भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इन्डोनेशियाका राष्ट्रपतिबिच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इन्डोनेशियाका राष्ट्रपतिबिच भेटवार्ता

पेइचिङ, १० नोभेम्बर (सीआरआई) । नोभेम्बर ९ का दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका इन्डोनेशियाका राष्ट्रपति प्रभोवो सुबियान्टोसँग भेटवार्ता गर्नुभएको छ ।
सी चिनफिङले चीनले इन्डोनेशियाको नयाँ सरकारसँग क्षेत्रीय तथा विश्वव्यापी प्रभाव रहेको भाग्य समुदाय निर्माण गरी आफूलाई बलियो बनाउन, एकताबद्ध र सहकार्य गर्न र पारस्परिक लाभ तथा जितको नतिजा हासिल गर्न एकजुट भएर विकासोन्मुख मुलुकको नयाँ अध्याय लेख्ने इच्छा लिएको उल्लेख गर्नुभयो । चीनले इन्डोनेशियासँग अझ घनिष्ठ बहु–पक्षीय रणनीतिक समन्वय गर्नुका साथै एकपक्षीयतावाद र संरक्षणवादको विरोध गरी समान र व्यवस्थित संसारलाई बहुध्रुवीकरण र समावेशी अर्थतन्त्रलाई विश्वव्यापीकरण गर्न अपेक्षा लिएको पनि सीले दोहो¥याउनुभयो ।
प्रत्युत्तरमा प्रबोवोले वर्तमान जटिल अन्तर्राष्ट्रिय स्थितिमा इन्डोनेशियाले चीनसँगको व्यापक रणनीतिक सहयोगलाई अरू बढाउनुका साथै अझ घनिष्ठ व्यापक रणनीतिक साझेदारी बनाएर क्षेत्रीय तथा विश्वव्यापी प्रभाव रहेको भाग्य समुदायको रचना गर्ने इच्छा लिएको छ जुन दुई देश जनतालाई लाभ पु¥याउनुका साथै एसिया क्षेत्रको शान्तिपूर्ण विकासलाई असल वातावरण प्रदान गर्ने व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *