हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
अघिपछि राजनीतिमा खासै चासो नराख्ने नेपालीहरू पनि यसपालिको अमेरिकी चुनावको परिणामप्रति उत्सुक भएको देखिन्छन् । भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानको क्रममा आफू राष्ट्रपति भए २४ घण्टामा युद्ध अन्त्य गर्छु भन्ने कथनले झन्डै ३ वर्ष लामो रुस युक्रेन युद्धबाट आजित भइसकेका धेरै सर्वसाधारणलाई उत्साहित बनाएको छ । यही भनाइको कारण ट्रम्पले नै चुनाव जितोस् भन्ने अमेरिकीलगायत विश्वभरका धेरै शान्तिप्रेमी जनताको मनसाय पनि होला । तर, यस्तो जटिल युद्धको चक्रलाई यति छोटो समयमा कसरी अन्त्य गर्न सकिन्छ भन्नेमा धेरैको शङ्का छ । यो युद्ध स्कूलका विद्यार्थीबिच भएको झगडा प्रिन्सिपल आएर दुवैलाई झ्यापझुप पारेर आ–आफ्नो कक्षाकोठामा पठाएर अन्त्य गर्नुजस्तो होइन । १०० किमि प्रतिघण्टाको गतिमा गुडिरहेको कारको चालकले अचानक गाडी रोक्न खोज्दाको परिणामजस्तो पो हुने हो कि ? यो युद्धको अन्त्य कसरी हुन्छ भन्ने जान्नको लागि युद्ध कसले सुरु गर्यो र कसले जारी राख्यो भनेर बुझ्नुपर्छ । युद्धको अन्त्यको लागि युद्धको पृष्ठभूमिको जटिलता बुझ्नुपर्छ । ट्रम्पको विजयले रुस र युक्रेनका लागि के अर्थ राख्छ भन्ने मुख्य प्रश्नहरू छन् ।
निर्वाचित राष्ट्रपति ट्रम्पको विगत हेर्दा अपरिपक्व बयानबाजी गर्न अप्ठेरो नमान्ने उनको बानी हुँदा “यदि मैले जिते भने मात्र २४ घण्टामा युक्रेनमा द्वन्द्व अन्त्य गर्छु” भन्ने वाचा सम्भवतः चुनावी बयानबाजी पनि हुनसक्छ । यस्तै बयानबाजी सन् २०१९ मा उनले उत्तर कोरियाली नेता किम जोङ–उनसँग ‘समस्या समाधान’ गर्ने प्रतिज्ञा गरे । तर, भियतनाम र सिङ्गापुरमा भएको ट्रम्प र किमबिचको बैठकको समग्र नतिजा दुई पक्षबिच कुनै सहमतिमा पुग्न सकेको थिएन । यसको मतलब ट्रम्पसँग जटिल भूराजनीतिक मुद्दाहरू समाधान गर्ने सफल अनुभव छैन । अर्को कुरा उनले आधिकारिकरूपमा पदभार ग्रहण गर्नुअघि युक्रेनमा द्वन्द्व अन्त्य गर्ने वाचाको सन्दर्भमा उनले आफ्नो योजना कसरी कार्यान्वयन गर्ने भन्नेबारे अझै कुनै विवरण सार्वजनिक गरेका छैनन् । निकट भविष्यमा यसलाई व्यवहारमा कसरी लागू गरिन्छ अझै स्पष्ट भएको छैन ।
कुन अवस्थामा युक्रेन द्वन्द्व समाप्त हुनसक्छ ?
अब युक्रेनमा सशस्त्र द्वन्द्वको अन्त्य हुने सम्भावनाहरूमा फर्कौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको असंलग्न स्थिति, रुसको नियन्त्रणमा रहेको नयाँ क्षेत्र रुसकै कायम हुने र युक्रेनको असैनिकीकरण र नाजीवादबाट अलग हुनुपर्नेजस्ता सर्तहरू राखेका छन् । यसमा हास्य कलाकार सहमत होला ? यो भएमा युक्रेन द्वन्द्वमा अमेरिका र उसका सहयोगीहरूको लागि कम्तीमा राजनीतिक पराजय ठहरिने छ । अर्को शब्दमा अमेरिका र युरोपले अहिलेसम्म गरेको सबै प्रयास व्यर्थ हुनेछ । नयाँ अमेरिकी प्रशासनले यो बाटो पछ्यायो भने पनि युरोपेली सङ्घ सहमत होला भनेर विश्वास गर्न गा¥हो छ । ट्रम्पले यी विद्यमान विरोधाभासहरूलाई यति कुशलतापूर्वक समाधान गर्न सक्नेमा धेरैलाई शङ्का छ ।
यदि ट्रम्प साँच्चै रुससँग कुनै अर्थपूर्ण वार्ता गर्न चाहेको हो भने उसले रुसमाथि लगाइएको सबै प्रतिबन्धहरू हटाउनेछ र रोक्का गरिएको सबै रुसी सम्पत्ति फुक्का गर्नेछ । इरान, उत्तर कोरिया र चीनलाई संलग्न गरेर उसले तुरुन्तै संसारलाई अमेरिका ४ वर्षे होइन दीर्घकालीन शान्ति चाहन्छ भनेर सन्देश दिनेछ । अमेरिकीहरूलाई रिपब्लिकन पार्टी गैर–हस्तक्षेपवादी एजेन्डा पछ्याउँदै छ भनेर पनि सन्देश दिनेछ ।
यति भयो भने पनि रुसले अमेरिकी प्रस्तावमाथि सजिलै विश्वास गर्छ भन्ने छैन । किनभने, इतिहासमा रुसले पश्चिमाहरूबाट पटक पटक धोका पाइसकेको थियो । त्यसैले युद्ध अन्त्यको नाममा रुस बारम्बार पश्चिमेली जालमा पर्दैन । सोभियत सङ्घ १५ टुक्रा हुँदा रुस र पश्चिमबिच पूर्वसोभियत राज्यहरू नाटोमा सामेल नहुने सम्झौता पश्चिमले पालन गरेन । इतिहासमा अमेरिकाले विभिन्न देशसँग पटकपटक सम्झौताहरू तोडेका छन् । यसको उत्कृष्ट उदाहरण एक चीन नीति पनि हो । अमेरिकाले एक चीन नीतिमा सहमति जनाए तर पटकपटक ताइवान छुट्टै देश बनाउन उत्तेजित कार्य गरिरहेकै छ । याद गरौँ, अमेरिकीहरू बहुध्रुवीय विकारबाट पीडित छन् । त्यसैगरी, युद्ध अन्त्यको योजना मिन्स्क दोस्रोजस्तो हुन सक्ने शङ्का रुसले गर्ने नै छ । ट्रम्पको ४ वर्षको लागि रोकिने द्वन्द्व युक्रेनको लागि पुनः हतियार, तालिम र नयाँ सेनाहरू तयार गर्र्ने समय पनि हुनसक्ने सम्भावना रुसले नसोचेको होला र ?
यी सबै शङ्का उपशङ्काको आधारमा अवश्य पनि ट्रम्पले २४ घण्टामा द्वन्द्व अन्त्य गर्न सक्ला भनेर आशा गर्न सक्ने ठाउँ छैन । तर, हुनसक्छ ट्रम्प वास्तवमै युद्धलाई अािर्थक र हतियार सहयोग गर्न रोक्न चाहन्छन् किनकि आखिर उनी एक लेनदेन व्यवसायी हुन्, कूटनीतिज्ञ वा राजनीतिज्ञ होइनन् । उनले गर्नसक्ने सबैभन्दा बढी भनेको युक्रेनलाई हतियार सहयोग दिन अस्वीकार गर्नु हो जसको अर्थ केही हप्तामा युक्रेन शिथिल हुनेछ । ट्रम्पको रुसमा व्यापारिक स्वार्थ थियो । त्यसैले, उनी युक्रेनलाई रुचाउँदैनन् । बाइडेनको युक्रेनमा व्यापारिक चासो थियो त्यसैले उनी रुसको विरुद्ध थिए ।
अब हाम्रै कुरा गरौँ । माथि उल्लेखित राजनीतिक उतारचढाव र भू–राजनीतिक नबुझ्ने गलत नेता चुनियो भने कसरी करोडौँ जनताले दुख भोग्नुपर्ने रहेछ भनेर हामी नेपालीले पनि पाठ सिक्नुपर्छ । हाम्रो समाजमा धेरै यस्ता मानिसहरू छन् जो “मलाई राजनीतिसँग मतलब छैन, राजनीति फोहर खेल हो, जो जिते पनि उस्तै हो” भन्नमा गर्व गर्ने । तर, जब राजनीतिकै कारण अप्ठेरो स्थिति आउँछ तब बल्ल राजनीतिप्रति चासो राख्न थाल्छन् । विदेशी भूमिमा भएको युद्धले हामी यति आजित भयौँ भने हाम्रै भूमिमा भयो भने ? रुस–युक्रेन युद्धजस्तो दुर्घटना हुनुअघि नै जनता सचेत भएन भने यस्तो दुर्घटना हाम्रो देशमा पनि हुन्छ । त्यसैले युद्ध रोक्ने ट्रम्पले जितोस् भनेर कामना गर्नुभन्दा युद्ध नै हुन नदिन राजनीतिप्रति सचेत हुनु नै यस्तो राजनीतिक दुर्घटनाबाट जोगिने उपाय हो ।
Leave a Reply