भर्खरै :

दलको उद्देश्य शुद्ध राजनीति गर्न हो

राजनीतिक दलहरूको उद्देश्य शुद्ध राजनीति गर्नु हो । शुद्ध राजनीति जनतामाझ पु¥याउने काम दलका नेता तथा कार्यकर्ताहरूको हो । त्यो राजनीति देश र जनतासित सम्बन्धित हुन्छ । देश र जनतासित सम्बन्धित राजनीतिभित्र दलगत र व्यक्तिगत स्वार्थ पर्दैन । त्यस राजनीतिमा पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने काम पर्दैन । नेता तथा कार्यकर्ताहरूले दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउने हो; जनतालाई बुझाउने हो; देश र जनताको सेवा इमानदारीपूर्वक गर्ने हो । अब प्रश्न उठ्छ, के देशका विद्यमान र विगतका सरकारहरूले सिद्धान्त र विचारको राजनीति गरिरहेका छन् ? के देश र जनताको सेवामा लागेका छन् ?
देश र जनताको सेवा गर्छु भनी लागेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि मानव तस्कर गिरोहसँग मिलेमतो गरेर प्रतिव्यक्ति १० लाखदेखि १३ लाख रूपैयाँसम्म बुझिलिएको आरोप लाग्यो । त्यही आरोपमा उनले मन्त्री पदबाट राजीनामा दिए । गिरोहसँग साँठगाँठ गरेको थप तथ्य बाहिरिन थालेपछि या रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राईले गिरोहलाई जनही १० लाखदेखि १३ लाख रूपैयासम्म बुझाएको बयानको आधारमा एमालेले सांसद अधिकारीलाई पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र सङ्गठित सदस्यबाट निलम्बन ग¥यो ।
एमालेले पार्टीका सम्पूर्ण जिम्मेवारीलाई निलम्बन गरिसक्दा पनि उनलाई प्रहरीले अनुसन्धानको दायरामा नल्याएकोले कतै उनलाई सरकार या एमालेले जोगाउन खोजेको त होइन भन्ने प्रश्न उठेको छ । पटक–पटक मन्त्री बनेका राजीव गुरूङ उर्फ दीपक मनाङे ज्यान मार्ने उद्योगमा फसे । उनी पनि कारबाहीको प्रक्रियामा छन् । सहकारी ठगी प्रकरणमा जीबी राई, रवि लामिछाने, इच्छाराज तामाङजस्ता नेता र व्यक्तिहरूको पनि अनुसन्धान भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण र टोपबहादुर रायमाझी कारबाहीको क्रममा अहिले जेलमा छन् । आगोमा जलाएर हत्या गर्ने मोहम्मद अफताव आलम जन्मकैदमा छन् । ललिता निवास प्रकरणमा एमालेका नेता विष्णु पौडेल पनि मुछिए । नेकाका उपसभापति धनराज गुरूङले सहकारी मुद्दामा पर्ला भनेर आफ्नै श्रीमतीलाई सम्बन्ध विच्छेद गरे । यसअघि खुमबहादुर खड्का, कृष्णबहादुर महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेस पुन पनि के के प्रकरणमा फसे । त्यस्तै चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता त भ्रष्टाचारी साबित भएका नेकाका नेताहरू हुन् । नेकाकै अर्का नेता विजयकुमार गच्छदार मुद्दा खेप्दै छन् । यसरी दलका ठुला नेता, मन्त्री तथा सांसदहरू भ्रष्टाचार, ज्यान मार्ने उद्योग, अनियमितता तथा आपराधिक कार्यमा फसे । यसबाहेक स्थानीय तहका कति जनप्रतिनिधिहरू अनियमित कार्यमा फसे त कति भ्रष्टाचारमा फसे । यसरी नै कति सेना, प्रहरी, उच्चपदस्थ कर्मचारी, अख्तियार तथा अन्य विभिन्न कार्य क्षेत्रमा खटेका व्यक्तिहरू पनि अकुत सम्पत्ति कुम्ल्याउनतिर लागे । यी घटनाक्रम हेर्दा शासकहरूले शुद्ध राजनीति नगरेको थाहा हुन्छ ।
यसरी नै विगतमा यस्तैखाले धेरै काण्डहरू देखिए; बेथितिहरू देखिए । विगतमा सांसदहरूले सहुलियतमा गाडी सुविधा लिएर महँगोमा बेचेर पदको दुरूपयोग गरे† कति सांसदहरू बिनाभिसा विदेश छिर्दा कारबाहीमा परे । माओवादीका एक सांसदले त अर्को नक्कली विद्यार्थी बनाएर एसएलसी परीक्षा दिलाए । सुत्केरी भत्ता लिने पुरूष सांसद पनि देखिए । मानौँ दलको नेता बन्नु र पदमा पुग्नु भनेको देशको राजस्वमा रजाइँ गर्नु हो; अकुत सम्पत्ति कमाउनु हो । दलका शीर्ष नेताहरूले असल शिक्षा नदिँदा, इमानदारीपूर्वक राजनीति गर्नुपर्छ भनी प्रशिक्षित नगर्दा दलका नेता, मन्त्री, सांसदमात्र होइन कार्यकर्ताहरूमा पनि त्यही छाप परे । अनि विभिन्न तह र फाँटका उच्चपदस्थ व्यक्तिहरू पनि गलत काममा लागे । यो ठुला या शासक दलका शीर्ष नेताहरूको बेवास्ता हो, कमजोरीले गर्दा विकृति र बेथिति बढेको हो । अहिले पनि यो यथावत छ । खाली जसरी भए पनि जित्ने, ठुला दल बनाउने, पैसाको आधारमा राजनीति गर्ने, सरकारमा गएर सेवा सुविधा पाउन भागबन्डा गर्ने, सहयोग र विकासको प्रलोभनमा देश र जनतालाई दूरगामी असर पर्ने देशघाती र जनघाती सन्धिसम्झौता गर्ने कारणले देशमा काण्डै काण्डको सङ्ख्या थप्दै गएको हो ।
के आपराधिक क्रियाकलाप बढ्नु शुद्ध राजनीतिको फल हो ? सुशासनको आधार हो ? यसरी पदको दुरूपयोग गरी राजस्वमाथि रजाइँ गर्ने, दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने मनसायले राजनीति गरेर के देशको मुहार फेर्छ ? जनताको जीवनस्तर बढ्छ; जनताको जीवन सुनिश्चित हुन्छ ? शासक दलका नेताहरू आफ्ना मन्त्री, सांसद र कार्यकर्ताले गरेको गल्तीको ढाकछोप गर्छन् । अनि देशमा कसरी सुशासन हुन्छ ? यसकारण, नेमकिपाले झैँ नेता तथा कार्यकर्तालाई शुद्ध राजनीति गर्न, इमानदारीपूर्वक राजनीति गर्न, भ्रष्टाचार नगर्न, दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउन प्रशिक्षण दिएझैँ अन्य दलले पनि नेमकिपाको नीति र विचार अनुकरण गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *