरू रामायण, महाभारत र चाणक्य कालदेखि नै राजस्व छलीमा बदनाम छन् । यसकारण, कर्मचारी र जनप्रतिनिधिले राजस्व छली गरे बढी सजाय हुने गथ्र्यो ।
Leave a Reply